२०८१ बैशाख २२

समानुपातिकतर्फ एमालेको मत २४ लाख बढी, कांग्रेस २३ लाखनजिक





काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्षतर्फको मतपरिणाम करिब अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मतपरिणाम पनि आइरहेको छ ।



Advertisement



आइतबार दिउँसो ३ः४५ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २४ लाख १३ हजार २२२ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म १० लाख पाँच हजार ६७९ मत पाएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ८३ हजार ५२२ मत प्राप्त गरेको छ ।



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख १३ हजार ९११ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) तीन लाख ४४९ मत पाउँदै छैटौँ स्थानमा छ ।

नेकपा (एकीकृत समाजवादी) दुई लाख २३५ हजार ३७५ मतसहित सातौँ, दुई लाख ३४ हजार १२७ मतसहित जनमत पार्टी आठौँ, दुई लाख दुई हजार ७९ मतसहित नागरिक उन्मुक्ति पार्टी नवौँ र एक लाख २२ हजार ५५७ मतसहित लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १०औँ स्थानमा छ ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ मा विजयी भएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ७० हजार ३७१ मत ल्याउँदै ११औँ स्थानमा छ । हाम्रो नेपाली पार्टी नामक लौरो अभियानले ४९ हजार ६२७ मत पाएको छ ।

Copy link
Powered by Social Snap