२०८१ बैशाख १७

एसियाली खेलकुदका लागि नेपाली उसुको वैदेशिक प्रशिक्षण चीनमै




चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद सहभागी हुने उसु खेलाडीको वैदेशिक प्रशिक्षण चीनमै हुने भएको छ।


Advertisement


त्यसका लागि १२ खेलाडीसहित १६ सदस्यीय नेपाली उसु टोली मंगलबार हुझाव प्रस्थान गर्दै छ ।

खेलाडीहरुमा थाउलोतर्फ विजय सिन्जाली, दीपक हमाल, पासाङ शेर्पा, निमा घर्ती मगर, सविता राई, कविता थापा मगर र सुस्मिता तामाङ रहेका छन्।

सान्सौंतर्फ पदम राई, मंगलप्रसाद थारु, समन घुस्री, रोहित चुनारो र एलिना चौधरी छन् ।



प्रशिक्षकमा उसुका मुख्य प्रशिक्षक अमर थिङ र अन्य दुई प्रशिक्षकमा प्रकाशवहादुर लामा (थाउलो) र गणेश अर्याल (सान्सौं) रहेका छन्।

टोलीसँगै नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि हुझाव जाने मुख्य प्रशिक्षक थिङले जानकारी गराए । टोली हुझावबाटै हाङझाव एसियाडमा सहभागी हुनेछ ।

Copy link
Powered by Social Snap