२०८३ असार २२

राजनीति

के राष्ट्रपति भण्डारी एमाले राजनीतिमा फर्कने तयारीमा छन् ? 

के राष्ट्रपति भण्डारी एमाले राजनीतिमा फर्कने तयारीमा छन् ? 

राजनीति
काठमाडौं । नेकपा एकता होस् या विभाजन, नेकपा एमाले पार्टीको गुटको बैठक होस् वा एमालेको सिफारिसमा हुने नियुक्ति हरेक प्रसंगमा भित्रिरूपमा सक्रिय रहेको आरोप लाग्छ राष्ट्रपति विद्यादेवी भण्डारीलाई । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘दुई पाइलट’ केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी विभाजनअघि द्वन्द्व चर्किएका बेला एउटा समूहको गुट भेला नै शीतलनिवासमा हुने आरोप लाग्दै आएको थियो । प्रचण्ड निकट नेताहरू भन्छन्– विभाजनअघि राष्ट्रपतिले बोलाएर प्रचण्डलाई जनताको बहुदलीय जनवाद स्वीकार गर्ने हो भने एकल अध्यक्ष बनाउन आफूले पहल गर्ने प्रतिवद्धता राष्ट्रपतिले खोजेकी थिइन् । तर प्रचण्डले अस्वीकार गरे । दुईपल्टका संसद् विघटन होस् या नयाँ सरकारका बेला भएको सपथ ग्रहण विवाददेखि नागरिकता विधेयक रोकिँदासम्मका राष्ट्रपति भण्डारीका कदमलाई नजिकबाट नियाल्नेहरु भन्छन्– राष्ट्रपतिमा सक्रि...
राष्ट्रपतिविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा, पेसी स्थगित

राष्ट्रपतिविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा, पेसी स्थगित

राजनीति
काठमाडौं । संघीय संसदबाट पारित भएको नागरिकता संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी स्थगित भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा रहेको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो ।   विभिन्न कानुन व्यवसायीहरुबाट कुल पाँचवटा रिट दर्ता भएको थियो । राष्ट्रपति कार्यालयले दोस्रो पटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन,२०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शितलनिवास विरुद्ध रिट परेको हो । ...
संविधानको संरक्षकबाट जानाजान संविधान मिचियो : प्रचण्ड

संविधानको संरक्षकबाट जानाजान संविधान मिचियो : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताए ।  “अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानीबुझी, नजानेर, झुक्किएर भन्ने होइन । जानीबुझी संविधान मिच्ने जो काम भएको छ, यो सामान्य होइन,” उनले भने, “यो हजारौँको बलिदानबाट, लाखौँलाख किसानहरुको, मजदुरहरु, उत्पीडितहरुको आन्दोलनबाट प्राप्त भएका उपलब्धि खोस्ने, अपहरण गर्ने षड्यन्त्रकै एउटा कडी हो । यसलाई रोक्न अरु कसैले सक्दैन । जनताले र परिवर्तनकारी शक्तिहरुको एकताले मात्रै, जनताको पहलले मात्रै यो रोकिन सक्छ ।” प्रचण्डले संरक्ष...
बाबुरामको दाबी– सेना कब्जा गर्न खोजेको थिएनौँ, १२ बुँदे समझदारीमा दिल्लीको हस्तक्षेप छैन

बाबुरामको दाबी– सेना कब्जा गर्न खोजेको थिएनौँ, १२ बुँदे समझदारीमा दिल्लीको हस्तक्षेप छैन

राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको बताएका छन् । बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको प्रष्ट्याएका हुन् । माओवादी नेतृत्वको पहिलो सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटुवाललाई कारबाहीको पत्र दिएपछि माओवादीले सरकार नै छोड्नुपरेको थियो । पुस्तकमा भएको प्रसंगलाई उल्लेख गर्दै उनले मा ओवादीले नेपाली सेनालाई जनताप्रति निष्ठावान बनाउने प्रयत्न गरेको बताए । त्यतिखेर राष्ट्रपतिले सेनापतिलाई थमौती दिएर असंवैधानिक कदम चालेको र असंवैधानिक कदमको शुरुवात नै त्यहीँदेखि भएको उनको भनाइ छ ।...
अब समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल

अब समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको 'मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री' लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले देशको सामाजिक, आर्थिक रूपान्तरणलाई तीव्र बनाउने र देशमा भोगिरहेका समस्याको समाधान गर्दै स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने दायित्व रहेको बताए । उनले खनालले थापाको जीवनीबाट देशको विकास कसरी गर्ने भन्नेकुरा सिक्न सकिने बताउए । उनले अहिले देशमा सम्भावना र चुनौती दुवै रहेकाले चुनौतीको समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताए । "सूर्यबहादुर थापाको जीवन नेपालीहरूले शिक्षा लिन योग्य जीवन हो । अहिलेको अवस्थामा हामी ...
नेपालमा युद्धले शान्ति ल्याएको हो : प्रचण्ड

नेपालमा युद्धले शान्ति ल्याएको हो : प्रचण्ड

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको 'मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री' लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरू शान्तिप्रति कटिवद्ध रहेको बताए । उनले अहिले पनि नेकपा (माओवादी केन्द्र) मा मानवता, लोकतन्त्र, परिवर्तन, न्याय र समानताप्रतिको उद्देश्य उस्तै रहेको बताए । उनले शान्तिप्रतिको लगाव र निष्ठाकै शान्तिप्रक्रियाको सम्झौता सम्भव भएको बताए । उनले शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयतालाई व्यवस्थित गर्न लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ लागेको बताउँदै नेपालमा युद्धले शान्ति ल्याएको बताए । "युद्धमा सहभागीहरूले नै शान्...
कांग्रेस केन्द्रीय उपसभापति लडेकी शाहले गरिन् पार्टी परित्याग

कांग्रेस केन्द्रीय उपसभापति लडेकी शाहले गरिन् पार्टी परित्याग

राजनीति
धनगढी । नेपाली कांग्रेसकाे केन्द्रीय उपसभापतिमा उमेदवार बनेकी दिव्यश्वरी शाहले पार्टी परित्याग गरेकी छन् ।  समानुपातिकतर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत बनेकी शाहले  नेपाली कांग्रेसमा नबस्ने घोषणा गरेकी हुन् । उनी १४ औँ महाधिवेशनमा विमलेन्द्र निधिको प्यानलबाट केन्द्रीय उपभापतिको उमेदवार बनेकी थिइन् ।  शाहले पार्टीमा मनोमानी बढेको भन्दै नबस्ने र छिट्टै कांग्रेस (बीपी)मा प्रवेश गर्न लागेको खुलाएकी छन् ।  “अब म नेपाली कांग्रेस पार्टीमा बस्दैन् । पार्टीले नीति र सिद्धान्त भुलेर अराजकतातर्फ गयो,” शाहले भनिन्, “मैले विगतदेखि बीपीकै सिद्धान्तको पालना गर्दै आएकी छु । छिट्टै बीपी कांग्रेसमा हुनेछु ।”  शाह बीपी कांग्रेसका उपसभापति समेत रहेका पूर्व प्रदेशसभा सदस्य कर्ण मल्लकी सासु समेत हुन् । ...
नागरिकता विधेयक प्रमाणीकरण नभएर जनताको अधिकार हनन भयो : महेश आचार्य

नागरिकता विधेयक प्रमाणीकरण नभएर जनताको अधिकार हनन भयो : महेश आचार्य

राजनीति
विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेश आचार्यले नागरिकता विधेयक प्रमाणीकरण नभएर जनताको अधिकार हनन भएको बताएका छन् । उनले संसद्को अधिकारमाथि नै धावा बोलिएको बताए ।  बिहीबार विराटनगरमा आफ्नै निवासमा पत्रकाहरूसँग कुराकानी गर्दै आचार्यले राष्ट्रपतिको कदमले सार्वभौम जनताको अधिकारमाथि नै उपहास गरेको बताए ।  “राष्ट्रपतिले नभएको अधिकार प्रयोग गर्नुभएको छ । उहाँलाई सार्वभौम जनताबाट स्थापित संसद्ले पास गरेको कुरालाई पन्छाउने अधिकार छैन,” उनले भने । नागरिकता विधेयकलाई अनुमोदन गरेर अघि बढ्न आचार्यको सुझाव छ ।  विधेयकमा केही फरक ‘कन्टेन्ट’ हुदाँ सदनले पास गरेको र विगतमा नागरिकता अध्यादेश २४ घण्टाभित्र पारित गर्न सक्ने तर अहिले त्यही विषयलाई प्रमाणीकरण गर्न नखोज्नुले संविधानबाहिर गएको देखिएको आचार्यको तर्क छ । विधेयक प्रमाणीकरण नहुँदा देश अप्ठ्यारो ...
राष्ट्रपतिबाट संविधान उल्लघंन भयो : स्वास्थ्यमन्त्री खापुङ

राष्ट्रपतिबाट संविधान उल्लघंन भयो : स्वास्थ्यमन्त्री खापुङ

राजनीति
काठमाडौं । स्वास्थ्य भवानीप्रसाद खापुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको बताएका छन् । बिहीबार काठमाडौंमा डाक्टरहरूसँग स्वास्थ्य परामर्श उपलब्ध गराउने ‘पीटीसी नेपाल डटकम’ सार्वजनिक गर्दैमन्त्री खापुङले संविधानको संरक्षक राष्ट्रपतिबाट संविधानको उल्लघंन भएको बताए । मन्त्री खापुङले नेपालको संविधानमा राष्ट्रपतिले गर्ने उल्लेख भएका कामहरूबाहेक आफ्नो विचार, दृष्टिकोणले राष्ट्रका लागि कुनैपनि काम आफ्नो विचारले गर्ने व्यवस्था नभएको पनि बताए । उनले सहमति नजुटेका बुँदाहरूलाई (विषयलाई) छुट्टै राखेर सहमति जुटेका विषयहरू र अघिल्लो सरकारले अध्यादेशमा ल्याएका विषयहरूलाई राखेर नागरिकता विधेयक सदनमा पेस गरिएको बताए ।  अर्को प्रसंगमा मन्त्री खापुङले डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतका महाशाखा प्रम...
अदालतलाई बालेनको प्रश्न– नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ ?

अदालतलाई बालेनको प्रश्न– नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ ?

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले उच्च अदालत पाटनको आदेशप्रति असन्तुष्टि जनाएका छन् । बुधबार उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका वैध संरचनाहरू तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । सोही आदेशपछि बालेनले सामाजिक सञ्जालमार्फत अदालतको आदेशमा टिप्पणी गरेका हुन् । "फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ ?," उनले भनेका छन् । यसअघि पनि बालेनले अवैध संरचना नहटाउन भनी सर्वोच्च अदालतले आदेश दिएपछि सामाजिक सञ्जालमार्फत नै टिप्पणी गरेका थिए । उनको त्यस टिप्पणीविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर भएको थियो । ...