२०८१ बैशाख २७

राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्यष्टि गरिने, बिदा पनि दिइने 




काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ ।


Advertisement


संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको आज निधन भएको थियो ।



मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी गराए । उनका अनुसार छोराहरु विदेशमा रहेकाले आएपछि मात्रै अन्त्यष्टि गरिने तयारी भएकाले जहिले अन्त्यष्टि गरिन्छ त्यही दिनमा नै सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

Copy link
Powered by Social Snap