२०८१ बैशाख १४

सुनसरी–३ मा एमालेको ‘क्लिन स्विप’




सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)ले क्लिन स्विप गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका दुई क्षेत्र नै एमालेले जितेको हो । 



Advertisement



प्रतिनिधिसभामा भगवती चौधरीले नेपाली कांग्रेसका विजय कुमार गच्छदारलाई पराजित गरिन् । दुईपटकको हारको बदला लिँदै चौधरीले तेस्रो प्रयासमा गच्छदारलाई पराजित गरेकी हुन् । 

चौधरी ४० हजार ७८८ मतसहित विजयी भइन् । गच्छदारले ३५ हजार ६०० मत ल्याए । चौधरीले पाँच हजार १८८ मतान्तरले गच्छदारलाई पराजित गरेकी हुन् ।



क्षेत्र नम्बर ३ को प्रदेश सभा २ तर्फ पनि एमालेका रादेव यादव विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५८८ मतान्तरले पराजित गरे । रामदेव १९ हजार ४७९ मतसहित विजयी भएका हुन् । पराजित भएका कांग्रेसका विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका छन् ।

प्रदेश सभा १ मा यसअघि नै एमालेका रोहितबहादुर कार्की विजयी भइसकेका छन् । उनीसँग नेकपा (माओवादी केन्द्र)की सरस्वती पोख्रेल पराजित भइन् ।

Copy link
Powered by Social Snap