२०८१ बैशाख ६

नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष टुंगिएको छ

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष टुंगिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो १ बजेको देखि ४ बजेसम्म चलेको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन । चौथो दिन पनि नेताहरुले धारणा राखेरै बैठक टुंगिएको छ ।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता बलबहादुर केसी, रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, देउवा पक्षका एनपी साउदलगायतले धारणा राखेका थिए ।  जारी बैठकमा पौडेल पक्षीय नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराएको १६ बुँदे ज्ञापनपत्रको पक्षमा धारणा राखेका थिए । संस्थापन पक्षीय नेताहरूले भने त्यसको प्रतिवाद गरेका थिए ।


Advertisement


पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीत निर्णय भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको थियो । तर संस्थापन पक्षले भने सबै निर्णय विधान सम्मत भएको बताएको थियो । यस्तै बैठकमा पार्टीको १४ औं महाधिवेशनका सम्बन्धमा पनि छलफल भएको थियो ।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतकाअनुसार चार दिनको छलफलमा नेताहरुले महाधिवेशनको मितिबारे आफ्नो धारणा राखेका छन् । सभापति देउवा पक्षका केही नेताहरुले ०७८ भदौमा महाधिवेशन सार्नुपर्ने  तर्क राखेका छन् । शुक्रबारको बैठकमा नेता ज्ञानेन्द्र कार्कीले भदौमा महधिवेशन गर्नुपर्ने तर्क राखेका थिए । तर देउवा पक्षकै केही नेताहरुले जेठमा महाधिवेशन गर्न सकिने धारणा राखेका थिए । 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले महाधिवेशनको तालिका प्रभावित भइसकेकाले संशोधन गरेर जेठमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ । पौडैल पक्षले भने अहिल्यै केन्द्रीय महाधिवेशन हुन नसक्ने भनेर जान नहुने बताउँदै आएको छ । नेताहरुले आफ्नो धारण राखेको भन्दै आगामी बैठकले वस्तुस्थिति हेरेर निर्णय लिने महतले रातोपाटीलाई जानकारी दिए । बैठक शनिबार पनि बस्नेछ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap