२०८२ चैत्र १५

राजनीति

मधेसमा एमाले र कांग्रेसको ‘कमब्याक’

मधेसमा एमाले र कांग्रेसको ‘कमब्याक’

राजनीति
मधेसका दुई मुख्य दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई विस्थापित गर्दै मधेस प्रदेशमा एमाले र कांग्रेसले ‘कमब्याक’ गरेका छन्। पाँच वर्षअघि मधेसबाट प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो बर्चश्व देखाएका दुई प्रमुख मधेशवादी दल यसपालि नराम्रोसँग खुम्चिएका छन्।  मधेसमा यसपालि सबैभन्दा ठूलो कमब्याक नेकपा (एमाले) ले गरेको छ।  अहिलेसम्म मधेसमा प्रतिनिधि सभाका ३२ सिटमध्ये ३१ क्षेत्रको मतगणना भइसकेको छ। तीमध्ये ८ स्थानमा एमालेले जितेको छ। मतगणना भइरहेको एउटा स्थानमा एमाले कांग्रेस पछि दोस्रो सथानमा छ। त्यस्तै मधेस प्रदेश सभामा पनि अहिलेसम्म आएका परिणाममा एमाले सबैभन्दा अघि छ। मधेस प्रदेशका ६४ क्षेत्रमध्ये एमालेले १३ स्थानमा जितेको छ भने २ स्थानमा अग्रता लिएको छ। नेपाली कांग्रेसले अहिलेसम्म मधेसबाट ७ प्रतिनिधि सभा क्षेत्र जितेको छ। अहिले मतगणना भइरह...
सुनसरी १ मा १९२ मतले पछि परे अशोक राई

सुनसरी १ मा १९२ मतले पछि परे अशोक राई

राजनीति
सुनसरी । सुनसरी क्षेत्र नं १ मा जनता समाजवादी पार्टीका उमेदवार अशोक राईले मतान्तर घटाउँदै लगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार गोमा तामाङभन्दा जसपाका अशोक राई १९२ मतले पछि रहेका छन् । ५६ हजार ८७२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको ११ हजार ५३३ मत रहेको छ । जसपाका अशोक राईको ११ हजार ३४१ मत रहेको छ ।  यसअघि, निकै पछि परेका राईले तामाङसँगको मतान्तर घटाएका हुन् । जसपाका राईलाई नेकपा (एमाले)को साथ रहेको छ । राई र तामाङबीच निकै रोचक प्रतिस्पर्धा चलिरहेको छ । सत्ता गठबन्धनका उमेदवार नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ मेन्याङ्बोले ९ हजार ०४७ मत पाएका छन् । स्वतन्त्र मनोजकुमार मेन्याङ्बोले ६ हजार ६२४ मत पाएका छन् । हालसम्म सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत धरान उपमहानगरपालिकाका सबै २० वडाको गणना सकिएको छ । ...
मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

राजनीति
विराटनगर । मोरङ क्षेत्र नम्बर १ नेपाली कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । लिम्बूले २५ हजार ७९४ मत प्राप्त गरे ।‌ शनिबार बेलुका सकिएको अन्तिम परिणामअनुसार खतिवडाले २५ हजार ४६९ मत प्राप्त गरे । मतपरिणामको औपचारिक विवरण आउन भने बाँकी छ । २०७४ मा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए ‌। ...
गृहमन्त्री बालकृष्ण खाँण : देउवाका भित्रिया अब संसद् बाहिर

गृहमन्त्री बालकृष्ण खाँण : देउवाका भित्रिया अब संसद् बाहिर

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-३ बाट पराजित भएका छन् । चुनावी सुरक्षा कमाण्ड गर्ने मुख्य जिम्मा गृहमन्त्री हुन्छ । यसरी पराजित हुने खाँण दोस्रो गृहमन्त्री हुन् । मन्त्री खाँणलाई नेकपा एमाले समर्थनमा उम्मेदवार रहेका राप्रपाका दीपक बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन् । खाँणले ३४ हजार ६ मत ल्याए भने बोहरा ३६ हजार ६४८ मत ल्याएर विजयी भए ।  यसअघि कांग्रेसबाटै चुनाव लडेका पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले ०६४ सालमा झापाबाट चुनाव हारेका थिए । त्यो बेला कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको सरकार थियो । ०४८ देखि तीनपटक रुपन्देहीबाटै चुनाव जितिसकेका खाँणले यसपटक आफ्नो राजनीतिक करियरकै सबैभन्दा शक्तिशाली पदमा हुँदासमेत पराजय बेहोर्नुपरेको छ । अझै रोचक त के छ भने आँफैले निर्देशन द...
सर्लाही-२ मा महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महताे पराजित

सर्लाही-२ मा महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महताे पराजित

राजनीति
जनकपुरधाम । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोलाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार यादवले २३ हजार ५२९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी महतोले २१ हजार ५१८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का राजनारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेशप्रसाद कुशवाहाले ६ हजार ५५४ मत पाए । यादव सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्नबाट निर्वाचन लडेका थिए । ...
मतपत्र हराएको भन्दै इलाम-२ मा मतगणना स्थगित, १ नम्बर क्षेत्रमा पनि विवाद

मतपत्र हराएको भन्दै इलाम-२ मा मतगणना स्थगित, १ नम्बर क्षेत्रमा पनि विवाद

राजनीति
विराटनगर । मतगणनाका क्रममा विवाद भएपछि इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फ मतगणना स्थगित भएको छ । विवादका‌ कारण हारजितको आधिकारिक निर्णय अघि बढ्न सकेको छैन । ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएकोले मतगणना स्थगित भएको जनाइएको छ । कांग्रेस उमेदवार डम्बर खड्काले मतपत्र हराएको मात्र नभइ हस्ताक्षर समेत नभएको बताए । कांग्रेसले विरोध गरेपछि गणना स्थगित छ । त्यहाँ खड्काको २९ हजार ५ र एमालेका सुवासचन्द्र नेम्वाङको २९ हजार १३५ मत आएको छ । इलामकाे क्षेत्र नम्बर १ मा पनि मतपत्र हराएको भन्दै एकीकृत समाजवादीका उमेदवार झलनाथ खनालले परिणाम अस्वीकार गर्ने बताएका छन् । उनी आफ्ना प्रतिस्पर्धीभन्दा पछि परेका छन् । इलाममा आज पत्रकार सम्मेलन गरी खनालले पुन:मतदानकाे माग गरेका हुन् ।  ...
चुनाव जितेपछि सुवालले भने- मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्

चुनाव जितेपछि सुवालले भने- मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्

राजनीति
काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानुन निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् ।  शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राेजगारी सिर्जना गर्ने कानुन निर्माणमा रहने बताएका हुन् ।  भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माणमा आफू हरक्षण माग गरिरहने बताए । उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए । सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको उनकाे आरोप छ । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउने पनि बताए ।&...
राजेन्द्र महतोलाई हराउँदै सर्लाही-२ मा माओवादीका महिन्द्रराय यादव विजयी

राजेन्द्र महतोलाई हराउँदै सर्लाही-२ मा माओवादीका महिन्द्रराय यादव विजयी

राजनीति
सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन्। प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै उनी विजयी भएका हुन्। यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याएका हुन्।
समानुपातिकमा एमालेले कटायो २० लाख मत, आठ लाख ७५ हजार मतसहित माओवादी तेस्रो

समानुपातिकमा एमालेले कटायो २० लाख मत, आठ लाख ७५ हजार मतसहित माओवादी तेस्रो

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले २० लाख बढी मत प्राप्त गरेको छ । अपराह्न ४ः१० सम्ममा एमालेले २० लाख ३८ हजार ९५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।  दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ६९ हजार २६७ मत प्राप्त गरेको  छ । यी दुई दलले प्राप्त गरेको समानुपातिकतर्फको मतको अन्तर ६९ हजार ६९० छ । तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । माओवादीले आठ लाख ७५ हजार ८५१ मत पाएको छ । उसलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी आठ लाख ४५ हजार ६३१ मतसहित चौथो स्थानमा छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार लाख ५९ हजार २१२ मत, जनता समाजावादी पार्टी नेपालले दुई लाख ४१ हजार ७५५ मत प्राप्त गरेको  छ ।  नेकपा (एकीकृत समाजवादी) ले एक लाख ८८ हजार ११, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७५ हजार ५०३, जनमत पार्टीले एक लाख ७० हजार २१३ र लोकतान्त्रिक समा...

दार्चुलामा २३ वर्षपछि कांग्रेसको ‘कमब्याक’

दार्चुलामा २३ वर्षपछि कांग्रेसको ‘कमब्याक’

राजनीति
काठमाडौं । दार्चुलामा नेपाली कांग्रसले २३ वर्षपछि चुनाव जितेको छ । आमचुनावमा दार्चुलामा कांग्रेस यसअघि ०५६ सालमा विजयी भएको थियो । अहिले यहाँबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । ०५६ सालमा नेकपा (एमाले)का उमेदवार गणेशसिंह ठगुन्नालाई पराजित गर्दै बडू नै निर्वाचित भएका थिए । ०६४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उमेदवार लक्ष्मीप्रसाद जोशी विजयी भए । त्यति बेला ठगुन्ना र बडू पराजित भएका थिए । ०७० सालमा यहाँबाट एमालेका ठगुन्नाले जिते । बडूले हारे । ०७४ सालको निर्वाचनमा बडू कांग्रेसको सामानुपातिकतर्फबाट सांसद बने । त्यति बेला कांग्रेसको तर्फबाट प्रत्यक्षमा उमेदवारी दिएका वीरेन्द्रसिंह धामी पराजित भए । ठगुन्ना प्रतिनिधिसभा सदस्यमा दोहोरिए । गएको स्थानीय तह निर्वाचनमा कांग्रेसले दार्चुलाका सब...