२०८१ बैशाख १७

बिपी साहित्य महोत्सव तयारीका लागि कांग्रेसले बनायो समिति




नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा विपी साहित्य महोत्सव तयारी समिति गठन भएको छ।


Advertisement


तयारी समितिमा विभिन्न क्षेत्रका ३७ जना सदस्य चयन भएका छन्।

यही भदौ २४, २५ र २६ गते विभिन्न कार्यक्रम गरी कांग्रेसले विपी साहित्य महोत्सव आयोजना गर्ने भएको हो।

महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ।



कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन र निरन्तर शनिबार, नेपाल साँस्कृतिक संघ, फाइनआर्टको सहयोगमा महोत्सव गर्न लागिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ।

साथै महोत्सवमा फोटो प्रदर्शनीसमेत हुनेछ।

हेर्नुस् विज्ञप्ति:

369795447_862965228524399_1640951480989755375_n-1693888557.jpg
374284078_862965225191066_4793341619745823322_n-1693888572.jpg
374172849_862965208524401_2200113941615523620_n-1693888820.jpg

Copy link
Powered by Social Snap