२०८२ पुष २

राजनीति

नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित

नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित

देश, राजनीति, समाचार
नेपाली सेनाका नयाँ अधिकृतले मूल निशानसमक्ष शपथ लिने परम्परा यस पटक स्थगन भएको छ । हरेक वर्ष  बडादशैँको महानवमीका दिन नयाँ अधिकृतले शपथ लिने प्रचलन रहेकामा कोभिड–१९ बाट सिर्जित जोखिमका कारण यस वर्ष गरिएन । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हनुमानढोका क्षेत्र, कम्पुकोतस्थित नेपाली सेनाको मूल निशान(भगवती) समक्ष नयाँ अधिकृतले पद तथा गोपनीयताको शपथ लिने परम्परा थियो ।  Advertisement काठमाडौँ उपत्यका बाहिर खटिने अधिकृतले अनुकूल समय मिलाएर शपथ लिने गरे पनि काठमाडौँ उपत्यकाभित्रका नयाँ अधिकृतले महानवमीकै दिन अनिवार्यरुपमा शपथ लिने चलन थियो । सेनाले शक्तिस्वरुपा भगवतीलाई मूल निशान मान्दैआएको छ । अधिकृत तहका लागि सेनाले सहायक सेनानी(सेकेण्ड लेफ्टिनेन्ट) मा भर्ना लिने गर्छ । सहायक सेनानीको तालीम र परीक्षा पूरा गरी पास आउट भए पनि मूल निशानसमक्ष ...
सुरक्षाकर्मीलाई ७ महिना अघि दिने भनिएको भत्ता दसैंमा पनि दिइएन

सुरक्षाकर्मीलाई ७ महिना अघि दिने भनिएको भत्ता दसैंमा पनि दिइएन

देश, राजनीति, समाचार
९ कात्तिक, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन । मन्त्रिपरिषद्को १६ चैतमा बसेको बैठकले दैनिक ३ सय रुपैयाँदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । तर, निर्णयको ७ महिना वितिसक्दा पनि उनीहरुले भत्ता पाएका छैनन् । Advertisement दसैंको मुखमा पनि भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल गिरेको सुरक्षा सम्बद्ध अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हालसम्म सुरक्षाकर्मीलाई भत्ता बापतको रकम नआएको अनलाइनखबरलाई बताए । नेपाली सेना र सशस्त्र प्रहरी बलका कर्मचारीले पनि प्रोत्साहन भत्ता वापतको रकम पाएका छैनन् । महामारीका बेला अग्रपङ्तिमा खटिएका सुरक्षाकर्मीलाई कोरोना भत्ता दिन आनाकानी गरिरहेका बेला सांसदहरुलाई दसैं ...
३ महिनामा उठेको राजस्वबाट अर्थमन्त्री पौडेल उत्साहित

३ महिनामा उठेको राजस्वबाट अर्थमन्त्री पौडेल उत्साहित

देश, राजनीति, समाचार
अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन् । कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवस्यकता रहेको अर्थमन्त्री पौडेलले बताए ।शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले कतिपय कानूनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरुका कारण पूँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता चिजहरुमा सुधार गर्दै पूँजीगत खर्चलाई बढाउने योजनामा आफु रहेको बताए । यस्तै वर्तमान अवस्थमा कोभिडले सिर्जना गरेको चुनौतिलाई समाना गर्दै कुनैपनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफु रहेको अर्थमन्त्री पौडेलले बताए । ‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौ...
रअ प्रमुखको नेपाल भ्रमण : “अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ।” : मोहन वैद्य

रअ प्रमुखको नेपाल भ्रमण : “अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ।” : मोहन वैद्य

देश, राजनीति, समाचार
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओली र भारतको रिसर्च एण्ड एनालिसिस विङ्गका प्रमुख सामन्त गोयलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ ।’ Advertisement ‘भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ,’ किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पार्टीले यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जन...
भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा ज्ञानेन्द्र शाह

भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्: पूर्वराजा ज्ञानेन्द्र शाह

देश, राजनीति, समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको बताएका छन्।  बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले यस्तो बताएका हुन्।  शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ।’  शाहले प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको बताएका छन्।  Advertisement ‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ,’ विज्ञप्तिमा छ।&nbs...
उच्च अदालतका न्यायाधीशलाई सैनिक विशेषज्ञ अदालतको अध्यक्ष तोक्ने मन्त्रिपरिषद्को निर्णय

उच्च अदालतका न्यायाधीशलाई सैनिक विशेषज्ञ अदालतको अध्यक्ष तोक्ने मन्त्रिपरिषद्को निर्णय

देश, राजनीति, समाचार
सरकारले सैनिक विशेषज्ञ अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीशलाई तोक्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री पार्वत गुरुङले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको प्रस्तावमा कानूनको प्रावधान अनुसार सैनिक विशेषज्ञ अदालतको अध्यक्ष, पुनरावेदन समितिको अध्यक्ष र विशेष अदालतको अध्यक्ष, राजस्व न्यायाधिकरणको कानूनी अध्यक्षमा उच्च अदालतका न्यायाधीशहरुलाई अध्यक्ष तोक्ने निर्णय गरेको जानकारी दिएका छन्  । Advertisement मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गरेको हो । ...
सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

देश, राजनीति, समाचार
पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो  सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उनले बताए ।सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि  उनले प्रतिलिपि पाएनन्।  प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम  भरेको फाराम, बसाइँसराइँको प्रमाणपत्र,मतदाता परिचयपत्र, वडा कार्यालयको सिफारिस,छोराको नागरिकताको प्रतिलिपि ,श्रीमतीको नागरिकताको प्रतिलिपि र भोजपुर जिल्लाको अभिलेख डढेर नष्ट भएको जानकारीपत्र सहितको नागरिकता लिन आवेदन गर्दा पनि आफूलाई उक्त कार्यालयले नागरिकता दिन नमानेको राईको गुनासो थियो  ।  Advertisement भोजपुर जिल्लाबाट पाँचथरमा बसाइँसर...
भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख सामन्थ गोयल नेपाल भ्रमणमा

भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख सामन्थ गोयल नेपाल भ्रमणमा

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
काठमाडौं । भारतीय जासूसी संस्था रिसर्च एन्ड एनालाईसिस विङ्स  (रअ) का प्रमुख  सामन्थ गोयल नेपाल भ्रमण आएका छन् । गोयल नेपाल आएको जानकारी उच्च स्रोतबाट रातोपाटीलाई प्राप्त भएको छ । यद्यपि, उनी के प्रयोजनका लागि नेपाल आएका हुन् भन्ने खुलेको छैन । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण तय भइसकेको अवस्थामा ‘रअ’ का प्रमुख नेपालको भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  Advertisement उनी चार्टर विमानमा काठमाडौं आएको श्रोतको दाबी छ । आज साँझ काठमाडौंमा महत्वपूर्ण भेटघाट गरी उनी बिहीबार भारत फर्किने बुझिएको छ । ...
जाडो याममा महामारी बढ्न सक्ने : प्रधानसेनपति थापा

जाडो याममा महामारी बढ्न सक्ने : प्रधानसेनपति थापा

देश, राजनीति, समाचार
प्रधानसेनापति  पूर्णचन्द्र थापाले  कोभिड– १९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो याममा महामारी बढ्न सक्ने देखिएकाले सबै पृतनालाई सरोकार  निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’ को समापन गर्दै उनले  कोभिड–१९ बाट ठण्डीयाममा आउन सक्ने जोखिमको पूर्वाअनुमानअनुसार परिपक्व योजना बनाएर समन्वयका साथ काम गर्न निर्देशन दिए । Advertisement महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्नका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान पु¥याउन सल्लाह दिँदै प्रधानसेनापतिले कोभिड– १९ को संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न निर्देशन दिए । उनले भने, ‘सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारित तुल...
नारायण काजीको सुझाव : तुरुन्तै विज्ञ र नेताहरुको बैठक बोलाउ

नारायण काजीको सुझाव : तुरुन्तै विज्ञ र नेताहरुको बैठक बोलाउ

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड १९ ले उत्पन्न संकट चौतर्फी गहिरिँदै गएको भन्दै यसको नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी सबैको भएको बताएका छन् । उनले यसको नियन्त्रण गर्ने जिम्मेवारी मुलतः सरकारको नै भएको भन्दै यो महामारी र विश्वव्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति नरेको स्पष्ट भएको बताएका छन् । Advertisement ‘तर हामी  कसैले पनि आफ्नो जिम्मेवारीबाट  पञ्छन मिल्दैन’, सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले भनेका छन्– ‘तसर्थ सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिँदै अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ ।’ साथै उनले सबै राजनीतिक पार्टीहरु र समाजका सबै पक्षले यसमा सहयोग गर्नुपर्नेमा...