२०८३ असार २२

राजनीति

निर्णय सुनाउने दिन तोकिएका र हेर्दाहेर्दैका मुद्दामा पनि गोलाप्रथाबाटै पेसी तोकिने

निर्णय सुनाउने दिन तोकिएका र हेर्दाहेर्दैका मुद्दामा पनि गोलाप्रथाबाटै पेसी तोकिने

राजनीति
सर्वोच्च अदालतका सबै न्यायाधीशको फुलकोर्टले अर्को मंसिर १५ देखि गोलाप्रथाबाट इजलास गठन र पेसी सूची तय गर्ने निर्णयसँगै अर्को निर्णय पनि गरेको छ। यसअघि निर्णय सुनाउने दिन तोकिएका मुद्दा र सुनुवाइ हुँदाहुँदै समय अभावले पेसी सरेका मुद्दामा पनि अब गोलाप्रथाबाटै इजलास र पेसी तोकिने सर्वोच्च अदालतका एक न्यायाधीशले बताए। Advertisement कुनै पनि मुद्दामा जुन जुन न्यायाधीशको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने दिन तोकेको छ, त्यसैले नै निर्णय सुनाउनुपर्ने नियम छ। कसैगरी उक्त इजलास फेरि गठन हुन सकेन भने अर्को इजलासमा जान्छ। अर्को इजलासले फेरि सुरूदेखि नै सुनुवाइ गर्नुपर्छ। हेर्दाहेर्दैका मुद्दामा पनि त्यही नियम लागू हुन्छ। कुनै मुद्दामा जुन इजलासले सुनुवाइ थाल्छ, उसले अर्को आदेश नभएसम्म सुनुवाइ गरिरहन्छ। सुनुवाइ गर्दागर्दै इजलासको समय सक...
युद्धमा समेत नरोकिने एम्बुलेन्स पार्टीको महाधिवेशनमा रोक्न मिल्छ?

युद्धमा समेत नरोकिने एम्बुलेन्स पार्टीको महाधिवेशनमा रोक्न मिल्छ?

राजनीति
चितवनमा नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी चलिरहेको छ। देशभरबाट पाँच लाख कार्यकर्ता भरतपुरमा उतार्ने एमालेले घोषणा गरेको छ। महाधिवेशनको उद्घाटन कार्यक्रमलाई लक्ष्य गरेर जिल्ला सुरक्षा समितिले मंसिर १० गते साढे आठ घन्टा भरतपुरको मुख्य क्षेत्रमा ‘नो भेइकल मुभमेन्ट’ (सवारी निषेध) गर्ने निर्णय गरेको छ। यसको अर्थ हुन्छ, त्यो अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि सवारी साधन चल्न पाउने छैनन्। जिल्ला सुरक्षा समितिले 'नो भेइकल मुभमेन्ट' भनेको क्षेत्रमा पूर्व–पश्चिम राजमार्गको करिब ५ किलोमिटर र नारायणगढ–मुग्लिन सडक खण्डको करिब २ किलोमिटर पनि पर्छ। महाधिवेशनका लागि लाखौं मान्छे सडकमा आउँदा कुनै पनि सवारी चल्ने वातावरण नभएकाले निषेध गर्नुपरेको चितवन प्रशासनको भनाइ छ। Advertisement ‘पश्चिम नेपालबाट आउने सवारी साधनलाई नारायणी ...
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा ‘उम्मेदवार घोषणा कार्यक्रम’ को आयोजना गर्दै नेता लिङ्देनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। Advertisement राप्रपाको महाधिवेशन आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने तय भएको छ। ‘साथीहरुले सल्लाह गरेर, खासगरी यो अभियानको औपचारिक रुपले प्रारम्भ गर्नुअघि नेता धवल शमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ, म यसलाई सहर्ष स्वीकार गर्दै आउने १५, १६ र १७ गते जुन महाधिवेशन हुँदैछ। त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ। र नयाँ नेतृत्वबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि जानुपर्छ भन्ने आम हाम्रा पार्टीका नेता, कार्यकर...
पाँच देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

पाँच देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

राजनीति
पाँच देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। Advertisement राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।  सिंगापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्यूजिल्याण्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो। ...
नेपाल-युरोपेली संघ संयुक्त आयोगको तेह्रौं बैठक सुरू

नेपाल-युरोपेली संघ संयुक्त आयोगको तेह्रौं बैठक सुरू

राजनीति
आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली संघले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल-युरोपेली संघ संयुक्त आयोगको १३ औं बैठक काठमाडौंमा सुरू भएको छ। बैठकमा नेपाल-युरोपेली संघबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक-आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। Advertisement बैठकको सहअध्यक्षता नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन् भने संघको नेतृत्व एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गरेकी छन्।  नेपाली प्र...
बाइडेनको ‘डेमोक्रेसी समिट’मा नेपालसहित ११० मुलुकलाई निम्तो

बाइडेनको ‘डेमोक्रेसी समिट’मा नेपालसहित ११० मुलुकलाई निम्तो

राजनीति
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना संसारभरिका प्रजातान्त्रिक मुलुकहरूसँग डेमोक्रेसी समिट गर्दैछन्। अमेरिकी विदेश मन्त्रालय ह्वाइटहाउसले दिएको जानकारीअनुसार डिसेम्बर ९-१० मा हुने भर्चुअल समिटमा ११० देशलाई निम्तो दिइएको छ। निम्तो पाउने मुलुकहरूमा नेपाल पनि पर्छ। Advertisement मंसिर पहिलो साता काठमाडौं आएका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी उपविदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटका क्रममा उक्त समिटका लागि निम्तो दिएका थिए। प्रधानमन्त्री देउवाले अमेरिकाको निम्तो स्वीकार्दै आफू समिटमा सहभागी हुने जानकारी दिइसकेका छन्। दक्षिण एसियाली क्षेत्रबाट उक्त समिटका लागि नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निम्तो दिइएको छ। बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानलाई अमेरिकाले निम्तो पठाएन...
मजाले प्रधानमन्त्री, मन्त्री बनेर सरकार चलाउन पाइया छ अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ: प्रचण्ड

मजाले प्रधानमन्त्री, मन्त्री बनेर सरकार चलाउन पाइया छ अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ: प्रचण्ड

राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई गठबन्धन चाहिने बताएका छन्। Advertisement बुधबार बिहान धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले महाधिवेशनमा धेरै भोट पाउन कसैले गठबन्धन बलियो बनाएर जाने भनेका छन् भने कसैले बिरोध गरेको बताए। ‘यो गठबन्धनले मजाले प्रधानमन्त्री, मन्त्री बन्न पाइया छ, सरकार चलाउन पाइया छ, अनि गठबन्धन टिक्दैन भन्ने  हुन्छ र! यो त मिल्ने कुरै होइन नि,’ उनले भने। मानिसहरूले गठबन्ध चल्दैन, टिक्दैन कि भनेर आशंका गर्ने या भ्रम फैलाउने स्थितिको अन्त्य भइसकेको प्रचण्डको भनाइ छ। पाँच दलीय समन्यव समिति भनेर उच्चस्तरको संयन्त्र बनाएपछि र चुनाव मिलेर लड्छौं भन्ने निर्णय भएपछि तत्काल देशमा अस्थिरता नआउने उनले बताए। सरकार स्थिर रहनु सबैका लागि खुसीको कुरा भएको उनले बताए। ‘पाँच दलीय समन्वय समिति भने...
शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छ : दाहाल

शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छ : दाहाल

राजनीति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षकलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन्। मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन्। नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकले नै गरेको भन्दै उनले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको जिकिर गरे। Advertisement ‘नेपालमा जति पनि पार्टी छन्। सबै शिक्षककै योगदानका कारण ती पार्टीहरु छन्। सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचारहरुलाई, राजनीतिक कार्यदिशा, नीति, योजन...
नेपाल बार र बृहत नागरिक आन्दोलनले सर्वोच्चदेखि बालुवाटारसम्म र्‍याली गर्ने

नेपाल बार र बृहत नागरिक आन्दोलनले सर्वोच्चदेखि बालुवाटारसम्म र्‍याली गर्ने

राजनीति
बृहत नागरिक आन्दोलन र नेपाल बारसहित ६ वटा पेशागत संगठनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै संयुक्त र्‍याली गर्ने भएको छ।  Advertisement बिहीबार दिउँसो २ बजे उनीहरूको र्‍याली सर्वोच्च अदालतदेखि बालुवाटारसम्म जानेछ।  बृहत  नागरिक आन्दोलन, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणाको महाअभियोग र सम्पत्ति छानविनको माग गर्दे र्‍याली गर्ने भएका हुन्।  ‘तत्काल संसद बोलाई प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन र सम्बद्ध निकायमार्फत सम्पत्ति छानबिन गराउन हामी पेसागत तथा नागरिक शक्तिहरू एकसाथ माग गर्दछौँ,’ उनीहरूले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्ष व्यक्ति जबरासहित प्रवृत्तिविरूद्ध हो। यस्ता व्य...
नेविसंघ महामन्त्री कुँवर कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

नेविसंघ महामन्त्री कुँवर कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

राजनीति
नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्री महेश्वरी कुँवर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। Advertisement उनी पाल्पा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि उठेकी थिइन्। कुँवरले जम्मा ३१४ मत ल्याएकी थिइन्। उनी प्रत्यक्ष खुला महिलातर्फ महाधिवेशन प्रतिनिधि उठेकी थिइन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छिन्। प्रत्यक्ष महिलातर्फ ८ जना प्रतिस्पर्धामा थिए। जसमध्ये धनकला गाहा, लालकुमारी राना, शान्ता बोहरा र सुनिता अधिकारीले चुनाव जितेका थिए। कुँवर नेविसंघ तदर्थ समिति महामन्त्री हुन्। सभापति देउवाले २०७६ माघमा उनलाई महामन्त्री नियुक्त गरेका थिए। त्यसअघि उनी नैनसिंह महर नेविसंघ सभापति हुँदा सहमहामन्त्री थिइन्। उनी पद्मकन्या क्याम्पसकी स्ववियुमा उपसभापति भएर पनि काम गरेकी थिइन्। ...