२०८३ कार्तिक १२

पाँच देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

पाँच देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।


Advertisement


राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्। 

सिंगापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्यूजिल्याण्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap