२०८१ बैशाख १४

१८ सांसद र २२ कार्यकारिणी सदस्य आफूसँग रहेको उपेन्द्र पक्षको दाबी 




काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा पुगेको छ । पार्टीभित्र लामो समयदेखि जारी विवाद फुटसम्म पुग्ने भएको हो ।



Advertisement



बुधबार राति जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवबीच डेढ घण्टा लामो छलफल भएको थियो । छलफलमा अलग–अलग भएर अघि बढ्ने सहमति भएको अध्यक्ष यादवले बाह्रखरीलाई जानकारी दिए ।

उपेन्द्र समूहका नेता तथा सांसद् मृगेन्द्रकुमार सिंह यादवले पार्टी विभाजन भए आफूहरूसँग २० केन्द्रीय कार्यकारिणी सदस्य रहने दाबी गरे । १६ सांसद् पनि आफूहरूसँग रहने यादवको दाबी छ ।

अहिले जसपामा ३३ सदस्यीय कार्यकारिणी सदस्य र राष्ट्रियसभाबाहेक २१ सांसद् छन् । बहुमत नेता तथा सांसद्ले उपेन्द्रलाई साथ दिने उनी दाबी गर्छन् ।

उपेन्द्रनिकट अर्का नेता अर्जुन थापा १८ सांसद आफूहरूसँगै रहेको दाबी गर्छन् । त्यसबाहेक राजकिशोर यादव र महिन्द्रराय यादव पनि बाबुरामको पछि लाग्ने अवस्था नरहेकाले आफूहरूसँगै आउने उनी बताउँछन् । राजकिशोर र महिन्द्र आफूहरूपट्टि आए कार्यकारिणी सदस्य संख्या २४ पुग्ने उनको भनाइ छ ।
 

Copy link
Powered by Social Snap