काठमाडौं । केही समयअघि मात्र एमाले प्रवेश गरेकी अभिनेत्री करिष्मा मानन्धर पार्टीका उमेदवारलाई भोट माग्न थालेकी छन् ।
Advertisement
शुक्रबार उनी ललितपुर गोदावरीको वडा नम्बर ३ र ४ मा एमालेको चुनावी घरदैलो अभियानमा सहभागी भइन् ।
उनी आफूले भने उमेदवारी दिएकी छैनन् ।
२०७९ बैशाख २३, शुक्रबार २०:४५२०७९ बैशाख २३, शुक्रबार २०:४५२०७९ बैशाख २३, शुक्रबार २०:४५ by Senior Editor NimaNo Comments
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले काठमाडौंको उपमेयरमा नै चित्त बुझाउनु ठूलो कुरा भएको बताएका छन् ।
Advertisement
शुक्रबार शान्तिबाटिकामा आयोजित चुनावी सभामा उनले काठमाडौंबाट जितेका नेपालले मेयरमा कांग्रेसलाई छाडेर उपमेयर लिन तयार भएको बताए ।
“माधवजीको प्रभाव छ, काठमाडौंमा । काठमाडौंबाट उहाँ अत्याधिक बहुमतका साथ जित्नुभएको हो । उहाँले उपमेयरमै मान्दिनुभयो ठूलो कुरा हो,” उनले भने ।
...
२०७९ बैशाख २३, शुक्रबार १५:०४२०७९ बैशाख २३, शुक्रबार १५:०४२०७९ बैशाख २३, शुक्रबार १५:०४ by Senior Editor NimaNo Comments
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वितेको पाँच वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धि जनताले थाहा पाउनुपर्ने बताएका छन् ।
Advertisement
शुक्रबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरे । २०७४ साल यताका पाँच वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको उनको आरोप थियो ।
“यो पाँच वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । उसैले आज २०७९ सालको चुनाव गराउनु पर्दथ्यो,” उनले भने,“ पाँच वर्षमा एकपटक जनताको बीचमा उभिएर मैले म्याण्डेट पाएको थिएँ, मैले चलाउन सकिनँ, यसको लागि मलाई क्षमा देउ, मैले पाँच वर्ष संसद चलाउन सकिन भनेर माफीको याचना नगरी मत माग्ने नैतिक आधार पनि छैन ।”
...
२०७९ बैशाख २३, शुक्रबार १४:४०२०७९ बैशाख २३, शुक्रबार १४:४०२०७९ बैशाख २३, शुक्रबार १४:४० by Senior Editor NimaNo Comments
काठमाडौं । यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ ।
Advertisement
निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई भनेको छ । यस्तै, मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न भनिएको छ ।
आयोगको सिफारिस अनुसार मन्त्रालयले मतदानको दिनको ४८ घण्टाअघिदेखि मतदानको कार्य नसकिएसम्म सबै अन्तर्राष्ट्रिय नाका बन्द गरिनेछ ।
स्थानीय निर्वाचको मौन अवधि २७ गतेदेखि नै सुरु हुने आयोगले जनाएको छ ।
...
२०७९ बैशाख २२, बिहीबार २१:१२२०७९ बैशाख २२, बिहीबार २१:१२२०७९ बैशाख २२, बिहीबार २१:१२ by Senior Editor NimaNo Comments
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेले नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नखोजेको बताएका छन् ।
Advertisement
उनीहरुबाहेकका कार्यकर्तालाई जहिले पनि स्वागत गर्न सकिने भन्दै उनले प्रचण्ड र माधव नेपाल लिएर हिँडे चुनाव हारिने जिकिर गरे ।
“हामी अहिले नै प्रचण्ड र माधव नेपालले काम गर्न दिएनन् भनेर जनताकहाँ जाँदैछौँ,” उनले भने, “यस्तो बेलामा उनीहरुलाई बोकेर हिँड्ने कुरा हुँदैन । अब नेपालमा दुई पार्टी सिष्टम आवश्यक देखिइसकेको छ । एउटा ध्रुवको नेतृत्व कांग्रेसले गर्छ, अर्को एमालेले । बाँकी सहायक पार्टीमात्रै हुनेछन् ।”
उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले महानगरमा चमत्कार गर्ने भन्दै उपमहानगर आफूहरुको बलियो क्षेत्र भएको बताए।
“आगामी निर्वाचनमा एमाले सवल शक्ति भए...
२०७९ बैशाख २२, बिहीबार २०:५६२०७९ बैशाख २२, बिहीबार २०:५६२०७९ बैशाख २२, बिहीबार २०:५६ by Senior Editor NimaNo Comments
काठमाडौं । सत्ता गठबन्धनको पहिलो चुनावी सभा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भयो । सभामा सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतादेखि कलाकार सन्दीप क्षेत्रीसम्मकाले भाषण गरे ।
Advertisement
सभामा सत्ता गठबन्धनको भविष्यदेखि चुनाव जित्ने आधारहरूसमेत प्रस्तुत भए । बागी उमेदवार जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता लिन चुनौती दिनेदेखि 'लाल सलाम' र 'जय नेपाल'को सहकार्यको समेत चर्चा भयो । यतिसम्म कि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले त गठबन्धन नभएको भए ८२ प्रतिशत मतका साथ आफू सभापति नजित्ने भन्दै भाषण गर्न भ्याए । चितवनका नेताहरूले भने गठबन्धनको भविष्यमाथि गहिरो प्रश्न गरे ।
कार्यक्रमको सुरुमै बोलेका चितवन कांग्रेसका निर्वत...
२०७९ बैशाख २२, बिहीबार १४:१६२०७९ बैशाख २२, बिहीबार १४:१६२०७९ बैशाख २२, बिहीबार १४:१६ by Senior Editor NimaNo Comments
झापा । नेकपा (एमाले) मेचीनगरले बागी उमेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठजनालाई कारबाही गरेको छ ।
Advertisement
मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उमेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उमेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उपप्रमुखमा बागी उमेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक थिए ।
पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उमेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी छन् । वडा नम्बर–२ का आधिकारिक उमेदवार दीपक बरालविरुद्ध बागी उमेदवारी दिएका तिलक न्यौपाने र उनको समर्थक बसेका मेघनाथ बाँस्तोलालाई पनि एमालेले कारबाही गरेको छ ।
बागी उमेदवार न्यौपानेको प्रचारप्...
२०७९ बैशाख २२, बिहीबार १३:५६२०७९ बैशाख २२, बिहीबार १३:५६२०७९ बैशाख २२, बिहीबार १३:५६ by Senior Editor NimaNo Comments
काठमाडौं । सत्ता गठबन्धनको आज चितवनमा हुने चुनावी सभामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा नजाने भएका छन् ।
Advertisement
चितवनका कांग्रेस सभापति राजेश्वर खनालले डा. कोइराला र थापाको उपस्थितिले चुनावी माहोल राम्रो हुने भन्दै उनीहरूलाई फोन गरेका थिए । तर, सभामा गठबन्धनका नेताहरूले डा. कोइराला र थापालाई वक्ताका रूपमा नराखेको र अन्यत्रै चुनावी कार्यक्रम तय भइसकेकाले दुवै नेता चितवन नजाने भएका हुन् ।
महामन्त्री थापा काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उमेदवार सिर्जना सिंहको काठमाडौंमा आयोजित एक कार्यक्रममा छन् । डा. कोइरालाले प्रदेश नम्बर–१ का विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुने क्रममै रहेकाले आउन नसक्ने जानकारी गराइसकेका छन् ।
...
मोरङ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सुदृढीकरण गर्न गठबन्धन गरिएको बताएका छन् । मोरङ कांग्रेसले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा कुनै किसिमका शंका पैदा हुने काम कसैलाई नगर्न आग्रह गरेका छन् ।
Advertisement
‘कांग्रेस पार्टी धोका खान्छ तर कसैलाई धोखा दिँदैन है भन्ने विश्वास नतोड्न र कांग्रेसको टाउकोमा धोकेबाजको दाग नलागोस्,’ उनले भने, ‘जननायक बीपी र गिरिजाप्रसाद कोइराला जस्ता देशका दुई सफल प्रधानमन्त्रीको ठाउँ विराटनगरमा गठबन्धनलाई जिताउनु होस्, विकासका सबै कामहरु गर्न तयार छौं ।’
विराटनगरस्थित विराटराजाको दरबार क्षेत्रको संरक्षण र संवद्र्धनका लागि सरकार तयार रहेको प्रधानमन्त्री देउवाले बताए ।
स्थानीय तहको क्षमता विकास भएपछि अधिकारसम्पन्न बनाएर स्थानीय सरकारको प्...
काठमाडौँ — स्थानीय तह निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवादले चुलिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । स्थानीय तह निर्वाचन बहिस्कार कि उपयोग भन्नेबारे नेकपाको नेतृत्वमा रहेका नेताहरूबीच विवाद चुलिँदा विभाजन भएको हो ।
Advertisement
वैशाख ३० गते चुनाव आउनु ९ दिन पहिले नेकपा विभाजन भएको हो । नेकपामा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका सचिवालय सदस्यबाट विवादकै बीचमा निष्कासित धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीले बुधबार राष्ट्रिय भेला बोलाएर विभाजनलाई औपचारिकता दिएका हुन् ।
चिवतनको पर्सामा जारी राष्ट्रिय भेलाले नकेपा महासचिवबाट चन्दलाई हटाउने र हालका लागि संयोजकको जिम्मेवारी धर्मेन्द्र बास्तोलालाई दिने निर्णय लिएको छ । त्यस्तै, चन्दको पक्षमा रहँदै आएका नेता खड्गबहादुर विश्वकर्मालाई पार्टी प्रवक्ताबाट ह...