२०८१ बैशाख ८

चौथो पटक सर्‍यो काँग्रेसको बैठक

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए ।

यस अघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो । २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो । 

पार्टीमा सहमति नभएपछि २१ कात्तिकका लागि बोलाइएको बैठक २४ कात्तिकका लागि सारिएको थियो । 


Advertisement


काँग्रेसका शीर्ष नेताबीच पार्टी केन्द्रीय विभागको गठन, क्रियाशील सदस्यताको वितरण, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका सम्बन्धमा सहमति हुन नसकेपछि चौथो पटक बैठक सारिएको छ । 

उक्त विषयमा विधान विपरीत निर्णय भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाको हस्ताक्षर गरेर पार्टी केन्द्रीय कार्यालयमा असोज १२ गते १६ बुँदे ज्ञापनपत्र दर्ता गरेको थियो । १७ असोजयता त्यही १६ बुँदे ज्ञापनपत्रमा काँग्रेस अल्झिएको छ ।

पौडेल पक्षले विधान विपरीतका निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ भने सभापति शेरबहादुर देउवा पक्षले विधानसम्म नै निर्णय भएको जिकिर गरिरहेको छ । तर बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले भने शीर्ष नेताहरुको बैठक सकारात्मक रुपमा आजबाट टुंगिएको बताए । उनले  भने, ‘विवाद सहमतिको नजिक पुगेको छ । अब २७ गते केन्द्रीय समिति बैठक हुन्छ । बाँकी विषय त्यहाँ टुंगिन्छ ।’

साभार: रातोपाटी

Copy link
Powered by Social Snap