२०८१ बैशाख १४

कांग्रेस सहमहामन्त्री राठौर भन्छन्– म पनि प्रधानमन्त्रीका लागि सक्षम छु




काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागि सक्षम र तयार रहेको बताएका छन् । कांग्रेसमा प्रधानमन्त्रीका लागि दाबी गर्नेको लहर चलेका बेला बाँके–३ बाट निर्वाचित सहमहामन्त्री राठौरले पनि आफू प्रधानमन्त्रीका लागि सक्षम रहेको बताएका हुन् । 



Advertisement



नेपालगञ्जमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा ‘गगन थापाले प्रधानमन्त्रीको दाबी गर्नुभएको छ । यहाँको प्रतिक्रिया के छ ?’ भन्ने पत्रकारहरूको प्रश्नमा राठौरले भने, “क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागि मत दिएको बिर्सनुहुँदैन । प्रधानमन्त्रीको दाबी भन्दा उहाँले पाँच वर्ष पार्टी संगठन गर्नुपर्छ ।”



निर्वाचनपछिको मतपरिणाम देशमा विकसित भइरहेको राजनीतिक घट्नाक्रमको सही ढंगले विश्लेषण गर्दै देशको सर्वोपरी हितमा राजनीतिक दलहरूले निर्णय लिन सक्नुपर्ने बेला आएको राठौरको भनाइ छ । 

Copy link
Powered by Social Snap