२०८१ बैशाख ६

पौडेलले लगाए सरकारमाथि गम्भीर आरोप




काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अर्बौँको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाएका छन् । ६४औँ संसद् दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।



Advertisement



पूर्वसभामुख समेत रहेका नेता पौडेलले निगमलाई व्यापारीको हातमा दिएर अर्बौँ रुपैयाँ कमाएर राजा बन्ने ध्यानमा मन्त्रीहरू लागेको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको भन्दै उनले यो विषयलाई सञ्चारमाध्यमहरूले बाहिर ल्याउनुपर्ने बताए ।

उनले किसानलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरूले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको उनले पटक–पटक दोहोर्‍याए ।

नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरूलाई सचेत गराए । ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरूले खोज्ने नमिल्ने उनको भनाइ थियो ।

Copy link
Powered by Social Snap