२०८१ बैशाख ७

सीमा विवादबारे चिनियाँ विदेश मन्त्रालयमा बाद विवाद

१८ कात्तिक, काठमाडौं । हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको खबर असोज पहिलो साता सार्वजनिक भएपछि बेइजिङभन्दा पहिले नेपाल सरकार बोल्यो । र, चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्टीकरण दियो ।

काठमाडौंस्थित चिनियाँ दूताबासले पनि हुम्लामा नेपाली भूमि नमिचेको बतायो ।

तर सीमा विवादको बहस रोकिएन । प्रमुख विपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई स्थलगत अध्ययनमा पठायो र चिनियाँ पक्षबाट सीमा मिचिएको प्रतिवेदन सार्वजनिक गर्‍यो ।

त्यही प्रतिवेदनलाई टेकेर बेलायती पत्रिका दि डेल्ली टेलिग्राफले मंगलबार ‘एक्सक्लुसिभ’ भन्दै चीनले सेना पठाएर नेपाली भूभाग अतिक्रमण गरेको समाचार प्रकाशित गर्‍यो । त्यही समाचारमा आधारित भएर विश्वका अन्य सञ्चारमाध्यमले पनि सीमा मिचेको समाचार प्रकाशित गरेपछि चीन निकै क्रुद्ध बनेको छ ।

र, नेपालबारे कमै प्रश्न उठ्ने चिनियाँ विदेश मन्त्रालयका मंगलबार त्यही रिपोर्टका आधारमा लामै सवाल जवाफ भएको छ । मन्त्रालयका प्रवक्ता वाङ वेनविनको नियमित पत्रकार सम्मेलनको शुरुमै डेल्ली टेलिग्राफका बेइजिङ सम्वाददाताले प्रश्न गरे ।


Advertisement


यस्तो छ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिन र सो पत्रिकाका संवाददाताको सवाल जवाफ:

दि डेल्ली टेलिग्राफ : नेपाली राजनीतिज्ञहरुले नेपालको १५० भन्दाबढी हेक्टर जमिन चीनले अतिक्रमण गरेको बताएका छन् । यति मात्र होइन, चीनले नदीको प्रवाह नै परिवर्तन गरेको रिपोर्ट आएको छ, यसमा विदेश मन्त्रालयको कमेन्ट के छ ?

वाङ वेनबिन : तपाई दि टेलिग्राफमा आएको रिपोर्टको कुरा गदै हुनुहुन्छ ?

दि डेल्ली टेलिग्राफ : हो ।

वाङ वेनबिन : यो सम्पूर्ण रुपमा आधारहिन हल्ला हो ।

दि डेल्ली टेलिग्राफ : यसलाई तपाईँले पुरै आधारित हल्ला भन्नुभयो, यसको प्रमाण दिन सक्नुहुन्छ ?

वाङ वेनबिन : सबैभन्दा पहिला यो रिपोर्टको आधारबारे लेखकहरुले नै स्पष्ट पार्नुपर्छ ।

दि डेल्ली टेलिग्राफ : हामीसँग प्रमाण छ । यो विषयमा हामीले नेपालका नेताहरुसँग कुराकानी गरेका छौं । हामी चिनियाँ पक्षको कमेन्ट चाहन्छौं किनकी तपाईले यसलाई पूर्ण रुपमा आधारहीन भन्नु भएको छ ।

वाङ वेनबिन : तपाईलाई एउटा सुझाव छ, कुनै पनि रिपोर्ट तयार पानुभन्दा पहिला तपाईँले जिम्मेवारी भावनाका साथ तथ्यको भेरिफाई गर्नुपर्छ । तपाईले उल्लेख गरेको रिपोर्ट पूर्ण रुपमा हल्ला हो ।

दि डेल्ली टेलिग्राफ : हामीले काठमाडौंमा रहेको चिनियाँ दूतावासको कमेन्ट लिने प्रयास गयौं तर कुनै रेस्पोन्स भएन । त्यसैले हामीले अहिले यहाँ छौं विदेश मन्त्रालको भनाइ बुझ्न ।

वाङ वेनबिन : त्यसो भए यो एकदम सही रेस्पोन्स हो-यो रिपोर्ट आधारहीन हल्ला हो ।

Copy link
Powered by Social Snap