२०८१ बैशाख २३

मौन अवधिमा बुटवलमा तनाव

बुटवल । मौन अवधिको समयमा बुटवल उपमहानगरपालिकामा तनावको अवस्था सिर्जना भएको छ। बुटवलको सुकुम्बासी बस्तीमा एमाले उमेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई पुगेपछि तनाव सिर्जना भएको हो ।  


Advertisement


बुटवल उपमहानगरपालिका माझ गाउँमा पुगेकी उनी मतदाता प्रभावित पार्न पुगेको अन्य दलले आरोप लगाएका छन् । घरको ढोकामा ताला लगाएर भित्र माया भट्टराईलाई राखेको स्थानीय गठबन्धन दलका कार्यकर्ताले आरोप लगाएका थिए । उनीहरूले यो विषयमा प्रहरीलाई जानकारी पनि दिएका थिए ।  

इलाका प्रहरी कार्यालय बुटवलको टोली भट्टराई रहेको घरमा पुगेको थियो । डीएसपी ठगबहादुर केसीले भने, “हामीले सो घरमा तलासी गर्दा पैसा फेला पारेनौँ । माया भट्टराईलाई अहिले परिवारको जिम्मा लगाएका छौँ ।”


 
यसैबीच, माया भट्टराईले विज्ञप्ति जारी गर्दै आफू बिरामी भेट्न गएको र त्यहाँ कांग्रेस कार्यकर्ताले हुलहुज्जत गरी पैसा बाँडेको आरोप लगाएको बताएकी छन् । उनले कपोलकल्पित आरोप लगाएको भन्दै भर्त्सना गरेकी छन् ।

Copy link
Powered by Social Snap