२०८१ बैशाख १५

उदयपुर-१ को मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन




काठमाडौं । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ को मतगणनालाई निरन्तरता दिन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।



Advertisement



मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनापूर्व भएको सहमतिअनुसार नै मतगणना जारी राख्न निर्देशन दिएको हो ।



प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका मतपत्र भेटिएपछि नेकपा (एमाले), राप्रपा, जसपालगायत दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।

Copy link
Powered by Social Snap