२०८१ बैशाख ७

सबैको साझा प्रतिनिधि बनेर काम गर्छु : विष्णु पौडेल 





बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले जनताको अभिमतबाट निर्वाचन जितेको बताएका छन् । अब सबैको साझा प्रतिनिधि बनेर काम गर्ने उनले बताए ।



Advertisement



आइतबार बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष पौडेलले मतदानमार्फत जनप्रतिनिधि चुन्न पाउने व्यवस्थाका लागि विगतमा आफूहरूले संघर्ष गरेको स्मरण गरे । यो व्यवस्थाको संरक्षणका लागि जस्तोसुकै त्याग, तपस्या गर्न तयार रहेको उनले उल्लेख गरे ।



सबै दल मिलेर साझा अवधारणाका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले विकासका काममा राजनीति नगर्ने प्रतिबद्धता व्यक्त गरे । दलहरूबीच संवाद र सहमति खोजेर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी र भोजप्रसाद श्रेष्ठले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Copy link
Powered by Social Snap