२०८१ बैशाख ५

ठेकेदारसँग रामकुमारी झाँक्रीको गुनासो




बुटवल । नेकपा (एकीकृत समाजवादी)की सचिव एवं पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीहरूले समयमा काम सम्पन्न नगर्दा विकास निर्माण कार्यमा ठूलो असर पुगेको बताएकी छन् । 



Advertisement



शुक्रबार गुल्मीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्माण व्यवसायीले ठेक्का हातमा पार्नका लागि तछाडमछाड गर्ने तर ठेक्का पाएपछि समयमा काम नगर्ने परिपाटीले करोडौँका योजनाहरू अलपत्र पर्ने गरेको बताइन् ।



नेतृ झाँक्रीले निर्माण व्यवसायीहरूलाई बोलाएर सम्झाउन र योजनाको कामलाई अलपत्र पर्न नदिने वातावरण बनाउनका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइन् ।

गुल्मीको पहिचानको मुख्य आधार भनेको छोटो सडक, पुर्वाधारका अतिरिक्त पर्यटकीय गन्तव्य स्थल महत्त्वपूर्ण रहेको भन्दै झाँक्रीले अब जनतालाई चिल्ला कुरा गरेर मात्र हैन कामबाट परिणाम देखाएर मन जित्नुपर्ने समय आएको बताइन् ।

Copy link
Powered by Social Snap