२०८१ बैशाख १४

समानुपातिक सूचीमा शेखर पक्षलाई ४० प्रतिशत सिट दिन संस्थापन तयार होला ?




काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा सहमति खोज्ने प्रयास जारी छ । बिहीबारको बैठकमा समानुपातिकतर्फको बन्दसूची परिवर्तन गर्न संस्थापन पक्ष सहमत भएको थियो । पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो ।



Advertisement



प्रदेशको भने अझै टुंगो लागेको छैन । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजसम्म प्रदेशतर्फको बन्दसूचीमा पनि सहमति जुट्नेछ । 

कोइराला समूहबाट कतिजना थप्ने भन्नेबारे संस्थापन पक्षले स्पष्ट पारेको छैन । तर, शेखर पक्षकले ४० प्रतिशत सिट पाउनुपर्ने बताउँदै आएको छ ।



निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा संस्थापन पक्षले एक्लौटी गरेको आरोप लगाउँदै शेखर पक्षले विद्रोहको चेतावनी दिएपछि संस्थापन पक्ष छलफलमा जुटेको हो । 
 

Copy link
Powered by Social Snap