२०८० चैत्र १६

नेपाल बार र बृहत नागरिक आन्दोलनले सर्वोच्चदेखि बालुवाटारसम्म र्‍याली गर्ने

बृहत नागरिक आन्दोलन र नेपाल बारसहित ६ वटा पेशागत संगठनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै संयुक्त र्‍याली गर्ने भएको छ। 


Advertisement


बिहीबार दिउँसो २ बजे उनीहरूको र्‍याली सर्वोच्च अदालतदेखि बालुवाटारसम्म जानेछ। 

बृहत  नागरिक आन्दोलन, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणाको महाअभियोग र सम्पत्ति छानविनको माग गर्दे र्‍याली गर्ने भएका हुन्। 

‘तत्काल संसद बोलाई प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन र सम्बद्ध निकायमार्फत सम्पत्ति छानबिन गराउन हामी पेसागत तथा नागरिक शक्तिहरू एकसाथ माग गर्दछौँ,’ उनीहरूले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्ष व्यक्ति जबरासहित प्रवृत्तिविरूद्ध हो। यस्ता व्यक्ति जन्माउने प्रक्रिया र संरचना फेर्न हामी सबै सडकमा उभिएका छौं। न्याय किनबेच निषेध हुने गरी सबै तहका न्यायालयमा न्यायिक स्वच्छता कायम गर्ने, न्यायमा सर्वसाधारण जनताको सहज, सुलभ र सरल पहुँच सुनिश्चित गर्ने तथा न्यायाधीश नियुक्तिको प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न हामी दलहरूलाई ध्यानाकर्षण गर्दछौं।’

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ

Copy link
Powered by Social Snap