२०८१ बैशाख १६

समाचार

कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

शिक्षा, समाचार
साभार: शिक्षालय निजी विद्यालय सञ्चालकहरु भने नयाँ पाठ्यक्रम लागू गर्ने पक्षमा विभाजित देखिए । निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन हिसानका अध्यक्ष रमेश सिलवालले त नयाँ पाठ्यक्रम लागू हुनै नदिने ठोकुवा गर्नुभयो । ‘यसपालि नयाँ पाठ्यक्रम लागू हुनु हुँदैन, हुन पनि दिँदैनौं,’ उहाँको भनाइ थियो, ‘अहिले पाठ्यक्रम विकास केन्द्रले कुनै तयारी विना नै नयाँ पाठ्यक्रम लागू गर्न लागिरहेको छ । यत्रो कोरोना महामारीमा यति कमजोर तयारीमा नयाँ पाठ्यक्रम कसरी लागू हुन्छ ?’ सिलवालले कक्षा ११ र १२ मा पढाउने शिक्षक दिनन सक्ने अवस्थामा पाठ्यक्रम लागू गरेर मात्र नहुने जिकिर गर्नुभयो । शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘कक्षा ११ मा नयाँ पाठ्यक्रमः कार्यान्वयन कसरी ?’ विषयक भर्चुअल सम्बाद ‘शिक्षाबार’मा यस्तो सुझाब दिइएको हो । मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णयअनुसार यही शैक्षिक शत्रबाट ...
साउनमा आयात घट्यो, निर्यातमा सुधार

साउनमा आयात घट्यो, निर्यातमा सुधार

समाचार
Credit: OnlineKhabar ९ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागका अनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ । साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको वस्तु आयात र ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा आयात १ खर्ब भन्दा बढीको थियो भने निर्यात ८ अर्ब ८३ करोड रुपैयाँको भएको थियो । आयातमा आएको कमी र निर्यातमा सामान्य वृद्धिले एक महिनाको व्यापार घाटामा समेत सामान्य सुधार देखिएको छ । यद्यपि अर्थतन्त्रमा यस्तो सुधार भने गत आर्थिक वर्षदेखि नै देखिएको थियो । विभागका तथ्यांक अनुसार एक महिनामा कुल व्यापार घाटा ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा साउन महिनाको व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ बराबरको थियो...
पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ४३ संक्रमित, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ४३ संक्रमित, ८ को मृत्यु

समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ। त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यसरी मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला,रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन्।  यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ। ...
कार्यदलको प्रतिवेदनबारे सोमबार प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल हुने

कार्यदलको प्रतिवेदनबारे सोमबार प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल हुने

राजनीति, समाचार
साभार: सेतोपाटी प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भोलि बिहान साढे ९ बजेका लागि समय तय भएको प्रधानमन्त्री निकट स्राेतले सेतोपाटीलाई बतायो। साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमा सरकारको काममा प्रधानमन्त्री ओली केन्द्रित रहने र पार्टीको काममा प्रचण्ड केन्द्रित रहने प्रस्ताव गरिएको छ। कार्यदलले पाँचै वर्ष प्रधानमन्त्री ओली नै रहने र पार्टीमा प्रचण्डको भूमिका बढाउने प्रस्ताव समेत पेश गरेको छ। त्यस्तै प्रचलित प्रवधान अनुसार राजनीतिक नियुक्तिहरु गर्ने, कमिटी प्रणाली अनुसार विधि पद्धतिमा जान समेत कार्यदलले सुझाव दिएको छ। कार्यदलले सरकारलाई प्रभावकारी बनाउने लगायतका विषयमा समेत सुझाव दिएको छ। कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्षबीच छलफल भएपछि सचिवालय ब...
चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्राे चरणकाे परीक्षण नेपालमा पनि गर्ने तयारी

चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्राे चरणकाे परीक्षण नेपालमा पनि गर्ने तयारी

समाचार, स्वास्थ्य
कोरोना भारइसविरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ। परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए। उनले पछिल्लो समय कोभिड-१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए। 'चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ,' ज्ञवालीले भने। उनले चीनको 'होङ्सी ग्रुप' पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए। ज्ञवालीले भने, 'उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच्छा देखाउनुभएको...
हृदयघातबाट वडाध्यक्षको मृत्यु, अस्पताल पुगे पनि बेड पाएनन्

हृदयघातबाट वडाध्यक्षको मृत्यु, अस्पताल पुगे पनि बेड पाएनन्

समाचार
साभार: सेतोपाटी सुनसरीको कोसी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ। घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको क्रममा उनको मृत्यु भएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए। उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान धरान पुर्‍याइए पनि कोरोना भाइरसका कारण अस्पतालहरूमा भेन्टिलेटर र अक्सिजन बेड अभावका भएपछि उनलाइ झापाको बिएण्डसी अस्पताल पुर्‍याइएको थियो। समयमै उपचार सम्भव नभएकै कारण उनको ज्यान गएको अन्सारीले बताए। ...
In just a week, wildfires burn 10 lakh acres in California

In just a week, wildfires burn 10 lakh acres in California

समाचार
Since thousands of lightning strikes began on August 15, California responded to 585 wildfires that have burned nearly a million acres, or 1,562 square miles (4,046 square kilometers), according to CalFire Credit: HindustanTimes Firefighters in California were racing to slow the spread of wildfires that burned nearly one million acres in a week and destroyed hundreds of homes as weekend weather threatened to spark new fires and overwhelm the state’s firefighting ability. Responding to the emergency, President Donald Trump issued on Saturday a major disaster declaration to provide federal assistance. Gov. Gavin Newsom said in a statement that the declaration will also help people in counties affected by the fires with crisis counseling, housing and other social services. Tw...
नेकपा विवाद सहमतितर्फ उन्मुख

नेकपा विवाद सहमतितर्फ उन्मुख

राजनीति, समाचार
विश्लेषक भन्छन्, ‘पार्टी सर्वोच्चताभन्दा सत्ता सेयरिङ प्रमुख मुद्दा’ काठमाडौँ । झण्डै चार महिनायता चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सहमतितर्फ उन्मुख भएको छ । सरकार र पार्टी सञ्चालन प्रभावकारी नभएको भन्दै गत वैशाखयता पार्टी कमिटी बैठकमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको विषय उठेपछि चर्किएको विवादले झण्डै पार्टी नै विभाजन हुन पुगेको थियो । अन्ततः पार्टी फुटेमा जनताको जनादेशको अपमान ठहरिने महसुस गरेका सो पार्टीका शीर्ष नेताहरु पुनः सहमतिबाटै अघि बढ्न उन्मुख भएपछि विवाद मत्थर हुँदै गएको आभास हुन थालेको छ भने ओलीको राजीनामाको विषय पनि तत्काललाई टर्ने देखिएको छ ।  यसअघि ओली–प्रचण्डका एक्लाएक्लै वार्ताले समेत समस्याको समाधान नदिइरहेका बेला गत शुक्रबार पुनः दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी समस्या समाध...
रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

समाचार
cr: Setopati राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले सेतोपाटीलाई जानकारी दिए। उनी केही समयदेखि बिरामी थिए। शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि उनले जानकारी दिए। सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले सम्मान गारत दिने जानकारी दिए। उनका अनुसार मानार्थ सहायकरथीलाई ११\११ जनाको टुकुडीले सम्मान गर्ने चलन छ। 'गृह मन्त्रालयबाट थप केही आयो र उहाँलाई अरू सम्मान पनि दिने निर्णय भयो भने त्यही हिसाबको हुन्छ। नत्र नेपाली सेनाले मानार्थ सहायकरथीलाई दिनुपर्ने सम्मानका लागि हामी तयार छौं,' उनले भने। ...
कांग्रेसले क्रियाशील सदस्य दोब्बर बनाउने, छानबिन समितिमा भने विवाद

कांग्रेसले क्रियाशील सदस्य दोब्बर बनाउने, छानबिन समितिमा भने विवाद

राजनीति, समाचार
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समिति गठनमा विवाद देखिएको छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउन सहमत संस्थापन र रामचन्द्र पौडेल समूह छानबिन समितिमा भने विभाजित भएका हुन् । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको छ । यसअघि ५० प्रतिशत मात्र थप्न सकिने भन्ने थियो । १३ औं महाधिवेशन हुँदा कांग्रेसमा ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए । नयाँ सहमतिअनुसार यो संख्या १० लाख पुग्न सक्ने नेताहरु बताउँछन् । ‘हरेक ठाउँमा १०० प्रतिशत थपिन्छ भन्ने छैन । यो अधितकम सीमा मात्र हो’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टी एकतामा आएकाहरुलाई दिइने क्रियाशील सदस्य जोड्दा हाल कायम रहेको संख्या दोब्बर भने हुनसक्छ ।’ एकता प्रक्रियामा आएकाहरुलाई केन्द्रले...