निर्वाचनमा सेना परिचालन गर्न सरकारलाई राष्ट्रपतिको अनुमति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारलाई अनुमति प्रदान गरेकी छन् ।
आइतबार राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा निर्वाचनमा सेना परिचालनका लागि अनुमति दिइएको जनाइएको छ ।
“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट संवत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा संवत् ...









