२०८१ बैशाख ३१

समाचार

Jeff Bezos Becomes The 1st Person Ever Worth $200 Billion

Jeff Bezos Becomes The 1st Person Ever Worth $200 Billion

अर्थतन्त्र, मिश्रित, विदेश / एन.आर.एन, शेयर बजार
Credit: Forbes The world's richest person, Jeff Bezos, is wealthier than he's ever been. Early Wednesday he crossed a milestone previously unseen in the nearly four decades Forbes has been tracking net worths: With Amazon stock edging up 2% as of Wednesday afternoon, Bezos' net worth is up by $4.9 billion, making the 56-year-old the world's first-ever person to amass a $200 billion fortune. As of 1:50 p.m. EDT on Wednesday, the Amazon founder and CEO is worth $204.6 billion—nearly $90 billion more than the world's second-richest person, Bill Gates, who's currently worth $116.1 billion.  Even adjusting for inflation, Forbes believes Bezos' fortune is the largest ever tracked. The person to come closest is Gates, who was the world's first-ever centibillionaire. Near the height ...
प्रहरीको धरपकडपछि उपत्यकामा होम डेलिभरी सेवा बन्द

प्रहरीको धरपकडपछि उपत्यकामा होम डेलिभरी सेवा बन्द

कर्पोरेट, समाचार
Credit: OnlineKhabar ११ भदौ, काठमाडौं । खाद्यान्न तथा पकाइएको खाद्य वस्तु ग्राहकको मागअनुसार डेलिभरी सेवा प्रदान गर्ने आधा दर्जन सेवा प्रदायकका सञ्चालकसहित ८० जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । फूडमाण्डू, यूजी केक, निप एक्सप्रेस, किराना अनलाइन, भोज डिलसहित लगायतका सात सेवा प्रदायकमध्ये ६ वटा कम्पनीका सञ्चालक र डेलिभरी ब्वाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उपत्यकाको दरबारमार्ग, महाराजगञ्ज, मालीगाउँ, तीनकुने, बानेश्वर लगायतका ठाउँबाट सञ्चालकलाई र डेलिभरी ब्वाईलाई भेटेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । को को पक्राउ परे ? ललितपुरको पुल्चोकबाट फूडमाण्डूका मनोहर अधिकारी, निप एक्सप्रेसका सञ्चालक संगम सिंह, यूजी केकी सञ्चालिका निकिता आचार्य तथा अर्का एक व्यवसायी आलोक योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । कार्यालयमा काम गरिरहेको समयमा दुई जान प्रहरी आएर पूर्वज...
ओली निवास छाडेर आफ्नै घरमा सरे पूर्वमन्त्री बाँस्कोटा

ओली निवास छाडेर आफ्नै घरमा सरे पूर्वमन्त्री बाँस्कोटा

देश, राजनीति, समाचार
साभार: सेतोपाटी पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवास छोडेका छन्। २०७४ फागुनमा मन्त्री बनेदेखि बाँस्कोटा प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका थिए। सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदका क्रममा ७० करोड कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले गत फागुनमा मन्त्रीबाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि पनि उनी बालकोटस्थित ओली निवासमै बस्दै आएका थिए। Advertisement लोकन्थलीमा रहेको घरलाई पुननिर्माण गर्नु परेकाले बाँस्कोटा बालकोटमै बसेका थिए। अहिले  उनले लोकन्थलीमा रहेको साढे १ तले घरलाई साढे २ तले बनाएका छन्।  घरको सबै काम सकिएपछि भदौ ४ गते आफ्नो घरमा सरेको उनले बताए। 'म मन्त्री हुँदा पुल्चोक क्वार्टरमा घर खाली थिएन मेरो घर सानो थियो। त्यही भएर म प्रधानमन्त्रीको निजी...
मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थपिए ३५ संक्रमित

मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थपिए ३५ संक्रमित

समाचार, स्वास्थ्य
Credit: OnlineKhabar ११ भदौ, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा बिहीबार मात्रै ३५ जना कोरोना भाइरस -कोभिड-१९)का संक्रमित थपिएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहका अनुसार ३५ जना संक्रमितमध्ये एकजना मुटु अस्पतालका चिकित्सक हुन् । डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्न तथा अस्पताललाई सेनेटाइज गरी सुरक्षित बनाउन निर्देशन दिइसकेको सिंहले बताए । उक्त अस्पतालमा लकडाउनका अवधिमा पनि बिरामीको संख्या उल्लेख्य हुने गरेको छ । बुटवल उपमहानगरका अन्य ३५ जना कुनؘ-कुन वडाका हुन् भन्ने विवरण तयार गर्ने क्रममा रहेको उनले जानकारी दिए । दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार बुटवलमा ३५ जनासहित रुपन्देहीमा बिहीबार ७२ जना नयाँ संक्रमित थपिएका छन् । ...
बिहीबार थपिए १ हजार १ सय ११ कोरोना संक्रमित

बिहीबार थपिए १ हजार १ सय ११ कोरोना संक्रमित

समाचार, स्वास्थ्य
साभार: सेतोपाटी बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ। विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए।  आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ। ...
हत्या अभियोगमा पक्राउ परेका युवकको मृत्युपछि रौतहटमा आन्दोलनको तयारी

हत्या अभियोगमा पक्राउ परेका युवकको मृत्युपछि रौतहटमा आन्दोलनको तयारी

राजनीति, समाचार
प्रहरीको कुटाइबाट मृत्यु भएको परिवारको आरोप साभार: रातोपाटी रौतहट । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजना युवकको गत राति मृत्युु भएको छ । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही ठाँउका १९ वर्षीय विजयराम चमारको मृत्यु भएको हो । चमारको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा गत राति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले पुुष्टि गरेका छन् । मृतकको शव हाल नेशनल मेडिकलमै रहेको प्रहरीले जनाएको छ । गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख...
संक्रमितको पहिचानका लागि प्रत्येक वडामा रेडक्रसका टोली

संक्रमितको पहिचानका लागि प्रत्येक वडामा रेडक्रसका टोली

समाचार, स्वास्थ्य
साभार: शिक्षालय संक्रमण समुदायमा नफैलियोस् भनेर गोदावरी नगरपालिका सचेत भएको छ । यसका लागि जनस्वास्थ्यका मापदण्ड नियमानुसार पालना गर्न अपिल गरेका छौं । निषेधाज्ञा पालना गर्नका लागि नगरबासीहरुमा अनुरोध गरेका छौं ।  मानिसहरुको अनावश्यक हिँडडुल रोकेका छौं । भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने स्यानिटाइजर प्रयोग गर्नेबारे निरन्तर सचेत गराइरहेका छौं । यसका लागि प्रत्येक वडामा रेडक्रसका टोली खटिएका छन् ।  Advertisement संक्रमण फैलिन नदिन नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङलाई छरितो र चुस्त बनाएका छौं । हामीसँग दुईवटा कन्ट्राक्ट टे«ेसिङ टिम छ । उहाँहरु जहाँ संक्रमण देखिन्छ ।  त्यहाँ तत्काल म्ुभ भइहाल्नु हुन्छ । संक्रमित देखियो भने तत्काल उहाँहरुका क्लोज कन्ट्रयाक्ट पुगेका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गर्दछौं ।  पछिल्लो सम...
दोस्रो बजारलाई प्रविधिमैत्री बनाउँदै नेप्से, टीएमएसकाे मोबाइल एप बन्दै

दोस्रो बजारलाई प्रविधिमैत्री बनाउँदै नेप्से, टीएमएसकाे मोबाइल एप बन्दै

अर्थतन्त्र, शेयर बजार, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपालको पुँजी बजार पूर्णरुपमा प्रविधिमैत्री बन्दै गएको छ । प्राथमिक बजार प्रविधिमैत्रीतर्फ उन्मुख भइरहेका बेलामा दोस्रो बजार पनि प्रविधिमैत्री बनाउनमा नेप्से लागिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारलाई प्रविधि र लगानीकर्ता मैत्री बनाउन भन्दै टीएमएसको ‘मोबाइल एप’ बनाउने भएको छ । उक्त एप एन्ड्रोइड र एप्पल दुबै मोबाइलमा उपलब्ध हुनेछ । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको सहजताको लागि भन्दै एप निर्माण गर्न लागिएको हो । नेप्से स्रोतका अनुसार दोस्रो बजार पूर्णरुपमा अनलाइन प्रणालीमा गएसँगै मोबाइलबाट समेत कारोबार गर्न मिल्ने गरी एप बनाउन लागेको हो । अहिले धेरै लगानीकर्ता कम्प्युटरभन्दा पनि मोबाइलबाट बढी चलाउने रुचाउने भएकाले एप निर्माणमा नेप्सेले अग्रसरता देखाएको हो । यो एप सबै लगानीकर्ताका लागि भने अनिवार्य हुने ...
काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौंमा भूकम्पको धक्का महशुस

समाचार
साभार: सेतोपाटी राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ। भूकम्प दुई दशमलव ९ रेक्टर स्केलको रहेको मापन केन्द्रका प्राविधिक नवीन विकले जानकारी दिए।  ...
शिक्षा पत्रकार समाज घोषणा हुँदै

शिक्षा पत्रकार समाज घोषणा हुँदै

देश, शिक्षा, समाचार
साभार: शिक्षालय ‘शैक्षिक रुपान्तरणका लागि सञ्चार अभियान, नीतिगत बहशमा शिक्षा पत्रकार समाजको उठान’ को उद्घोषसहित विभिन्न सञ्चारमाध्यममा सक्रिय शिक्षा पत्रकारले नयाँ संस्था घोषणा गर्ने भएका छन् । शिशुकक्षा देखि विश्वविद्यालय तहसम्म र प्राविधिक तथा व्यावसायिक  शिक्षा क्षेत्रमा सक्रिय रिपोर्टिङ, बहश, खोज अनुसन्धान, प्रकाशन, प्रशिक्षण, प्रोत्साहन, स्रोत केन्द्र विकास र नवप्रवर्तनकारी काम गर्ने ध्येयले सक्रिय र अनुभवी शिक्षा पत्रकारको अगुवाइमा शिक्षा पत्रकार समाज (सेज) गठन भएको हो । समाजले शिक्षा र अन्य सामाजिक तथा आर्थिक क्षेत्रलाई ‘क्रस कटिङ’ का रुपमा लिँदै गुणस्तरीय शिक्षाको विकासबाट राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गराउन पहल गर्नेछ ।  केन्द्र, प्रदेश र स्थानीय तहसम्मको साङ्गठनिक संरचनासहित समावेशितालाई समेत...