२०८३ कार्तिक १२

कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

साभार: शिक्षालय

निजी विद्यालय सञ्चालकहरु भने नयाँ पाठ्यक्रम लागू गर्ने पक्षमा विभाजित देखिए । निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन हिसानका अध्यक्ष रमेश सिलवालले त नयाँ पाठ्यक्रम लागू हुनै नदिने ठोकुवा गर्नुभयो ।

‘यसपालि नयाँ पाठ्यक्रम लागू हुनु हुँदैन, हुन पनि दिँदैनौं,’ उहाँको भनाइ थियो, ‘अहिले पाठ्यक्रम विकास केन्द्रले कुनै तयारी विना नै नयाँ पाठ्यक्रम लागू गर्न लागिरहेको छ । यत्रो कोरोना महामारीमा यति कमजोर तयारीमा नयाँ पाठ्यक्रम कसरी लागू हुन्छ ?’ सिलवालले कक्षा ११ र १२ मा पढाउने शिक्षक दिनन सक्ने अवस्थामा पाठ्यक्रम लागू गरेर मात्र नहुने जिकिर गर्नुभयो ।

शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘कक्षा ११ मा नयाँ पाठ्यक्रमः कार्यान्वयन कसरी ?’ विषयक भर्चुअल सम्बाद ‘शिक्षाबार’मा यस्तो सुझाब दिइएको हो । मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णयअनुसार यही शैक्षिक शत्रबाट कक्षा १ र ११ का लागि नयाँ पाठ्यक्रम लागू गर्ने तालिका रहेको छ ।

सोही तालिका अनुसार पाठ्यक्रम विकास केन्द्र सानोठिमीले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने तयारी लगभग पूरा भएको जनाएको छ । छलफलमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले मूल तथा ऐच्छिक गरी ८५ वटा विषयमा पाठ्यक्रम बनेर स्वीकृत भइसकेको र अब २२ वटा बाँकी रहेको जानकारी दिनुभयो । ‘जनक शिक्षा सामग्री केन्द्रमा पाठ्यपुस्तक छपाउने क्रम शुरु भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘निषेधाज्ञाका कारण छपाई रोकिएको छ, सकिने बित्तिकै पुनः छाप्न शुरु हुनेछ ।’


Advertisement


दाहालले देशको राजनीतिक तथा सामाजिक परिवर्तन अनुसार नयाँ परिवेशमा विद्यार्थीले पढ्न पाउनुपर्ने पक्षलाई ध्यान दिई राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गरेको निर्णयअनुसार बनाइएको तालिका अनुरुप नै कक्षा ११ मानयाँ पाठ्यक्रम लागू गर्न लागिएको प्रष्ट्याउनुभयो । 

यसैगरी, निजी विद्यालयहरुको संगठन एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि नयाँ पाठ्यक्रम यो वर्ष लागू गर्न नहुने बताउनुभयो । नयाँ पाठ्यक्रममा ग्रेड, मूल्याङ्कन÷परीक्षालगायतका विषयमा स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो । 
प्याब्सनका अध्यक्ष टिकाराम पुरीको भने फरक मतथियो ।

‘म चाहिँ नयाँ पाठ्यक्रमकै पक्षमा छु तर पूर्ण तयारीका साथ यो लागू हुनुपर्छ भन्ने हो,’ पुरीले भन्नुभयो, ‘कक्षा ११ को पाठ्यक्रम परिवर्तनमा विपक्षी कोही छैन । तर, निषेधाज्ञामा पनि पाठ्यपुस्तक छपाएर सरकारले तयारीलाई तीब्रता दिनुपर्छ ।’उहाँले सरकारबाट कि शैक्षिकशत्र पूरा हुन सक्दैन भनेर घोषणा गर्नुप¥यो कि त पाठ्यपुस्तक र शिक्षकको सबै तयारी गरेर नयाँ पाठ्यक्रम लागू गर्न सक्नु पर्छ भन्नुभयो । 

शिक्षाविद् विमलकुमार फुँयालले पाठ्यक्रम कार्यान्वय नगर्न पूरा गर्नुपर्ने सबैखाले तयारीमा ख्याल पु¥याउनुपर्ने धारणा राख्नुभयो । उहाँले पहिला निश्चित ठाउँमा ‘पाइलोटिङ’ गरेर नयाँ पाठ्यक्रम लागू गरेको भए राम्रो हुने थियो भन्नुभयो । पाठ्यक्रम परिवर्तन गर्नुपर्नाका कारण खुलाउँदै लागू गर्ने निकायले सम्बद्ध पक्षलाई स्पष्ट पार्न सक्नुपर्ने फुँयालले बताउनुभयो ।

मुख्यतः संस्थागत र पेशागत दक्षता बढाई शिक्षकलाई नयाँ पाठ्य–विषयमा अभिमुखीकरण गराउनुपर्ने उहाँले सुझाब दिनुभयो । साथै, जीवनपयोगी सीपका १० मुख्य पक्षलाई नयाँ पाठ्यक्रममा छुटाउन नहुनेमा फुँयालले जोड दिनुभयो । पहिलाको र अहिलेको पाठ्यक्रमबीच फरक, यसले समाजमा पार्ने प्रभाव, यसबाट उत्पादन हुने जनशक्ति प्रष्ट हुनुपर्ने उहाँको मतथियो ।

छलफलमा सहभागी सामुदायिक विद्यालयका शिक्षकहरुले भने नयाँ पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रले खुट्टा नकमाई लागू गर्नुपर्नेमा जोड दिए । काठमाडौंस्थित विश्व निकेतन माविका प्रअ हेरम्बराज कँडेलले भन्नुभयो, ‘नयाँ पाठ्यक्रम सबैको सहमतिमा बनेको छ । यसलाई कार्यान्वयन गर्न हामी तयार छौं, कृपया खुट्टा नकमाइयोस् ।’

निजी विद्यालय सञ्चालकहरुले विरोध गरेपनि पाठ्यक्रम विकास केन्द्र भने यही वर्षबाटै नयाँ पाठ्यक्रम लागू गर्ने तयारीमा रहेकाले कोही पनि भ्रममा नपर्न महानिर्देशक दाहालले स्पष्ट पार्नुभयो । उहाँले तयारी सँगसँगै पाठ्यक्रम पनि लागू गर्दै जाने बताउनुभयो । 
सरकारले कक्षा १ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम लागू गर्ने नीतिअनुसार विद्यालय शिक्षाका सबै तहका पाठ्यक्रमहरु क्रमशः परिवर्तन गर्दैआएको छ । यो नीतिका कारण कक्षा ११ र १२ का संकायगत पाठ्यक्रम अब बिस्थापित हुने छन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap