कतारस्थित नेपाली राजदूतको आग्रह : विश्वकप सफल बनाऔं
काठमाडौँ — कतारमा हुने फिफा विश्वकप फुटबल सफल बनाउन कतारस्थित नेपाली राजदूतावासले नेपाली समुदायलाई अपिल गरेको छ । विश्वकप यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुँदैछ ।
कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । ‘कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाहरूले पनि सम्पादन गर्नुपर्ने कुनै कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित फिफा विश्वकप सफल बनाउन जिम्मेवारपूर्ण सहयोग गर्नु गराउनु हुनेछ भन्ने विश्वास लिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
यस क्रममा उनले नेपालीहरूले कतारको विकास तथा समृद्धिका लागि पुर्याएको योगदानको कतार सरकारका उच्चाधिकारीहरूले मुक्तकण्ठले प्रंशसा गरिरहेको जानकारी दिएका छन् ।
‘नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापना भएको ४५ वर्षको अवधिमा अन्तर...









