२०८३ कार्तिक १२

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

cr: Setopati

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

१ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले सेतोपाटीलाई जानकारी दिए। उनी केही समयदेखि बिरामी थिए।

शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि उनले जानकारी दिए।

सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले सम्मान गारत दिने जानकारी दिए। उनका अनुसार मानार्थ सहायकरथीलाई ११\११ जनाको टुकुडीले सम्मान गर्ने चलन छ।

‘गृह मन्त्रालयबाट थप केही आयो र उहाँलाई अरू सम्मान पनि दिने निर्णय भयो भने त्यही हिसाबको हुन्छ। नत्र नेपाली सेनाले मानार्थ सहायकरथीलाई दिनुपर्ने सम्मानका लागि हामी तयार छौं,’ उनले भने।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap