२०८१ जेष्ठ ४

राजनीति

चुनाव जितेपछि सुवालले भने- मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्

चुनाव जितेपछि सुवालले भने- मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्

राजनीति
काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानुन निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् ।  शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राेजगारी सिर्जना गर्ने कानुन निर्माणमा रहने बताएका हुन् ।  भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माणमा आफू हरक्षण माग गरिरहने बताए । उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए । सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको उनकाे आरोप छ । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउने पनि बताए ।&...
राजेन्द्र महतोलाई हराउँदै सर्लाही-२ मा माओवादीका महिन्द्रराय यादव विजयी

राजेन्द्र महतोलाई हराउँदै सर्लाही-२ मा माओवादीका महिन्द्रराय यादव विजयी

राजनीति
सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन्। प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै उनी विजयी भएका हुन्। यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याएका हुन्।
समानुपातिकमा एमालेले कटायो २० लाख मत, आठ लाख ७५ हजार मतसहित माओवादी तेस्रो

समानुपातिकमा एमालेले कटायो २० लाख मत, आठ लाख ७५ हजार मतसहित माओवादी तेस्रो

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले २० लाख बढी मत प्राप्त गरेको छ । अपराह्न ४ः१० सम्ममा एमालेले २० लाख ३८ हजार ९५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।  दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ६९ हजार २६७ मत प्राप्त गरेको  छ । यी दुई दलले प्राप्त गरेको समानुपातिकतर्फको मतको अन्तर ६९ हजार ६९० छ । तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । माओवादीले आठ लाख ७५ हजार ८५१ मत पाएको छ । उसलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी आठ लाख ४५ हजार ६३१ मतसहित चौथो स्थानमा छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार लाख ५९ हजार २१२ मत, जनता समाजावादी पार्टी नेपालले दुई लाख ४१ हजार ७५५ मत प्राप्त गरेको  छ ।  नेकपा (एकीकृत समाजवादी) ले एक लाख ८८ हजार ११, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७५ हजार ५०३, जनमत पार्टीले एक लाख ७० हजार २१३ र लोकतान्त्रिक समा...

दार्चुलामा २३ वर्षपछि कांग्रेसको ‘कमब्याक’

दार्चुलामा २३ वर्षपछि कांग्रेसको ‘कमब्याक’

राजनीति
काठमाडौं । दार्चुलामा नेपाली कांग्रसले २३ वर्षपछि चुनाव जितेको छ । आमचुनावमा दार्चुलामा कांग्रेस यसअघि ०५६ सालमा विजयी भएको थियो । अहिले यहाँबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । ०५६ सालमा नेकपा (एमाले)का उमेदवार गणेशसिंह ठगुन्नालाई पराजित गर्दै बडू नै निर्वाचित भएका थिए । ०६४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उमेदवार लक्ष्मीप्रसाद जोशी विजयी भए । त्यति बेला ठगुन्ना र बडू पराजित भएका थिए । ०७० सालमा यहाँबाट एमालेका ठगुन्नाले जिते । बडूले हारे । ०७४ सालको निर्वाचनमा बडू कांग्रेसको सामानुपातिकतर्फबाट सांसद बने । त्यति बेला कांग्रेसको तर्फबाट प्रत्यक्षमा उमेदवारी दिएका वीरेन्द्रसिंह धामी पराजित भए । ठगुन्ना प्रतिनिधिसभा सदस्यमा दोहोरिए । गएको स्थानीय तह निर्वाचनमा कांग्रेसले दार्चुलाका सब...
जनचाहनाअनुरूप काम गर्न केन्द्रित हुनेछु : सिंह

जनचाहनाअनुरूप काम गर्न केन्द्रित हुनेछु : सिंह

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले जनताको चाहनाअनुरूप काम गर्न आफू केन्द्रित हुने बताएका छन् । विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहनाअनुसार आफूले काम गर्ने उनको भनाइ छ । शुक्रबार आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गरे । आफूले त्यसो नगर्ने उनले प्रतिबद्धता जनाए । उनले तीनवटै तहका सरकारलाई अधिकारसम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी संघीय कानुन निर्माणमा जोड दिने योजना पनि सार्वजनिक गरे । सुशासन, समृद्धि, विकास, बेरोजगारी समस्या समाधान गरी मुलुकलाई भ्रष्टाचार मुक्त गराउनुपर्ने दायित्व पनि आफूहरूको रहेको नेता सिंहले बताए । उनले जनताको चाहनाअनुसार आफूले आफ्नो निर्वाचन क्षे...

कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित

कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित

राजनीति
काठमाडौं । कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार अरूणकुमार चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका झपटबहादुर रावललाई ५,७४३ मतान्तरले पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका हुन् ।  चौधरीले २१ हजार ७१ मत ल्याउँदा एमालेका रावलले १६ हजार १२ मत पाएका छन् ।
स्याङ्जा–१ बाट कांग्रेसका राजु थापा निर्वाचित

स्याङ्जा–१ बाट कांग्रेसका राजु थापा निर्वाचित

राजनीति
काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा निर्वाचित भएका छन् । उनी नेकपा (एमाले)का उमेदवार नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । थापाले ३१ हजार ९९९ मत ल्याए । मरासिनीले २८ हजार ७४४ मत पाए । थापा ०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । ...
झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

राजनीति
झापा । पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीनवटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा निर्वाचित भएका छन् । एमाले क्षेत्र नम्बर–२, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नम्बर–२ बाट एमालेका देवराज घिमिरे, क्षेत्र नम्बर–४ बाट लालबहादुर (एलपी) साँवा र क्षेत्र नम्बर–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी भए । एमाले प्रदेश इन्चार्ज घिमिरे यसअघि राष्ट्रियसभा सदस्य थिए । उनले योपटक स्वतन्त्र उमेदवार स्वागत नेपाललाई पछि पार्दै विजयी भएका हुन् । क्षेत्र नम्बर–४ बाट एलपी साँवा कांग्रेसका जिल्ला अध्यक्ष देउकुमार थेबेलाई पराजित गर्दै विजयी भए । एमाले अध्यक्ष ओली योपटकसहित ६ पटक निर्वाचित भइसकेका छन् । उनले ०४८ सालमा कांग्रेसका केशवकुमार बुढाथोकीलाई, ०५१ मा कांग्रेसकै पूर्णानन्द दाहाललाई, ०५६ मा ...
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य

राजनीति
धनगढी । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा प्रतिस्पर्धा गरेको थियो । सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा माओवादी केन्द्रले चार क्षेत्र पाएको हो । ती चार क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । चारै क्षेत्रबाट माओवादी केन्द्रका उमेदवार पराजित भए । योसँगै सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य भएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट माओवादी केन्द्रकी उमेदवार बीना मगर, कैलाली क्षेत्र नम्बर–२ बाट सोही पार्टीका भगत बढुवाल, कैलाली–३ बाट माओवादी केन्द्रकै कृष्णकुमार चौधरी र बैतडीबाट सोही पार्टीका नरेन्द्र कुँवर पराजित भएका हुन् । कञ्चनपुर–१ बाट नेकपा (एमाले)का उमेदवार तारा लामा तामाङ निर्वाचित भए । उनले २४ हजार ८९२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी मगरले १९ हजार ३४६ मत प्रा...
६ मतले पराजित भएपछि पुनः मतगणनाको माग

६ मतले पराजित भएपछि पुनः मतगणनाको माग

राजनीति
पोखरा । प्रदेशसभातर्फ स्याङजामा जारी मतगणनामा कांग्रेसका उमेदवार बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित भएपछि कांग्रेसका नेता कार्यकर्ताले पुनः मतगणनाको माग राखेका छन् । स्याङजा १ (ख) मा राना र एमालेका सुधीर पौडेलबीच प्रतिस्पर्धा छ । अन्तिम मतपरिणाम घोषणा नभए पनि राना पौडेलभन्दा ६ मतले पछाडि परेका हुन् । रानाले १७ हजार ४३५ मत पाउँदा पौडेलले भने १७ हजार ४४१ मत प्राप्त गरेका हुन्। निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।  ...