२०८० चैत्र १६

गठबन्धन कार्यदलको बैठक केहीबेरमा, साँझ शीर्ष नेताको बैठक 




काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । बैठक २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जसपा प्रवक्ता तथा कार्यदल सदस्य मनिष सुमनले जानकारी दिए । 



Advertisement



बैठकमा प्रदेशतर्फ सिट बाँडफाँटको विषयमा छलफल हुनेछ । ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कुन दललाई कति सिट भन्ने विषयमा छलफल हुनेछ । 

“हामीले एउटा मापदण्ड तयार बनाएका छौँ । सोही मापदण्डको आधारमा दलहरूलाई सिट बाँडफाँट गर्छौं,” सुमनले भने ।



दलहरुले २०७४ सादमा जितेको स्थान, वैशाख ३० को स्थानीय तह निर्वाचनमा पाएको मतलगायत विषय मापदण्ड बनाइएको छ ।

आजै साँझ ६ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्नेछ । बैठकमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल हुनेछ ।

Copy link
Powered by Social Snap