२०८२ चैत्र २६

राजनीति

मतदान केन्द्रको जिम्मा महिलालाई

मतदान केन्द्रको जिम्मा महिलालाई

राजनीति
कावासोती । नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिला मात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताए । Advertisement शर्माका अनुसार कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिला मात्रै खटाइएको हो । उक्त मतदान केन्द्रमा खटाइएका पाँच महिला कर्मचारीमा एकजना घरेलु तथा साना उद्योग कार्यालयबाट र चारजना जिल्ला अदालत नवलपुरबाट रहेका छन् । मतदान अधिकृत शान्ति गुरुङ, सहायक मतदान अधिकृत राधिका सापकोटा (घरेलु तथा साना उद्योग कार्यालय नवलपुर) सहायक कर्मचारी रचना ढुंगाना, सहायक कर्मचारी सुस्मिता पंगेनी र कार्यालय सहयोगी जीवकला केसी पराजुली गरेर पाँचजना सबै महिला ...
जिते एक वर्षभित्र काठमाडौंको फोहोर तह लाउँछु : केशव स्थापित 

जिते एक वर्षभित्र काठमाडौंको फोहोर तह लाउँछु : केशव स्थापित 

राजनीति
काठमाडौं । नेकपा एमालेको काठमाडौं महानगरको उमेदवार केशव स्थापितले आफूले जिते काठमाडौंको फोहोरमैला एक वर्षभित्र नियन्त्रण गर्ने बताएका छन् ।  Advertisement मंगलबार भृकुटीमण्डपमा कार्यक्रममा आयोजित चुनावी कार्यक्रममा उनले काठमाडौंको धुवाँ धुलोको समाधान पनि एक वर्षभित्र गर्ने दाबी पनि गरे ।  “ एक वर्षभित्र काठमाडौंको फोहोर मैला नियन्त्रण हुन्छ । तह लाएको हुन्छ । केही दिनभित्र बिहान, बेलुकी कलेक्सन हुन्छ । ६ महिनापछि अलेली हुन्छ । एक वर्षमा फोहोर मैलाको स्थायी समाधान हुन्छ । फेरि कांग्रेसले त्यसमा भोट माग्न पाउने छैन ,” उनले भने ।  कार्यक्रममा स्थापितले काठमाडौंमा आफ्नो प्रतिष्पर्धी नै उत्पादन नभएको समेत दाबी गरे ।  “ प्रतिपक्षी नै उभिरहेको छैन । प्रतिपक्षीको नीति विचार कार्यक्रम नै गरेको छैन ।  जनताको बीचमा जानुपर्यो नि । प्रत...
तीन तहकाे चुनाव देशलाई दुर्घटनाबाट रोक्ने अवसर ः लिङ्देन

तीन तहकाे चुनाव देशलाई दुर्घटनाबाट रोक्ने अवसर ः लिङ्देन

राजनीति
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला भनिएका पार्टी र नेता सुध्रिए मुलुक सुध्रिने बताएका छन् ।  Advertisement आइतबार ललितपुरको मंगलबजारमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले अहिले नै ठूला भनिएका पार्टी र नेता सुध्रने अवस्था नदेखिएको समेत बताए ।  यसअघि पनि नेताहरूलाई सुध्रन आफूले सुझाव दिएपनि उल्टै आफुमाथि नै उनीहरू खनिएको उनकाे भनाइ छ ।  देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै उनले तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताए । विकास र सुशासनलगायत राप्रपाले अघि सारेको मुद्दाहरू कुनै दलका लागि नभएर मुलुकका लागि भएको उनकाे तर्क छ । उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउने यात्रामा साथ दिन आग्रह गरे ।  ...
केशव स्थापितले घरदैलोमा पुगेर भने–प्रतिस्पर्धी नै छैन, मतदाताको सहभागिताले जितेजस्तो लागिसक्यो 

केशव स्थापितले घरदैलोमा पुगेर भने–प्रतिस्पर्धी नै छैन, मतदाताको सहभागिताले जितेजस्तो लागिसक्यो 

राजनीति
काठमाडौं । नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उमेदवार केशव स्थापितले शनिबार भित्री सहरका ११ वडामा एकै पटक पदयात्रा तय गरे ।  भित्री सहरका १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी ११ वटा वडामा एमालेको तर्फबाट स्थापित र उपमेयरकी उमेदवार सुनिता डंगोलको घरदैलो कार्यक्रम अगाडि बढ्यो । मतदाताको घर–दैलोमा पुगेका उनले आफ्नो प्रतिस्पर्धी नै नभएको भन्दै जितेजस्तो अनुभव भएको बताए ।  Advertisement यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा कसले बाजी मार्ला भन्ने ‘विशेष चर्चा’ चलिरहेको छ । चुनावलाई लक्षित गर्दै उमेदवारहरूले गरेको घरदैलो कार्यक्रममा आफूले नै जित्ने दाबी गरिरहेका छन् । मतदाताले घर–घर, चोक–चोक र गल्ली–गल्लीमा पदयत्रामा विभिन्न उमेदवारलाई स्वागत र विजयीको शुभकामना दिइरहेका छन् ...
ओलीको आतंकको शासन हटाउन गठबन्धन बन्यो : देउवा

ओलीको आतंकको शासन हटाउन गठबन्धन बन्यो : देउवा

राजनीति
पोखरा । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको आतंकको शासन हटाउन सत्ता गठबन्धन बनेको बताएका छन् । Advertisement आइतबार पोखरामा गठबन्धनका उमेदवारको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले संसद् भंग गर्ने र चल्न नदिने ओलीको प्रवृत्ति रहेको बताए । “विपक्षी पार्टीले संसद्मा विरोध गर्न पाउँछ नि, हामीले विरोध गरेका थियौँ । त्यही विरोध सहन नसकेर भंग गरिदिए । ओलीजी संसदीय व्यवस्थाको पक्षमा पनि हुनु हुन्न,” उनले भने । असंवैधानिक संसद् विघटन आफूहरूले अदालत गएर फिर्ता ल्याएको उनले उल्लेख गरे । गठबन्धन सबैभन्दा बढी आवश्यक कांग्रेसलाई परेको उनको जिकिर छ । गठबन्धनकै कारण गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनेको बताउँदै उनले भने, “पोखरामा कांग्रेसको मुख्यमन्त्री छ, प्रचण्ड र मा...
प्रचण्डले छोरी नजिताए देश दुर्घटनामा जान्छु भन्नु आचारसंहिताविपरीत  : ओली 

प्रचण्डले छोरी नजिताए देश दुर्घटनामा जान्छु भन्नु आचारसंहिताविपरीत  : ओली 

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदातालाई धक्याएर आचारसंहिताविपरीत काम गरेको आरोप लगाएका छन् । Advertisement आइतबार च्यासलस्थित पार्टी मुख्यालय आयोजित पत्रकार सम्मेलनमा उनले प्रचण्डले आफ्नी छोरीलाई मत नदिए देश दुर्घटनामा जान्छ भनेर धम्याएको बताए । “यदि, मेरो छोरीलाई जिताउँदैनन् भने देश दुर्घटना हुन्छ, मेरी छोरीलाई यदि खुरुखुरु भोट हालेर जिताउने हो भने म उत्साहित हुन्छु, छोरीलाई भोट दिनुपर्ने,” उनले भने, “यो वास्तवमा अपराधी गठबन्धन हो । यो अत्यन्त गलत कुरा हो । आचारसंहिताविपरीत कुरा हो । हानिकारक कुरा हो ।” ...
निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा राष्ट्रपतिको जोड 

निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा राष्ट्रपतिको जोड 

राजनीति
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्याउनुपर्ने बताएकी छन् ।  Advertisement राष्ट्रपति भण्डारीले निष्पक्ष सूचना सम्प्रेषणको माध्यामबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्याउनुपर्ने बताइकी हुन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा उनले जिम्मेवार पत्रकारिताको माध्यामबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रुपमा साकार तुल्याउन सञ्चार क्षेत्रले सफलता पाउने विश्वास व्यक्त गरे ।  राष्ट्रपति भण्डारीले जिम्मेवार, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणको माध्यामबाट मात्रै पत्रकारिता क्षेत्रको विश्वासनियता कायम ...
गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्ने देउवाको चेतावनी 

गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्ने देउवाको चेतावनी 

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । गठबन्धनको विरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उमेदवारी दिनेलाई पार्टीमा कुनै स्थान नरहेको बताए । Advertisement “लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धनविरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उमेदवारी दिनु सह्य हुने छैन,” उनले भने, “समय अनुसार कारबाही हुन्छ । कतिलाई केन्द्रीय कमिटीले कारबाही गरिसक्यो ।” नागरिकता समस्या समाधान गर्न सरकार गम्भीर रहेको र नागरिकताबाट कुनै पनि नागरिक बञ्चित नरहने उनले बताए । नागरिकता पाएका आमा बुवाको छोराछोरीले नागरिकता पाउने उनले आश्वासन दिए ।  “प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश प्रवृतिलाई अन्त्य गर्न गठबन्धनलाई विजयी बनाउनु आवश्यक छ,” उनले भने ।  ...
श्रीलंकामा पुनः संकटकाल लागू

श्रीलंकामा पुनः संकटकाल लागू

राजनीति
श्रीलंकामा पुन: संकटकाल घोषणा गरिएको छ। श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले ५ सातापछि फेरि संकटकाल घोषणा गरेका हुन्।  Advertisement सरकारविरोधी प्रदर्शनहरू चर्किरहेका बेला राजापाक्षेले संकटकालको घोषणा गरेका हुन्। सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिए।  देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए। स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ ।  लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ। ...
एमालेलाई कमजोर पार्न नसक्ने केपी ओलीको दाबी

एमालेलाई कमजोर पार्न नसक्ने केपी ओलीको दाबी

राजनीति
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने जिकिर गरेका छन् । रौतहट सदरमुकाम गौरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नुबाहेक कुनै काम नगरेको आरोप लगाए । Advertisement उनले रौतहटको विकासलाई पछाडि पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाधक बनेको आरोप लगाए । रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै ओलीले जिल्लाको विकासमा आफूले महत्वपूर्ण योगदान दिएको दाबी गरे । एमाले स्थायी समिति सदस्य प्रभु साहले एमालेले मात्रै मधेसको विकास गर्न सक्ने जिकिर गरे । मधेस प्रदेश सरकारले सङ्घीयता र समावेशीताको आधारमा केही गर्न नसकेको आरोप लगाउँदै एमालेको नेतृत्वमा देश र मधेस ...