२०८१ बैशाख २५

विश्वप्रकाशले भने– अब गगनलाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु





काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले आफूले अब थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् ।



Advertisement



झापाबाट निर्वाचित भएर काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेका थिए । 

उनले महामन्त्री थापा पटकपटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदका लागि नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताए ।



“हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । कहीँ बोलेको सुनिन्छ, कहीँ बोल्न चाहिरहेको बुझिन्छ । कहीँ मानिसहरूको हृदयमा त्यो शब्द बन्न खोजिरहेको छ । र, एउटा लोकतान्त्रिक दलले सदैव प्रतिनिधित्व जनताको जनभावनाको गर्नुपर्छ,” उनले भने ।

महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरू र सांसदहरूसँग छलफल अगाडि बढाउने बताए । थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको उनको भनाइ छ । 

Copy link
Powered by Social Snap