२०८३ असार २४

राजनीति

माले पोलिटब्युरो सदस्य श्रेष्ठसहित नेताहरू राप्रपा नेपालमा प्रवेश

माले पोलिटब्युरो सदस्य श्रेष्ठसहित नेताहरू राप्रपा नेपालमा प्रवेश

राजनीति
काठमाडौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले)का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे ।  कार्यक्रममा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जवरजस्त ढंगले अगाडि बढ्ने बताए । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरुको त्रिसंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै धर्म परिवर्तन , बेरोजगारी, भ्रस्टाचार र कुशासनको अन्त्यका लागि जनता जागरुक हुनुपर्ने बताए ।  थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधन हुने बताए । नवप्रवेशी कुमार श्रेष्ठले अब  राप्रपा नेपालले अबलम्बन ग...
छुट्टै कानून विश्वविद्यालय स्थापना गर्न कानूनी समस्या हुँदैनः राष्ट्रपति 

छुट्टै कानून विश्वविद्यालय स्थापना गर्न कानूनी समस्या हुँदैनः राष्ट्रपति 

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नहुने बताएकी छन्। शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नहुने बताएकी हुन्। उनले हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानूनी जनशक्ति विकास गर्न पर्याप्त नहुने बताइन्। राष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीको सामना गर्नसक्ने दक्ष कानूनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरुको विकास गर्दै कानूनी शिक्षालाई युग सापेक्ष बनाउँदै लैजानुपर्ने बताइन्। ‘हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानूनी जनशक्ति विकास गर्न पर्याप्त न...
दुई देशका लागि राजदूत नियुक्त

दुई देशका लागि राजदूत नियुक्त

राजनीति
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैरआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्। ...
सरकारले व्यापक रूपमा नीतिगत भ्रष्टाचार गरेको कोइराला पक्षको आरोप

सरकारले व्यापक रूपमा नीतिगत भ्रष्टाचार गरेको कोइराला पक्षको आरोप

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सरकारले व्यापक रूपमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ । हिजोबाट सुरु भएर आज सकिएको कोइराला पक्षीय भेलाले सरकारबाट देशमा बजेट बनाउनेदेखि पछिल्लो समय चरम रूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको निष्कर्ष निकालेको हो । "व्यापकरूपमा नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो चाँडो रोक्नुपर्छ," कोइराले पक्षीय नेता डा. गोविन्द पोखरेलले भने । अर्थतन्त्रका सूचकहरू राम्रोसँग चलाउने कुरामा सरकारले कांग्रेसले हामीले गरेका वाचाअनुसार पूरा गर्न नसकेको उनको भनाइ छ । परराष्ट्र नीतिमा कांग्रेसको पहलमा सबैको साझा नीति बनाउनुपर्ने आफूहरूले जोड दिएपनि त्यसमा सफल हुन नसकेको कोइराला पक्षको भनाइ छ ।  ...
देउवाविरुद्ध कोइराला पक्षले देशभर अभियान चलाउने

देउवाविरुद्ध कोइराला पक्षले देशभर अभियान चलाउने

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।  शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको निष्कर्ष निकालिएको बताए । साथै देउवाविरुद्ध देशभर अभियान चलाइने उनले बताए । "अहिले नेपाली कांग्रेसको भन्दापनि सभापतिजी गठबन्धनको सभापति हुनुभएको छ । उहाँले पार्टीभित्रै ४० प्रतिशत महाधिवेशनप्रतिनिधि जुन गाउँ, वडाबाट निर्वाचित भएर आउँछन्, आफू उहाँहरूको सभापति हुँ भन्ने अनुभुति दिलाउन सकिरहेको छैन । यसको विरुद्ध हामी हरेक प्रदेश पालिका, सबैतिर परिचालन गरी कांग्रेसलाई बलियो बनाउने पार्टी विधानअनुरूप चलोस् भनेर दबाब दिने कुरामा छौँ," उन...
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति यस्तो बन्यो (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति यस्तो बन्यो (सूचीसहित)

राजनीति
काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)को केन्द्रीय समिति सार्वजनिक गरिएको छ । शुक्रबार निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै पार्टीले २१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको हो । "आज मिति २०७९ असार १७ गते राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न गोलाकारभित्र घण्टी रहेको छ," पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  पार्टी सभापतिमा रवि लामिछाने रहेका छन् । प्रवक्तामा डा. मुकुल ढकाल छन् ।  अरू सबैलाई सदस्यमा राखिएको छ ।  सदस्यमा डोल प्रसाद अर्याल कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, वसुमाया तामाङ्ग, उपेन्द्र पाण्डे, इथा मुल्ला मिया, गणेश पराजुली, सोविता गौतम, कुसुम महर्जन, विष्णुकुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभ...
‘जसपा उपेन्द्र यादव र बाबुराम भट्टराईको मात्र हो ?’

‘जसपा उपेन्द्र यादव र बाबुराम भट्टराईको मात्र हो ?’

राजनीति
काठमाडौं । विवादकैबीच सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले केन्द्रीय समिति बैठक असार २७ र २८ गतेका लागि आह्वान गरेको छ । वीरगञ्जमा बस्ने बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईबीच पार्टी सञ्चालका विषयमा विवाद छ । विशेषरी भट्टराई र यादवबीच अधिकार बाँडफाँटलाई लिएर टसल बढेको छ । यादवले पार्टी सञ्चालनदेखि राजदूत नियुक्ति र टिकट वितरणमासमेत एक्लौटी गरेको भट्टराई पक्षको आरोप छ । राष्ट्रिय सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा अध्यक्ष यादवले एक्लौटी टिकट बाँडेको गरेको भट्टराईको गुनासो छ ।  यादव पक्षले भने सानो शक्ति ल्याएर पार्टी एकता गरेका भट्टराईले धेरै भाग खोजेको बताउँदै आएको छ । चार द...
पौडेलले लगाए सरकारमाथि गम्भीर आरोप

पौडेलले लगाए सरकारमाथि गम्भीर आरोप

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अर्बौँको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाएका छन् । ६४औँ संसद् दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । पूर्वसभामुख समेत रहेका नेता पौडेलले निगमलाई व्यापारीको हातमा दिएर अर्बौँ रुपैयाँ कमाएर राजा बन्ने ध्यानमा मन्त्रीहरू लागेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको भन्दै उनले यो विषयलाई सञ्चारमाध्यमहरूले बाहिर ल्याउनुपर्ने बताए । उनले किसानलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरूले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको ...
१८ सांसद र २२ कार्यकारिणी सदस्य आफूसँग रहेको उपेन्द्र पक्षको दाबी 

१८ सांसद र २२ कार्यकारिणी सदस्य आफूसँग रहेको उपेन्द्र पक्षको दाबी 

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा पुगेको छ । पार्टीभित्र लामो समयदेखि जारी विवाद फुटसम्म पुग्ने भएको हो । बुधबार राति जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवबीच डेढ घण्टा लामो छलफल भएको थियो । छलफलमा अलग–अलग भएर अघि बढ्ने सहमति भएको अध्यक्ष यादवले बाह्रखरीलाई जानकारी दिए । उपेन्द्र समूहका नेता तथा सांसद् मृगेन्द्रकुमार सिंह यादवले पार्टी विभाजन भए आफूहरूसँग २० केन्द्रीय कार्यकारिणी सदस्य रहने दाबी गरे । १६ सांसद् पनि आफूहरूसँग रहने यादवको दाबी छ । अहिले जसपामा ३३ सदस्यीय कार्यकारिणी सदस्य र राष्ट्रियसभाबाहेक २१ सांसद् छन् । बहुमत नेता तथा सांसद्ले उपेन्द्रलाई साथ दिने उनी दाबी गर्छन् । उपेन्द्रनिकट अर्का नेता अर्जुन थापा १८ सांसद आफूहरूसँगै रहेको दाबी गर्छन् । त्यसबाहेक राजकिशोर यादव र ...
ओलीलाई भेट्न बालकोट पुगे गौतम

ओलीलाई भेट्न बालकोट पुगे गौतम

राजनीति
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन्।  वाम एकता गराउनका लागि भन्दै पार्टी खोलेका गौतम बिहिबार बिहान ओली निवास पुगेका हुन् ।  अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको छ। नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतमले अभियानले तिब्र पार्ने भएका छन्। ...