२०८१ बैशाख ८

इलाम–१ बाट एमालेका बस्नेत निर्वाचित, खनाल पराजित




काठमाडौं । इलाम क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)का उमेदवार महेश बस्नेत निर्वाचित भएका छन् । उनी २५ हजार ६९९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।



Advertisement



उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले २३ हजार ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



जितहारको औपचारिक घोषणा भने समानुपातिकतर्फको मतगणना सकिएपछि मात्र गरिने बताइएको छ ।

Copy link
Powered by Social Snap