प्रश्नैप्रश्न उठाउँदै पूर्वराजाले भने– अब कोर्स करेक्सन गरौँ
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विद्यमान राजनीतिक व्यवस्थाप्रति प्रश्नैप्रश्न उठाउँदै अब कोर्स करेक्सनको अपरिहार्यता रहेको बताएका छन् ।
उनले बडादसैंको अवसरमा दिएको एक भिडियो सन्देशमा राज्यका सबै निकाय पथभ्रष्ट भएको, विदेशीको क्रिडास्थल बनेको र सर्वसाधारणले अहिले अभिभावकीय भूमिका खोजेको बताएका छन् ।
“कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छैन । बहुदलीय संसदीय प्रणालीमा जनताको आशा आकांक्षाअनुरुप संगठित राजनीतिक दल हुन्छन् । विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिष्पर्धाबाट प्रतिनिधित्व हुन्छ । उनीहरुबाट जनमनोभावनाको कदर भएको छैन,” उनले भनेका छन्, “तर आस्था सिद्धान्त र जनविश्वासका दृष्टिले कति ती कति उत्तरदायी रहे भन्ने प्रश्न जल्दोबल्दो बनेको छ । पदलोभ, भागबण्डा गरेर आफ्नै सुविधा भोगेकालाई राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के...









