२०८१ बैशाख २३

नेपाली ब्रान्ड

यती एयरलाइन्स २४ वर्षमा, वार्षिक १० लाख यात्रुलाई दिन्छ सेवा

यती एयरलाइन्स २४ वर्षमा, वार्षिक १० लाख यात्रुलाई दिन्छ सेवा

नेपाली ब्रान्ड
यती एयरलाईन्सले हवाई सेवाको २४ वर्ष पुरा गरेको छ । तत्कालीन हवाई विभागबाट यतीले १९९८ मे महिनामा व्यापारिक उडानको अनुमति पाएको थियो । कम्पनीले पहिलो उडान भने २१ सेप्टेम्बर १९९८ मा गरेको थियो । यतीले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वाषिर्कोत्सवका रुपमा मनाउने गरेको छ । नेपालमा हवाई सेवाको विकासमा महत्वपूर्ण योगदान रहेको यस एयरलाइन्सको सुरुवात २ वटा टि्वनअटर वायुयानबाट भएको थियो । २४ वर्षे यात्राको दौरानमा यो कम्पनीसँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयानबाट उडान गरेको अनुभव छ । कम्पनीले डीएचसी-६ ३०० टि्वनअटर, डोर्नियर २२०, वाई-१२, इएमबी-११०, ईएमबी-१२०,साब-३४० बि, जेटस्ट्रीम जे-४१, डिएचसी-६ ४०० टि्वनअटर तथा एटिआर-७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ । अहिले ७३० जना कर्मचारी कार्यरत रहेको यस एयरले नेपालमा हवाईसेवाको लागि...
जहाँ १११ थरी चिया पाइन्छ

जहाँ १११ थरी चिया पाइन्छ

SYM Poetry Competition 2077, नेपाली ब्रान्ड
गाउँभरी हल्ला फैलिएछ, 'अश्विनीले चिया पसल खोल्यो रे!' 'राम्रै लेख्थ्यो। विचरा! काठमाडौंमा बाँच्न चिया पसलै चलाउनुपरेछ।' गाउँकै एक काका काठमाडौं आएको बेला अश्विनी कोइरालालाई फोन गरेर भेट्न अनुरोध गरेछन्। उनले 'चियापान' बोलाए। अश्विनीले काकालाई 'पर्ल ह्वाइट टी' पियाउँदै थिए। चिया पिउँदै गर्दा सोधेछन्, 'खोई त, तेरो चिया पसल भन्या?' चियापसल भनिए पनि सहरका 'स्ट्यान्डर्ड मानिने' रेष्टुरेन्टको जस्तो साजसज्जा, चमकधमक देखेपछि काकाले पत्याएनन्। जब अश्विनीले काकाका लागि दूध चिया मगाए, तब छक्क परेछन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेट नम्बर ३ अगाडि खुलेको यो 'चियापान'मा न मःम पाइन्छ, न चाउमिन। रक्सीको त कुरै छोडौं, यहाँको मेनुमा 'कोल्ड ड्रिंक्स' नामले परिचित कोक, फ्यान्टा, पेप्सीजस्ता पेय पदार्थसमेत छैनन्। मात्र पाइन्छ, चिया, १११ थरी।चिया– आमनेपालीको बुझाइमा...
जुम्लामा ५० करोडको स्याउ उत्पादन

जुम्लामा ५० करोडको स्याउ उत्पादन

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
कर्णाली । स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले ठूलो परिमाणमा स्याउ फलाएका छन् ।  धेरै किसानले स्याउ टिपेर पनि बिक्री गरी राम्रै आम्दानी लिइसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ । यद्यपि, गएका वर्षभन्दा यसवर्ष स्याउ उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।   निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ स्याउ फलेको अनुमान गरिएको छ । “त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति ...
फुल्की बेचेरै महिनाको दुई लाख

फुल्की बेचेरै महिनाको दुई लाख

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
पाल्पा भन्नेबित्तिकै धेरैको दिमागमा आउँछ रानी महल, करुवा वा ढाका। जिब्रो भने चुकौनी र फुल्की सम्झेर पनि रसाउन सक्छ। पाल्पालगायत पश्चिमी ठाउँमा विशेषगरी ठेलामा पाइने फुल्कीको मौलिक स्वाद अचेल शंखमुल र मैतीदेवीको 'फुल्की स्टेसन'मा पाइन्छ। काठमाडौंमा फुल्की लोकप्रिय बनाउने प्रयास गरिरहेका छन् तीन बाल्यकालीन साथी- राजिव थापा क्षेत्री, प्रविन कुमार श्रेष्ठ र मिलन ज्ञवाली। फुल्कीलाई धेरैले पानीपुरी ठान्छन्। यस्तै देखिन्छ पनि। तर फुल्कीको आफ्नै स्वाद र बनाउने तरिका छ। यसमा अमिलो-चिसो पानी हालिँदैन। केराउको तातो तरकारी हालिन्छ र स्वादअनुसार अमिलो-पिरो झोल थपेर खाइन्छ। 'त्यसैले यसलाई धेरैले तातो पानीपुरी पनि भन्छन्,' सञ्चालक राजिवले भने, 'तर साधारण पानीपुरीको पुरीमा फुल्की बन्दैन। तातो मटरले गलाउँछ। त्यसैले फुल्कीका लागि आँटा र सुजीको पुरी बनाउनुपर्छ।'  पुरी पुक्...
सजिलो सेवाले ल्यायो नयाँ ‘सजिलो सेवा एप’

सजिलो सेवाले ल्यायो नयाँ ‘सजिलो सेवा एप’

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
सजिलो सेवा टिमले नयाँ 'सजिलो सेवा एप' ल्याएको छ। कम्पनीले स्थापनाको पाँच वर्ष मनाएको केही समयमै प्रविधिमैत्री नवीनतालाई जारी राख्दै आइओएस एन्ड्रोइडलाई हुने गरी नयाँ सजिलो सेवा एप लिएर आएको छ।  कम्पनीले अब यस एपमार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरू प्रदान गर्ने बताएको छ। यस एपमा सहजै सेवा बुकिङ गर्न सकिने, सेवाहरूको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिने, सेवा बुकिङ गर्नु अगावै आफूलाई चाहिएको सेवाको इस्टिमेट सहजै तुरुन्त प्राप्त गर्न सकिने, आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्ने, ३० दिनको सर्भिस वारेन्टी लगायतका विशेषता रहेका छन्।  कम्पनीले भदौ १७ गतेदेखि कात्तिक ७ गतेसम्म ग्राहकहरूका लागि अफर पन...
अस्ट्रेलियाबाट बिदामा आएकी थिइन्, लकडाउनमा सुरू गरिन् गहना व्यवसाय

अस्ट्रेलियाबाट बिदामा आएकी थिइन्, लकडाउनमा सुरू गरिन् गहना व्यवसाय

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
सुप्रिमा महर्जन २०७६ साल फागुन अन्तिमतिर आफ्ना हजुरबुवाको जंकुका लागि नेपाल फर्किइन्। जम्मा चार साता बिदा मिलाएर आएकी थिइन्। लगत्तै कोरोना महामारी फैलियो र लकडाउन भयो। त्यो बेलादेखि सुप्रिमा अस्ट्रेलिया फर्केकी छैनन्। भिसा बाँकी रहे पनि उनको एक वर्षभन्दा बढी समय नेपालमै बितिसक्यो। उनले यो समय यसै खेर जान भने दिएकी छैनन्। यतिबेला उनी अनलाइनमार्फत गहना व्यवसाय गरिरहेकी छन्। 'स्थायी रूपमा नेपाल बस्ने सोचमा फर्केकी थिइनँ। तर महामारीका कारण यतै अड्किएँ,' २९ वर्षीया सुप्रिमा भन्छिन्, 'लकडाउनमा दिन कटाउनै मुश्किल हुन्थ्यो। त्यसैले आफ्नो रूचिको काम गर्न थालेँ।'  सुप्रिमालाई गरगहना मन पर्छन्। हातमा ब्रासलेट र औंठी, घाँटीमा विभिन्न डिजाइनका सिक्री, हार र कानमा झुम्का कहिल्यै खाली हुँदैन। बुवाको हस्तकला गहनासम्बन्धी व्यवसाय भएका...
मस्यौरा बेचेरै वार्षिक ५० लाखको कारोबार गर्ने दम्पती

मस्यौरा बेचेरै वार्षिक ५० लाखको कारोबार गर्ने दम्पती

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
हामीमध्ये धेरैले घरगाउँमा हुँदा मस्यौरा खायौं वा बनायौं होला। हातैले बनाएका विभिन्न स्वादका मस्यौराको तलतल काठमाडौंमा बस्नेहरूलाई कहिलेकाहीँ लाग्दो हो। तर भनेका बेलामा खान पाउने कसरी? कतिलाई बनाउनै नआउला, कतिलाई आए पनि बनाउने सामान र फुर्सद नहोला। बजारमा किन्न पाए पनि भनेजस्तो स्वादको मस्यौरा पाउन मुस्किल छ। पाइहाले पनि खुला बिक्री हुनाले स्वच्छ नहुने डर हुन्छ। यस्तै कारणले कतिले मस्यौराको मौलिक स्वाद पनि बिर्सिसक्यौं होला। उपभोक्ताको यही समस्या समाधान गर्न लागि परेको छ 'तारो मस्यौरा उद्योग'। पाँच वर्षदेखि यसले मौलिक स्वादको मस्यौरा प्याकिङ गरी बजारमा पुर्‍याइरहेको छ। हातले होइन, मेसिनबाट बनेको मस्यौरा। यो उद्योगका सञ्चालक हुन् विष्णु गजुरेल र शारदा रेग्मी। उनीहरू श्रीमान-श्रीमती हुन्।  काठमा...
५ करोड लगानीको ‘सजिलो साथी’ आउँदै, के हुनेछ नयाँ सुविधा?

५ करोड लगानीको ‘सजिलो साथी’ आउँदै, के हुनेछ नयाँ सुविधा?

नेपाली ब्रान्ड
काठमाडौं उपत्यकामा यात्रा गर्दा चोकमा उभिएर सार्वजनिक सवारीसाधन कुर्नुपर्ने बाध्यता छैन। बसेकै ठाउँबाट माेबाइलमार्फत् चाहेको सवारी आफू भएसम्म बोलाउन सकिन्छ। ती सवारीले यात्रुलाई गन्तव्यमा पुर्‍याइदिन्छन्। केही वर्षयता यस्ता राडड सेयरिङ कम्पनीहरू थपिइरहेका छन्। यसैमध्ये पर्छ नयाँ राइड सेयरिङ एप 'सजिलो साथी।' सेवा दिन यसले 'सजिलो' नामक एप ल्याइसकेकाे छ। अन्य सुविधा र काम भने परीक्षण भइरहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमीर लामा बताउँछन्। चाँडै बजार भित्रिने गरी काम भइरहेको उनले बताए। 'वैशाखमा हामीले तीन महिनाका लागि एपको बेटा भर्सन ल्याएका थियाैं,' लामाले भने, 'अब सकेसम्म दसैंअघि बजारमा सार्वजनिक गर्ने तयारी छ।' उनका अनुसार 'सजिलाे' एपमा एघार हजार बढी चालक आबद्ध भइसके। युवाद...
‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

कर्पोरेट, नेपाली ब्रान्ड
काठमाडौं । हेयर एण्ड शान्ति युनिसेक्स सलुनले हेटौंडाको भाटभटेनी सुपरस्टोरमा नयाँ शाखा खोलेको छ । नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्तिका आउटलेट अहिले दरबारमार्ग, ठमेल, जावलाखेल, टंगाल र बानेश्वरमा सञ्चालित छन् । उपत्यकाबाहिर हेयर एण्ड शान्तिले नारायणगढपछि हेटौंडामा शाखा सञ्चालनमा ल्याएको सञ्चालिका अनुजा श्रेष्ठले बताइन् । गुणस्तरीय र दक्ष जनशक्तिबाट कपाल र सौन्दर्य सम्बन्धी सेवा दिंदै आएको हेयर एण्ड शान्तिले छोटो समयमा नै ग्राहकको मन जित्दै गएको उनले बताइन् । ‘उच्चतम उपकरण र उत्पादनको प्रयोग गरेर गुणस्तरीय सेवा दिइने भएकाले छोटो समयमै हेयर एण्ड शान्तिले ग्राहकहरुको मन जित्न सफल भएको हो,’ श्रेष्ठ भन्छिन् । हेयर एण्ड शान्तिले कपालको सम्पूर्ण साजसज्जादेखि केराटिन, स्किन केयर, मेनिक्योर-पेडिक्योर लगायत सेवा दिइरहेको छ । सन् २००१ मा भारत...
ज्यानभरि झोला बोकेर चोक-गल्ली डुल्दै बेच्थे, अहिले आफ्नै उद्योगबाट गर्छन् करोडको व्यापार

ज्यानभरि झोला बोकेर चोक-गल्ली डुल्दै बेच्थे, अहिले आफ्नै उद्योगबाट गर्छन् करोडको व्यापार

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
काठमाडौंको मैतीदेवी चोकबाट दक्षिणतर्फको भित्रीबाटो हुँदै घट्टेकुलोतिर करिब साढे दुई सय मिटरजतिमा झोला बेच्ने एउटा निकै ठूलो पसल फेला पर्छ। पसलभित्र खातका खात झोला छन्, थरीथरीका। अग्ला र्‍याकमा महिलाका लागि साना हाते ब्यागदेखि निकै ठूलासम्म सजाएर राखिएका छन्।  यीमध्ये अधिकांश ब्याग स्वदेशी उद्योगका हुन्– शिवाकोटी ब्याग उद्योग। खुद्रा र होलसेल दुवै व्यापार त्यहीँबाट हुन्छ। बाहिर पसल छ, भित्र उद्योग। यहाँ विदेशी ब्रान्डका सुटकेस पनि पाइन्छ। हवाईजहाजमा लामो यात्रा गर्नेका लागि उपयुक्त। उद्योग र पसलका सञ्चालक हुन् सुदर्शन शिवाकोटी। उनले यो उद्योग सुरू गरेको करिब २२ वर्ष भयो। 'हाल वार्षिक सरदर चार करोड रूपैयाँको कारोबार हुन्छ,' सुदर्शनले भने, 'उद्योगमा सोह्र जना श्रमिक छन्। मेसिन २६ वटा छन् तर आजकाल १६ वटा मात्र चलिरहेका छन्।' सुदर्शन ठूलो लगानी ग...