नेविसंघका नेता पक्राउ : त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमणको योजनाकार भएको आरोप
काठमाडौं । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न दीपक ओझालाई प्रहरीले पक्रेको छ । ओझालाई महानगरीय प्रहरी परिसर काठमाडौंले कैलाली प्रहरीसँगको समन्वयमा पक्राउ गरेको हो । नेविसंघका नेता ओझालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेली, कैलालीका डिएसपी भरत चौधरीले रातोपाटीलाई बताए ।
यसअघि कुटपिटमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । टौदह घर भएका निरज राना मगर, सिराहा घर भएका रुपेश शाह र रविन लामालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
Advertisement
त्रिवि समाजशास्त्र केद्रिय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा चारजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए । प्राध्यापक कुट्न रुपेशले अन्य तीनजनालाई सँगै लिएर त्रिभुवन विश्वविद्यालयमा गएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रात...









