२०८३ कार्तिक १२

नेपाल-युरोपेली संघ संयुक्त आयोगको तेह्रौं बैठक सुरू

आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली संघले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल-युरोपेली संघ संयुक्त आयोगको १३ औं बैठक काठमाडौंमा सुरू भएको छ।

बैठकमा नेपाल-युरोपेली संघबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक-आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।


Advertisement


बैठकको सहअध्यक्षता नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन् भने संघको नेतृत्व एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गरेकी छन्। 

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन्। 

सङ्घको प्रतिनिधिमण्डलमा टोली नेता पम्पालोनीसँगै ब्रसेल्सबाट आएका दुई उच्च अधिकारी, यहाँस्थित सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेज तथा उनका सहयोगीलगायत छन्। 

कोभिड–१९ का कारण आयोगको १२ औं बैठक भर्चुअल माध्यमबाट गत वर्ष भएको थियो।

प्रारम्भमा हरेक दुई वर्षमा काठमाडौं र ब्रसेल्समा आलोपालो आयोजना गर्ने निर्धारण भएको उक्त बैठक विगत पाँच वर्षदेखि बर्सेनि हुँदै आएको छ।
 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap