२०८० चैत्र १६

सञ्‍चारमन्‍त्री कार्कीले पुनः मतगणना गर्न माग गरेपछि सुनसरी–४ मा गणना अवरुद्ध




काठमाडौँ — बहालवाला मन्‍त्रीले अवरोध पुर्‍याएपछि सुनसरी क्षेत्र नम्बर ४ को मतगणना शनिबारदेखि अवरुद्ध छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मत गणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि दुई दिनदेखि मत गणना रोकिएको हो।



Advertisement



विवाद उत्पन्न भएपछि शनिबार अपरान्ह सर्वदलीय बैठकमा कार्कीका कार्यकर्ता र एमालेका प्रतिनिधिहरुबीच विवाद भएपछि प्रहरीले गणनास्थलबाट केहीलाई बाहिर निकालेको थियो ।

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट उम्मेदवार समेत रहेका कांग्रेस नेता कार्कीले एमालेले मतगणनामा धाँधली गरेको आरोप लगाएका छन् । उनले आयोगकै मिलेमतोमा ६ सय ६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको आरोप लगाउँदै आएका छन् ।



उनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएका छन् । आइतबार बिहान मत गणना गराउने सन्दर्भममा सर्वदलीय बैठक बसेको थियो तर कार्कीका प्रतिनिधिले पुनः मतगणना गर्नुपर्ने अडान लिएपछि अहिलेसम्म गणना स्थगित छ ।

कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाएका छन् । कार्की कुसियतभन्दा ९८ मत अगाडि हुन् । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ ।

Copy link
Powered by Social Snap