सांसदले भोट हालेर विघटन भयो इजरायलको संसद, तीन वर्षमा पाँचौं पटक आमचुनाव हुने
इजरायलमा फेरि संसद विघटन भएको छ। समाचार संस्था एएफपीका अनुसार इजरायली सांसदहरूले बिहीबार संसद विघटन गर्ने प्रस्तावमा मतदान गरेका छन्।
संसद विघटन भएसँगै इजरायलमा फेरि आमचुनाव हुने भएको छ। नोभेम्बर १ मा चुनाव हुने बताइएको छ।
सन् २०१९ पछि इजरायलमा आम चुनाव हुन लागेको यो पाँचौं पटक हो।
संसद विघटन भएसँगै प्रधानमन्त्री नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार ढलेको छ।
यसअघि नै बेनेटले आफूहरूले सरकार जोगाउन नसकेको बताएका थिए।
एक वर्षअघि बेनेटले आठ दल सम्मिलित गठबन्धनको सरकार बनाएका थिए।
राजनीति विचार र नीति तथा कार्यक्रम नमिल्ने दलहरूबीच विभिन्न विषयमा मतभेद रहँदै आएको थियो। पछिल्लो समय गठबन्धनका दुई जना सांसद विपक्षी गठबन्धनमा गएका थिए भने केहीले सरकारले ल्याएका विधेयकका पक्षमा मत हालेका थिएनन्।
सरकार चलाउन कठिन भएपछि बेनेटले संसद विघटन गरेर चु...









