२०८१ बैशाख १९

समाचार

अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था

अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था

देश
काठमाडौँ । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ ।बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएका छन् । त्यस्ता व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नुपर्नेछ । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बाबुको पहिचान नभएका व्यक्तिले अवदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका हुन् । तर यस प्रावधानमा विदेशी मुलुकको नागरिकता नलिएको भनी अनुसुची –७ क। बमोजिम स्वघोषणा गर्नुपर्ने छ ।यस्तै संशोधित नियमावलीमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न अनुसुची–८ (ग) वमोजिमको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे, वा बज्यैमध्ये ज...
बीपी साहित्य महोत्सवको आजको कार्यक्रम स्थगित

बीपी साहित्य महोत्सवको आजको कार्यक्रम स्थगित

देश, राजनीति, समाचार
काठमाडौँ — कांग्रेसको आयोजनामा भइरहेको बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित भएको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा शोक व्यक्त गर्दै आजको कार्यक्रम स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।  बीपी साहित्य महोत्सव तयारी समितिको बैठक पार्टीका सहमहामन्त्री एवं तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले अन्तिम दिनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको हो । संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति...
राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्यष्टि गरिने, बिदा पनि दिइने 

राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्यष्टि गरिने, बिदा पनि दिइने 

देश, राजनीति, समाचार
काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको आज निधन भएको थियो । मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी गराए । उनका अनुसार छोराहरु विदेशमा रहेकाले आएपछि मात्रै अन्त्यष्टि गरिने तयारी भएकाले जहिले अन्त्यष्टि गरिन्छ त्यही दिनमा नै सार्वजनिक बिदा दिने निर्णय भएको छ । ...
कृषिमन्त्री भन्छन्– नेपालले कोदो उत्पादन बढाउनुपर्छ

कृषिमन्त्री भन्छन्– नेपालले कोदो उत्पादन बढाउनुपर्छ

देश, राजनीति, समाचार
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए । बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न उनको आग्रह छ । सरकारले पनि कोदो उत्पादनलाई बढावा दिने गरी काम गरिरहेको उल्लेख गर्दै उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको बताए । समाजमा खानपानमा आएको परिवर्तनसँगै स्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको उनले बताए । खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने बताउँदै उनले जलवायु परिवर्तनको क्षेत...
एसियाली खेलकुदका लागि नेपाली उसुको वैदेशिक प्रशिक्षण चीनमै

एसियाली खेलकुदका लागि नेपाली उसुको वैदेशिक प्रशिक्षण चीनमै

खेलकुद, देश, समाचार
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद सहभागी हुने उसु खेलाडीको वैदेशिक प्रशिक्षण चीनमै हुने भएको छ। त्यसका लागि १२ खेलाडीसहित १६ सदस्यीय नेपाली उसु टोली मंगलबार हुझाव प्रस्थान गर्दै छ । खेलाडीहरुमा थाउलोतर्फ विजय सिन्जाली, दीपक हमाल, पासाङ शेर्पा, निमा घर्ती मगर, सविता राई, कविता थापा मगर र सुस्मिता तामाङ रहेका छन्। सान्सौंतर्फ पदम राई, मंगलप्रसाद थारु, समन घुस्री, रोहित चुनारो र एलिना चौधरी छन् । प्रशिक्षकमा उसुका मुख्य प्रशिक्षक अमर थिङ र अन्य दुई प्रशिक्षकमा प्रकाशवहादुर लामा (थाउलो) र गणेश अर्याल (सान्सौं) रहेका छन्। टोलीसँगै नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि हुझाव जाने मुख्य प्रशिक्षक थिङले जानकारी गराए । टोली हुझावबाटै हाङझाव एसियाडमा सहभागी हुनेछ । ...
भारतसँगको खेलपछि नेपाली टिमको प्रशंसा 

भारतसँगको खेलपछि नेपाली टिमको प्रशंसा 

खेलकुद, देश, समाचार
एसिया कप २०२३ अन्तर्गत नेपालले छिमेकी भारतसँग सोमबार प्रतिस्पर्धा गर्‍यो। भारतसँग पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले खेलमा १० विकेटको हार ब्यहोरे पनि नेपाली टिमको प्रशंसा भइरहेको छ।  समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भारतसँग हारेपछि प्रतियोगिताबाट बाहिरियो। यद्यपी नेपालले भारतविरूद्ध गरेको ब्याटिङका कारण नेपालको प्रशंसा भइरहेको छ।  सामाजिक सञ्जालमा क्रिकेट व्यक्तित्वहरूले नेपाली टिमको प्रशंसा गरिरहेका छन्। श्रीलांकको पल्लेकेलेमा पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदा २३० रन जोडेको थियो। वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर सुपर फोरमा स्थान पक्का गर्‍यो।  भारतीय बलरविरुद्ध राम्रो ब्याटिङ गरेका कारण नेपाली टिमको प्रशंसा भइरहेको छ। खेलमा नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का...
एसियन शारीरिक सुगठनमा विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

एसियन शारीरिक सुगठनमा विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

खेलकुद, देश, समाचार
विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका छन्। एसियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा थाईल्याण्डका बालान्कन पठानसिरावत रहे । याक एण्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुल्ला विधा तर्फ सनमले स्वर्ण जितिन् । उनले हङ्गकङ्ग चाईनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । तेश्रो स्थानमा कोरियाकी किम सोयुन रहिन् । नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत जोडे । उनी भियतनामका बुइ दाक फि भु संग पछाडी परेका थिए । मलेसियाक...
बिपी साहित्य महोत्सव तयारीका लागि कांग्रेसले बनायो समिति

बिपी साहित्य महोत्सव तयारीका लागि कांग्रेसले बनायो समिति

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा विपी साहित्य महोत्सव तयारी समिति गठन भएको छ। तयारी समितिमा विभिन्न क्षेत्रका ३७ जना सदस्य चयन भएका छन्। यही भदौ २४, २५ र २६ गते विभिन्न कार्यक्रम गरी कांग्रेसले विपी साहित्य महोत्सव आयोजना गर्ने भएको हो। महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ। कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन र निरन्तर शनिबार, नेपाल साँस्कृतिक संघ, फाइनआर्टको सहयोगमा महोत्सव गर्न लागिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ। साथै महोत्सवमा फोटो प्रदर्शनीसमेत हुनेछ। हेर्नुस् विज्ञप्ति: ...
ज्ञानेन्द्र शाहीको प्रश्न : क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकियो ?

ज्ञानेन्द्र शाहीको प्रश्न : क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकियो ?

खेलकुद, देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न खेलमा क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरिएको रकम किन नदिएको भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले खेलाडीलाई दिने भनेर वाचा गरिएको १७ लाख नदिएको दाबी गरे । “क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छ ? पैसा छिटो दिऔँ,” उनले भने, “भोको पेटले राष्ट्रवादलाई कति धान्ने ? प्रधानमन्त्रीले, खेलकुदमन्त्री र सचिवलायले छिटो उपलब्ध गराओस् ।” ...
सर्वोच्चदेखि जिल्ला अदालतसम्म ९९ न्यायाधीश रिक्त 

सर्वोच्चदेखि जिल्ला अदालतसम्म ९९ न्यायाधीश रिक्त 

देश, राजनीति, समाचार
काठमाडौं । न्यायको सर्वमान्य सिद्धान्तले भन्छ– ‘ढिलो न्याय दिनु न्याय नदिनु सरह हो ।’ सर्वोच्च अदालतमै यतिखेर करिव २८ हजार मुद्दाको चाङ लागेको छ ।  त्यसमा पनि एक वर्ष, दुई वर्ष होइन दश वर्ष भन्दा बढी समय गुजारेका मुद्दा समेत छिनोफानोे हुन सकिरहेको छैन । सर्वोच्च प्रशासनका अनुसार, यो आर्थिक वर्ष सकिँदासम्म दश वर्ष पूरा हुने मुद्दाको संख्या १९४ छ ।  सर्वाेच्च अदालतमै समयमै न्यायाधीश नियुक्त हुन नसक्दा मुद्दाको चाप बढेको हो । यतिखेर सर्वोच्च अदालतमै सात न्यायाधीश पद खालि छ ।  संविधानमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहन्छन् । प्रारम्भिकबाहेक सर्वोच्चमा संयुक्त इजलासबाट मुद्दाको सुनुवाई गर्ने अभ्यास छ । यो अभ्यास हेर्दा पाँच न्यायाधीशको संवैधानिक र तीन न्यायाधीशको पूर्ण तथा पाँच न्यायाधीशको बृहत पूर्ण इजलासबाहेक सामान्य इजलास बस्दा पनि सात वटा मात्र बेञ्च...