२०८१ बैशाख १७

ज्ञानेन्द्र शाहीको प्रश्न : क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकियो ?




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न खेलमा क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरिएको रकम किन नदिएको भन्दै प्रश्न गरेका छन् ।


Advertisement


आजको प्रतिनिधिसभा बैठकमा उनले खेलाडीलाई दिने भनेर वाचा गरिएको १७ लाख नदिएको दाबी गरे ।



“क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छ ? पैसा छिटो दिऔँ,” उनले भने, “भोको पेटले राष्ट्रवादलाई कति धान्ने ? प्रधानमन्त्रीले, खेलकुदमन्त्री र सचिवलायले छिटो उपलब्ध गराओस् ।”

Copy link
Powered by Social Snap