२०८२ चैत्र १७

राजनीति

एमाले सचिवालय बैठक एक घण्टा पछि सर्‍यो 

एमाले सचिवालय बैठक एक घण्टा पछि सर्‍यो 

राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक एक घण्टा पछि सरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक एक घण्टा पछि सरेको हो । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बस्नेछ ।  बैठकमा असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।  उमेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । ...
शुभकामना बहाना, टिकट आकांक्षीको घुइँचो

शुभकामना बहाना, टिकट आकांक्षीको घुइँचो

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले बिहीबार चियापान कार्यक्रम आयोजना गर्‍यो । दसैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरेको समूहको भनाइ छ ।  अनुपम फुडल्याण्ड वत्तिसपुतलिमा भएको कार्यक्रममा कार्यकर्ता कम टिकट आकांक्षीको संख्या उल्लेखनीय थियो । सबैलाई चिन्ता चुनाव लड्न नपाइने हो कि अथवा समानुपातिकमा नपरिने हो कि भन्ने थियो । समानुपातिकमा परेकाहरूमा पनि नाम पछाडि भएको तथा विद्रोही भएका कारणले संस्थापन समूहले नाम पछाडि पारिदिने भय थियो ।  कार्यक्रममा एकैछिन बसेर नेताहरू शेखर कोइराला, धनराज गुरुङ र गगन थापा समूहको रणनीतिक बैठकतर्फ लागेका थिए । चियापानमा समूहका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, नेता डा. मिनेन्द्र रिजाल, तथा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, अजयबाबु शिवाकोटी, प्रतिमा गौ...
गठबन्धन कार्यदलको बैठक केहीबेरमा, साँझ शीर्ष नेताको बैठक 

गठबन्धन कार्यदलको बैठक केहीबेरमा, साँझ शीर्ष नेताको बैठक 

राजनीति
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । बैठक २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जसपा प्रवक्ता तथा कार्यदल सदस्य मनिष सुमनले जानकारी दिए ।  बैठकमा प्रदेशतर्फ सिट बाँडफाँटको विषयमा छलफल हुनेछ । ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कुन दललाई कति सिट भन्ने विषयमा छलफल हुनेछ ।  “हामीले एउटा मापदण्ड तयार बनाएका छौँ । सोही मापदण्डको आधारमा दलहरूलाई सिट बाँडफाँट गर्छौं,” सुमनले भने । दलहरुले २०७४ सादमा जितेको स्थान, वैशाख ३० को स्थानीय तह निर्वाचनमा पाएको मतलगायत विषय मापदण्ड बनाइएको छ । आजै साँझ ६ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्नेछ । बैठकमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल हुनेछ । ...
चितवनमा नमूना मतदान 

चितवनमा नमूना मतदान 

राजनीति
काठमाडौं । चितवनमा नमूना मतदान गरिएको छ ।  निर्वाचन आयोगले भरतपुरमा आयोजना गरेको नमूना मतदान कार्यक्रममा आयोगकी आयुक्त डा.जानकी कुमारी तुलाधर, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन अधिकारी र व्यवस्थापन कर्मचारी लगायत सहभागी छन् । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगका पदाधिकारीहरुले निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिइरहेका छन् । ...
म पार्टीबाट सम्पर्कविहीन भएँ भन्नु हाँस्यास्पद : भीम रावल 

म पार्टीबाट सम्पर्कविहीन भएँ भन्नु हाँस्यास्पद : भीम रावल 

राजनीति
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफू पार्टीको सम्पर्कमा नरहेको भन्नु हाँस्यास्पद भएको बताएका छन् । अछाम क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल सिफारिस भएका रावल पार्टीको सम्पर्कमा नरहेको भन्दै नेताहरुले अध्यक्ष केपीशर्मा ओलीलाई निर्वाचनमा विकल्प खोज्न आग्रह गरेको भन्ने चर्चा भएपछि उनले प्रष्टिकरण दिएका हुन् ।  “म पार्टीको सम्पर्कमा नरहेको’ भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो । म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ,” उनले ट्विटरमा लेखेका छन्,“ यसबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ । म सम्पर्कविहीन भन्नु हाँस्यास्पद छ ।” ...
शेखर, धनराज र गगन रणनीतिक छलफलमा

शेखर, धनराज र गगन रणनीतिक छलफलमा

राजनीति
काठमाडौं । कांग्रेसमा शेखर कोइराला समूहले आन्तरिक छलफललाई तिव्रता दिएको छ । समानुपाति सूची सच्याउनुपर्ने, प्रत्यक्षमा कम्तिमा पनि ३२ जनालाई टिकट दिनुपर्नेलगायतका अडान राखेको सो समूहका शीर्ष नेता अहिले छलफलमा छन् । छलफलमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा सहभागी छन् । सो समूहले अहिले चियापान समारोहको आयोजना गरेको थियो । चियापान समारोहबाट तीन नेता निस्किएर छलफलमा जुटेको एक नेताले जानकारी दिए ।  ...
कार्यदलले बनायो प्रदेशसभा सिट बाँडफाँटको मापदण्ड

कार्यदलले बनायो प्रदेशसभा सिट बाँडफाँटको मापदण्ड

राजनीति
​काठमाडौं । सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुईवटा मापदण्ड तय गरेको कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिस सुमनले जानकारी दिए । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरू बसेर सिट बाँडफाँटको काम टुंगो लगाउने उनले बताए ।  ...
‘संविधान उल्लंघनलाई राजनीतिक साहसिक कदम मान्ने प्रवृत्तिले लोकतन्त्र बलियो हुँदैन’

‘संविधान उल्लंघनलाई राजनीतिक साहसिक कदम मान्ने प्रवृत्तिले लोकतन्त्र बलियो हुँदैन’

राजनीति
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लंघन गर्ने कार्य राजनीतिक कदम हुने परिस्थितिले लोकतन्त्रसँग सुदृढ हुन नसक्ने बताएका छन् ।  मंगलबार काठमाडौंमा आयोजित 'संघीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदन'माथिको छलफलमा श्रेष्ठले संविधान उल्लंघनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताए ।   संविधान उल्लंघनलाई अपराधीकरण गर्नुपर्ने र राजनीतिक मतान्तरण भयो भनेर संविधान उल्लंघन गर्न नपाइने उनको भनाइ छ । उनले संघीयतासम्बन्धी आवश्यक ऐन नबनाउँदा प्रदेश र स्थानीय तहमा त्यसको असर देखिएको पनि बताए ।  संसद्बाट केही कानुन बनेको भन्दै कति उपलब्धि मान्ने भन्ने प्रश्न उठेको उनको भनाए छ । उनले परिवर्तनको अनुभूतिका लागि आवश्यक ऐनहरू संसद्मा आउन नसकेको धारणा राखे । ...
आयोगलाई प्रेम सुवालको सुझाव : सम्पत्ति धेरै हुनेलाई उमेदवार बन्न रोक्नुपर्छ

आयोगलाई प्रेम सुवालको सुझाव : सम्पत्ति धेरै हुनेलाई उमेदवार बन्न रोक्नुपर्छ

राजनीति
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सम्पत्ति धेरै हुनेलाई चुनावमा उमेदवार बन्न रोक्नुपर्ने सुझाव दिएका छन् ।  निर्वाचन आयोगमा राजनीति दल तथा उमेदवारहरुको खर्च सीमाबारेको छलफलमा उनले मतदालाई पैसा, भोज लगायतले प्रभावित बनाएर चुनाव जित्नेहरुलाई रोक्नुपर्ने सुझाव दिएका हुन् ।  “निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिहरुको निर्वाचन सरकार गठन गर्ने, खर्च बढी गर्नेहरुलाई रोक्नका लागि उमेदवारीमा पनि सीमा लगाउनुपर्यो,” उनी भन्छन्, “जस्तो सम्पत्ति धेरै हुनेहरुलाई उमेदवारी रोक्ने भन्ने सुझाव दियौँ ।” ...
बालुवाटार छलफलमा जुटे सत्तारुढ दलका शीर्ष नेताहरू

बालुवाटार छलफलमा जुटे सत्तारुढ दलका शीर्ष नेताहरू

राजनीति
काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । गठबन्धनमा रहेका दलशरुबीच प्रत्यक्षतर्फ कुन दलले कति सिट र कहाँ पाउने भन्ने विषय अझै टुंगिएको छैन । निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फको उमेदवारी दर्ता गर्न १२ दिन मात्र बाँकी छ ।  तर, गठबन्धनले भने १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन ।  अधिकांश स्थानमा सहमति भएको भनिए पनि आधिकारिक तथ्यांक भने बाहिर आउन सकेको छैन । ...