२०८२ चैत्र १५

राजनीति

उदयपुर-१ को मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन

उदयपुर-१ को मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन

राजनीति
काठमाडौं । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ को मतगणनालाई निरन्तरता दिन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनापूर्व भएको सहमतिअनुसार नै मतगणना जारी राख्न निर्देशन दिएको हो । प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका मतपत्र भेटिएपछि नेकपा (एमाले), राप्रपा, जसपालगायत दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए । ...
धनुषा–४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै, रघुवीर ७४७ मतले पछाडि

धनुषा–४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै, रघुवीर ७४७ मतले पछाडि

राजनीति
काठमाडौं । धनुषा–४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार यादवले २८ हजार ६५७ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका रघुवीर महासेठ ७४७ मतले पछाडि छन् । महासेठले २७ मत ९१० पाएका छन् ।  अब मि.न.पा.वार्ड ७ को मत गणना हुने ।
प्रतिनिधिसभातर्फ १५८ क्षेत्रको नतिजा सार्वजनिक : कहाँ कसले जिते ? बाँकीमा को अगाडि ? (सूचीसहित)

प्रतिनिधिसभातर्फ १५८ क्षेत्रको नतिजा सार्वजनिक : कहाँ कसले जिते ? बाँकीमा को अगाडि ? (सूचीसहित)

राजनीति
काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । सोमबार अपराह्न ४ बजेर २० मिनेटसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १५८ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अब बाँकी सातमध्ये चार क्षेत्रमा मतगणना जारी छ । तीन क्षेत्रमा मतगणना नै सुरु भएको छैन । त्यसमध्ये नेपाली कांग्रेसका उमेदवार ५३ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उमेदवार ४२ क्षेत्रबाट निर्वाचित भइसकेका छन् । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)का उमेदवारले १७ क्षेत्रमा जितेका छन् । नेकपा (एककीकृत समाजवादी)का उमेदवार १० क्षेत्रबाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार...
सुनसरी–४ मा रोकिएको मतगणना सुरु नगरिए सडक संघर्ष : कुसियैत

सुनसरी–४ मा रोकिएको मतगणना सुरु नगरिए सडक संघर्ष : कुसियैत

राजनीति
सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ बाट उमेदवार रहेका नेकपा (एमाले)का नेता जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले मतगणना रोकिएको लामो समय बित्दा पनि अनिर्णयको बन्दी भएको भन्दै तत्काल गणना सुरु गर्न माग गरे । उमेदवार कुसियैतले तत्काल कुनै निर्णय नभए सडक संघर्ष सुरु गर्ने बताएका छन् । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएको उनको भनाइ छ । कुसियतले भने, “आज ३ः३० भित्रमा कुनै निर्णय भएन, मतगणना सुरु भएन भने हामी सडक मैदानमा हुनेछौँ । हामी सडक संघर्ष पनि गर्नेछौँ । वार्ता पनि गर्छौँ ।” उनी पत्रकार सम्मेलनमा आक्रोशित रूपमा प्रस्तुत भएका थिए । कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उन...
यी हुुन् पराजित निवर्तमान ६० सांसद

यी हुुन् पराजित निवर्तमान ६० सांसद

राजनीति
काठमाडौँ — अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ । संसद्मा यसपटक प्रवेश गर्न नपाउनेमा कतिपय पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली निर्वाचनमा पराजित भए । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल तथा पूर्वमुख्यमन्त्री शेरधन रा...
सञ्‍चारमन्‍त्री कार्कीले पुनः मतगणना गर्न माग गरेपछि सुनसरी–४ मा गणना अवरुद्ध

सञ्‍चारमन्‍त्री कार्कीले पुनः मतगणना गर्न माग गरेपछि सुनसरी–४ मा गणना अवरुद्ध

राजनीति
काठमाडौँ — बहालवाला मन्‍त्रीले अवरोध पुर्‍याएपछि सुनसरी क्षेत्र नम्बर ४ को मतगणना शनिबारदेखि अवरुद्ध छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मत गणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि दुई दिनदेखि मत गणना रोकिएको हो। विवाद उत्पन्न भएपछि शनिबार अपरान्ह सर्वदलीय बैठकमा कार्कीका कार्यकर्ता र एमालेका प्रतिनिधिहरुबीच विवाद भएपछि प्रहरीले गणनास्थलबाट केहीलाई बाहिर निकालेको थियो । लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट उम्मेदवार समेत रहेका कांग्रेस नेता कार्कीले एमालेले मतगणनामा धाँधली गरेको आरोप लगाएका छन् । उनले आयोगकै मिलेमतोमा ६ सय ६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको आरोप लगाउँदै आएका छन् । उनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएका छन् । आइतबार बिहान मत गणना गराउने सन्दर्भममा सर्वदलीय बैठक...
सुनसरी ४ : सर्वदलीय बैठक निष्कर्षविहीन, मतगणनाका लागि आयोगको निर्देशनको पर्खाइ

सुनसरी ४ : सर्वदलीय बैठक निष्कर्षविहीन, मतगणनाका लागि आयोगको निर्देशनको पर्खाइ

राजनीति
सुनसरी । शनिबार साँझदेखि स्थगित भएको सुनसरीको क्षेत्र नं. ४ को मतगणना अनिश्चित् बनेको छ । आज दिनभर मतगणना सुचारु गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठक बसे पनि कुनै निर्णय हुन सकेन । बैठकको छलफलमा चित्त नबुझको भन्दै नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत आयोगमा निवेदन दिएका हुन् । आयोगले निवेदन उपुर कुनै निर्देशन दिएको छैन ।  मतगणना स्थगित भएको १२ घण्टा हुन लाग्दा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै निर्णय गर्न सकेको छैन । आज बिहान बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएपछि दिउँसो पुनः बैठक बसेको थियो । तर, दिउँसो बसेको बैठकले पनि विवाद समाधान गर्न कुनै निर्णय गर्न सकेन । निर्वाचन अधिकृतको कार्यालयले निर्णय दिन नसक...
सबैको साझा प्रतिनिधि बनेर काम गर्छु : विष्णु पौडेल

सबैको साझा प्रतिनिधि बनेर काम गर्छु : विष्णु पौडेल

राजनीति
बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले जनताको अभिमतबाट निर्वाचन जितेको बताएका छन् । अब सबैको साझा प्रतिनिधि बनेर काम गर्ने उनले बताए । आइतबार बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष पौडेलले मतदानमार्फत जनप्रतिनिधि चुन्न पाउने व्यवस्थाका लागि विगतमा आफूहरूले संघर्ष गरेको स्मरण गरे । यो व्यवस्थाको संरक्षणका लागि जस्तोसुकै त्याग, तपस्या गर्न तयार रहेको उनले उल्लेख गरे । सबै दल मिलेर साझा अवधारणाका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले विकासका काममा राजनीति नगर्ने प्रतिबद्धता व्यक्त गरे । दलहरूबीच संवाद र सहमति खोजेर अघि बढ्नुपर्ने उनले बताए । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी र भोजप्रसाद श्रेष्ठले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।...
इलाम–१ बाट एमालेका बस्नेत निर्वाचित, खनाल पराजित

इलाम–१ बाट एमालेका बस्नेत निर्वाचित, खनाल पराजित

राजनीति
काठमाडौं । इलाम क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)का उमेदवार महेश बस्नेत निर्वाचित भएका छन् । उनी २५ हजार ६९९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले २३ हजार ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जितहारको औपचारिक घोषणा भने समानुपातिकतर्फको मतगणना सकिएपछि मात्र गरिने बताइएको छ । ...
समानुपातिकतर्फ एमालेको मत २४ लाख बढी, कांग्रेस २३ लाखनजिक

समानुपातिकतर्फ एमालेको मत २४ लाख बढी, कांग्रेस २३ लाखनजिक

राजनीति
काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्षतर्फको मतपरिणाम करिब अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मतपरिणाम पनि आइरहेको छ । आइतबार दिउँसो ३ः४५ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २४ लाख १३ हजार २२२ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म १० लाख पाँच हजार ६७९ मत पाएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ८३ हजार ५२२ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख १३ हजार ९११ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) तीन लाख ४४९ मत पाउँदै छैटौँ स्थानमा छ । नेकपा (एकीक...