२०८३ कार्तिक ११

संघीयता लौकाको चिचिला होइन : मन्त्री जितेन्द्र सोनल

२२ कात्तिक, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्बाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री नै प्रदेशको अधिकार कटौती गर्न लागेको आरोप लगाएका छन् ।

‘संघीय सरकार संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पर्दैन भन्छ । संविधानले प्रदेशलाई दिएको अधिकार कानुन बनाएर कटौति गर्न लागि परेको छ’ उनले भने, संघीयता लौकाको चिचिला होइन, जसलाई हातको औला देखाएपछि मुर्झाउँछ ।’


Advertisement


मधेसी, आदिवासी जनजाति, दलित मुस्लिमलगायत सबैको छोराछोरीले शाहदत दिएर संघीयता ल्याएको भन्दै उनले कसले चाहँदैमा यसलाई उल्टाउन नसक्ने बताए ।

पर्साको बहुदरमाई नगरपालिका-२ पिपरामा आयोजित बहुउपयोगी आकस्मिक भवनको शिलान्यास गर्दै प्रदेश सरकारका मन्त्री सोनलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा असान्र्दभिक विचार र नेतृत्व हावी भएको बताए ।

राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही पहिले दिएको अभिव्यक्तिको पनि उनले आलोचना गरे । ‘पहिला भगवान रामको जन्म भूमि प्रदेश-२ को पर्साको ठोरी हो भन्नुभयो । ठोरी होइन, टाँडीमा भएको हो रे’ उनले भने ‘जनकपुरमा सीता र अयोध्यामा रामको जन्म भएको इतिहास छ ।’

संघीय सरकारको २ करोड ६५ लाखको लागतमा बहुउपयोगी सामुदायिक भवन निर्माण गर्न लागिएको हो । उपभोक्ता समितिमार्फत बनाउन लागिएको यो भवनको भूँई तलामा हल हुनेछ । दोस्रो तलामा पाँच वटा कोठा र अन्तिम तलामा स्टोर रुम रहन्छ । क्रमागत योजना अन्र्तगत तीन वर्षमा बनिसक्ने जनता समाजवादी पार्टीका केन्दि्रय सदस्य शिव पटेलले जानकारी दिए ।

Credit: OnlineKhabar


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap