२०८३ असार २२

राजनीति

सिद्धान्तको ठेलीभन्दा जनताको जीवन ठूलो हो: ईश्वर पोखरेल

सिद्धान्तको ठेलीभन्दा जनताको जीवन ठूलो हो: ईश्वर पोखरेल

राजनीति
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सिद्धान्तको ठेलीभन्दा पनि जनताको जीवन ठूलो हुने बताएका छन्। Advertisement जनताको जीवनभन्दा ठूलो अरू केही हुन नसक्ने उनले बताए। आज काठमाडौंमा राप्रपाको एकता महाधिवेशन उद्घाटन कार्यक्रममा उनले भने, ‘जनताको जीवनभन्दा ठूलो अरू केही हुन सक्दैन। सिद्धान्तका ठेलीले जीवन बदल्न सकिँदैन।’ उनले जनताको जीन्दगी र देशको जीन्दगी बदल्न सबै मिलेर अगाडि बढ्नुपर्ने उनले बताए। ‘तपाईं-हामी विषय र एजेन्डाअनुसार एक हुन सक्छौं,’ उनले भने। साथै उनले एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गरिएको र यसबाट एमाले थप सुदृढ भएर अगाडि बढ्ने पनि बताए। ...
२१ सांसदको समर्थनमा कर्णालीको मुख्यमन्त्री बनेका शाहीले २२ सांसदबाट पाए विश्वासको मत

२१ सांसदको समर्थनमा कर्णालीको मुख्यमन्त्री बनेका शाहीले २२ सांसदबाट पाए विश्वासको मत

राजनीति
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। बुधबार कर्णाली प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्। कात्तिक १६ गते मुख्यमन्त्री बन्दा २१ जना मात्र सांसदको समर्थन पाएको मुख्यमन्त्री शाहीले विश्वासको मत भने २२ जना सांसदको पाएका छन्। त्यसबेला उनी नेकपा माओवादीका १२, कांग्रेसका ६ जना र एकीकृत समाजवादीका ३ जना गरी २१ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। Advertisement मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि तोकिएको बुधबारको बैठकमा राप्रपाले पनि समर्थन गरेपछि २२ जनाबाट उनले विश्वासको मत पाएका हुन्। कर्णाली प्रदेश सभामा राप्रपाका एकमात्र सांसद सोशिला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन गरेकी हुन्। गत वैशाख ३ गते यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा उन...
यस्ता छन् मन्त्रिपरिषदका निर्णय

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

राजनीति
सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ।  मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताएका हुन्। उनले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० विलियन जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय भएको बताए। यस्तै बैठकले नेपाल विद्युत प्राधिकरण कृष्णनगर, चन्द्र प्र. शाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ।  ...
बार्बाडोस बन्यो कान्छो गणतान्त्रिक मुलुक, हटायो बेलायती महारानीलाई राष्ट्रप्रमुखबाट

बार्बाडोस बन्यो कान्छो गणतान्त्रिक मुलुक, हटायो बेलायती महारानीलाई राष्ट्रप्रमुखबाट

राजनीति
क्यारेबियन टापु मुलुक बार्बाडोस संसारको कान्छो गणतान्त्रिक मुलुक बनेको छ।   बिबिसीका अनुसार कुनैबेला बेलायतको उपनिवेश रहेको बार्बाडोसले अहिलेसम्म बेलायती महारानी एलिजावेथलाई राष्ट्रप्रमुख मान्दै आएको थियो। Advertisement गत अक्टोबरमा बार्बाडोसले ७२ वर्षीया डाम सान्द्रा मासोनलाई राष्ट्रपति निर्वाचित गरेको थियो। बेलायतबाट स्वतन्त्र भएको ५५ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार राजधानी ब्रिजटाउनमा मासोनले राष्ट्रपतिको सपथ लिएसँगै बेलायती महारानी बार्बाडोसको राष्ट्रप्रमुखबाट हटेकी छन्।   मासोनको सपथग्रहणमा बेलायती युवराज चार्ल्स सहभागी थिए। समारोहलाई सम्बोधन गर्दै उनले दुई देशबीचको इतिहासको कुरा गरे। संवैधानिक व्यवस्थामा परिवर्तन भए पनि आपसी बेलायत र बार्बाडोसबीचको सहकार्य जारी रहने बताए। बार्बाडोसले गत वर्ष नै आफूले गणता...
धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्। Advertisement धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै मन्त्री आलेले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिएका हुन्। निरीक्षणकै क्रममा मन्त्री आलेले विमनस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य नयाँ निर्माण गर्नुपर्ने संरचनाका विषयमा पनि लेखेर पठाउन निर्देशन दिएका विमानस्थलका प्रमुख रामकृृष्ण भट्टले बताए। ‘मन्त्रीले विमानस्थलको धावनमार्गदेखि अन्य संरचना निर्माणका लागि चाहिने जग्गा अधिग्रहणको काम अघि बढाउन निर्देशन दिनुभएको छ’, भट्टले भने, ‘नागरिक उड्डयन प्राधिकरणले सो विषयका सबै फाइल तयार गरी केही दिनमा मन्त्रालयमा पेश गर्नेछ।’ धनगढी व...
लिङ्देनले युवा र उमेरको कुरा गर्ने भए टुँडिखेलमा दौडिऔं, हारेँ भने अध्यक्षको उम्मेदवारी छोड्छु : कमल थापा

लिङ्देनले युवा र उमेरको कुरा गर्ने भए टुँडिखेलमा दौडिऔं, हारेँ भने अध्यक्षको उम्मेदवारी छोड्छु : कमल थापा

राजनीति
एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै राप्रपा अध्यक्ष कमल थापाले पद नछोड्ने मानसिकता आफूमा नरहेको भन्दै केही अधुरा काम पूरा गर्न आफूलाई छोडिदिन अनुरोध गरेका छन्।  उनले अहिले नयाँ पुस्ताले युवा र उमेरको कुरा गरेको भन्दै ‘टुँडिखेलमा गएर दौडिन’ अनुरोध गरे।  ‘म कुन पुस्ताको हुँ म आफैंलाई थाहा छैन, नयाँ पुस्ताका साथीहरूलाई भन्छु, अब पुस्तै भनेर युवा र उमेरको कुरा गर्ने हो भने टुँडिखेलमा गएर दौडौं,’ थापाले भने।  Advertisement उनले यदि टुँडिखेलमा दौडिँदा आफूले हारे अध्यक्षको उम्मेदवारी छोड्ने बताए।  थापाले आफू तीन पटक केन्द्रीय सदस्य र तीन पटक अध्यक्षमा निर्वाचित हुँदा कहिल्यै पनि भोट माग्नु नपरेको बताएका छन्।  सोमबार अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै थापाले राष्ट्रिय सभागृहमा भने, ‘म भावुक महसुस गरिरहेको...
राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।  Advertisement उनले सोमबार राष्ट्रिय सभागृहबाट महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  उनले आगामी दिनमा पार्टीलाई फुट्न नदिने र नफुटाउने संकल्प गर्दै उम्मेदवारी घोषणा गरे।  राप्रपाको महाधिवेशनमा काठमाडौंमा मंसिर १५,१६ र १७ गते हुँदैछ। थापाविरूद्ध यसअघि नै राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। पार्टीका सबै वरिष्ठ नेता र आम मतदाताहरूको समर्थन आफूतिर रहेको थापाले बताए।  राप्रपा अध्यक्षत्रयमध्ये पशुपतिशमशेर राणाले उम्मेदवार नबन्ने घोषणा गरेका छन्। अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भने अहिलेसम्म खुलिसकेका छैनन्।  राप्रपा हिन्दु राष्ट्र र राजासहितको प...
अफ्रिकी मुलुकबाट नेपाल प्रवेशमा कडाइ गर्ने गृह मन्त्रालयको निर्णय

अफ्रिकी मुलुकबाट नेपाल प्रवेशमा कडाइ गर्ने गृह मन्त्रालयको निर्णय

राजनीति
गृह मन्त्रालयले अफ्रिकी मुलुकबाट नेपाल प्रवेशलाई कडाइ गर्ने निर्णय गरेको छ।  आइतबार गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा बसेको बैठकले अफ्रिकी मुलुकको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।  Advertisement गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकबाट आउनेलाई अनअराइभल भिसा नदिने निर्णय भएको बताए।  तर, डिप्लोमेटिक पासपोर्ट भएकालाई भने नफर्काइने पोखरेलले बताए। यस्तै, आइसकेका नेपाली नागरिकलाई पनि फर्काइने छैन। उनीहरू सबैलाई होटल क्यारेन्टाइनमा पठाइनेछ।  कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन अफ्रिकाबाट फैलँदै भारतसँग आइपुगेपछि गृहले यस्तो निर्णय गरेको हो।  ओमिक्रोन कोरोनाको पुरानो भेरियन्टभन्दा पाँच गुणा बढी शक्तिशाली मानिएको छ। अफ्रिकाबाट युरोप, इजरायल, हङहङसम्म ओमिक्रोन पुगिसकेको छ।  नयाँ भेरियन्टको रोकथाम तथा नियन्...
न्याय प्रणालीलाई दस्तक दिन फेरि काठमाडौं आइन् रूबी खान

न्याय प्रणालीलाई दस्तक दिन फेरि काठमाडौं आइन् रूबी खान

राजनीति
दोस्रोपटक काठमाडौं आएर धर्ना दिइरहेका रूबी खान र अन्य अधिकारकर्मीहरू। तस्बिर: रूबी खानको फेसबुकबाट बाँकेकी नकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणलाई लिएर १४ जना अधिकारकर्मीहरू फेरि काठमाडौं आएका छन्। पछिल्लोपटक दोषीको छानबिन र कारबाही हुने सर्तमा घर फर्किएका उनीहरू फेरि न्याय माग्दै काठमाडौं आएका हुन्। यसअघि उनीहरूले ११ दिन नेपालगन्जमै धर्ना दिएका थिए। बाह्रौं दिनमा गत बिहीबार काठमाडौं आएर माइतीघर मण्डलमा धर्ना दिइरहेका उनीहरूको प्रमुख माग छ– मुख्य अभियुक्त तथा पूर्वसांसद बादशाह कुर्मीलाई पक्राउ गरी सजाय गरियोस्। प्रहरीले गत कात्तिक २२ गते जिल्ला अदालत बाँकेबाट जारी भएको पुर्जीका आधारमा उक्त घटनामा मुछिएका सात जनालाई पक्राउ गरेको थियो। Advertisement पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कन...
कांग्रेसबाट मुलुक रूपान्तरणको अपेक्षा गर्न सकिन्न: बाबुराम

कांग्रेसबाट मुलुक रूपान्तरणको अपेक्षा गर्न सकिन्न: बाबुराम

राजनीति
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसबाट मुलुकको रूपान्तरणको अपेक्षा गर्न नसकिने बताएका छन्। Advertisement आफ्नै दल जनता समाजवादी पनि सरकार सञ्चालनको गठबन्धनमा रहे पनि नेपाली कांग्रेसबाट मुलुकको रूपान्तरणको अपेक्षा भने गर्न नसकिने उनले बताए। आइतबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले मुलुकको रूपान्तरणको लागि वैकल्पिक शक्तिको खाँचो रहेको औंल्याए। उनले मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो रहेको र ढिलो-चाँडो त्यो दिन बताए। उनले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सँग तत्काल एकता गर्न सम्भव नभए पनि निर्वाचनमा गठबन्धन गरेरै भए पनि अघि बढ्नुपर्ने बताए। लुम्बिनी प्रदेशका कार्यकर्ता भेटघाटमा बुटवल पुगेका भट्टराईले देश गम्भीर संकटमा रहेकाले मुलुकमा राष्ट्रिय एकताको...