२०८३ असार १४

स्वास्थ्य

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए । Advertisement उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ । ...
‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी महोत्तरीको जलेश्वर नगरपालिका-९ परकौलीका ३४ वर्षीय लक्ष्मण यादवलाई अचेल घर जानै मन लाग्दैन। लकडाउन सुरू हुनुभन्दा अगाडि उनलाई काम सकेर गाउँ जान हतार हुन्थ्यो। वीरगन्जबाट जनकपुरधाम आउनेबित्तिकै जलेश्वर जाने बस चढ्थे र घर जान्थे। पहिले-पहिले उनी घर जाँदा लक्ष्मणको घरमा ८ वर्षकी छोरी र १० वर्षका छोरा उनको अगाडि-पछाडि गर्न सुरू गर्थे। उनी पनि छोराछोरीका लागि कमाएर आउँदा केही न केही लिएरै जाने गर्थे। लकडाउन सकिएको डेढ महिना हुन थाल्यो भयो। उनी घरै गएका छैनन्। उनी अहिले जनकपुरधाम उपमहानगरपालिका- २३ मा रहेको रामजानकी दुल्हादुल्हन मन्दिरमा गाईवस्तुको स्याहारसुसार गर्ने गरेका छन्। ‘किन जाउँ घर कसका लागि जाउँ,’ आसु झार्दै लक्ष्मणले भने ‘गाउँ जाँदा घरमा बच्चा हुन्थे उनी हुन्थिन्, अब कोही छैनन् घर जानुको के अर्थ।’ लक्ष्मणको आखाँबाट बर्बर आँशु झरे। ...
९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

अर्थतन्त्र, कर्पोरेट, स्वास्थ्य
साभार: सेतोपाटी गएको आर्थिक वर्ष नेपालको वस्तु व्यापार घाटा थोरै भएपनि घट्यो। अघिल्लो वर्ष १३ प्रतिशतले बढेको यस्तो वस्तु व्यापार घाटा गएको वर्ष भने १५ प्रतिशतले घटेको छ। वस्तु व्यापार घाटा न्यून हुनुमा लकडाउन लागू भएपछि केही उच्च मूल्यका वस्तुको आयात घट्नु तथा केही वस्तुको आयात आर्थिक वर्षको सुरुदेखि नै न्यून हुनु रहेको छ। वस्तु व्यापार घाटा न्यून हुनुको कारण निर्यात बढेर भन्दा पनि आयात घटेर भएको हो। आयात पनि नेपाल आत्मनिर्भर भएर भन्दा पनि कोरोना भाइरसजन्य परिस्थितिका कारण हो। यस्तोमा नेपालबाट धेरै मूल्यका निर्यात हुने २० वस्तुमध्ये तीनओटा वस्तुकोमात्र निर्यात बढेको छ। यो सूचीको कूल निर्यातमा ६१ प्रतिशत हुन्छ। यो सूचीमा रहेका पाम आयल जुन विदेशबाट कच्चा तेल ल्याएर नेपालमा रिफाइन गरेर निर्यात गरिन्छ। यसको निर्यात ७७ प्रतिशतले बढेर गएको वर्ष १८ अर्ब ३१ करोड रुपैया...
बर्दिबासमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि

बर्दिबासमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी महोत्तरीको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी ८५ वर्षीया वृद्धामा कोरोना पुष्टि भएको छ। बर्दिबास नपा ३ की ती महिलाको गत भदौ १५ गते कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नआउँदै उनले बुधबार बिहान करिब साढ़े ६ बजेको समयमा झुन्डिएर आत्महत्या गरेकी थिइन्। Advertisement उनको रिपोर्ट हिजो दिउँसो मात्रै आएको बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुर कार्कीले जानकारी दिए। यसअघि मृतकको घरका अन्य ३ जनामा समेत भदौं ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो। ...
फुटबलर एरिक विष्ट कोरोना मुक्त

फुटबलर एरिक विष्ट कोरोना मुक्त

खेलकुद, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी काठमाडौं । विश्वकप फुटबल छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परीक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेसन बसाई पछि गरिएको कोरोना परीक्षण पछि अहिले एरिक विष्ट कोरोनामुक्त भएका छन् ।  सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनसार सुरक्षाका मापदण्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडि गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडी मध्ये एरिक विष...
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
 Credit: OnlineKhabar १७ भदौ,बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डीका ५७ बर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको हो । उनी मुटुको रोगी थिए । १० वर्षअघि मुटुको शल्यक्रिया गरेका उनले नियमित औषधि सेवन गर्दै आइरहेका डा. पोखरेलले बताए । बुटवलको कोरोना बिशेष अस्पतालमा आईसीयू बेड नभएपछि भीम अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था स्थिर रहेकामा एक्कासी हृदयघात भएको पोखरेलले बताए ।\ Advertisement अस्पतालमा कोरोना संक्रमित मृतककी श्रीमतीको पनि आईसीयूमै राखेर उपचार भइरहेको छ । एकै दिन तीन जनाको मृत्यु यसअघि भीम अस्पपतालमा बुधबार बिहान नवलपरासी पश्चिम र...
कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् । Advertisement अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो । युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन् । ...
पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन केसीलाई कोरोना

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन केसीलाई कोरोना

खेलकुद, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। केसीलाई सोमबार कोरोना भाइरसको संक्रमण भएको हो। सुरुमा दिसामा रगत देखिएपछि उनलाई बयोधा हस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उपचारअघि उनको कोरोनाको परीक्षण गर्न स्वाब निकालिएको थियो। जसमा उनलाई कोरोना लागेको देखिएको हो। लक्षण नदेखिएका उनी अहिले घरमै आइसोलेसनमा बसेका छन्। अस्पतालले दिएको औषधी भने उनले खाइरहेका छन्। Advertisement उनले सन् १९७३ को एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। फिलिपिन्समा भएको प्रतिस्पर्धामा उनले जितेको सो पदक नेपालले औपचारिक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको पहिलो पदक हो। त्यसअघि उनले नेपालको प्रतिनिधित्व गर्दै उनले सन् १९७२ को म्यूनिख ओलम्पिक्समा राष्ट्रिय झण्डा ब...
भैरहवाको भीम अस्पतालमा थप एक संक्रमितको मृत्यु

भैरहवाको भीम अस्पतालमा थप एक संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर तिलोत्तमा — रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको मंगलबार राति ९ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए । नवलपरासी पश्चिम, रामग्राम–५ की उनलाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएको थियो । Advertisment खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी उनलाई त्यहाँ आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो । श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुमित प्रजापतिले बताए । ती संक्रमितलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो । भीम अस्पतालमा अहिले ४ जना आईसीयूमा र १७ जना आइसोलेसनमा गरी २१ संक्रमित उपचाररत रहेको फोकल पर्सन डा. प्रजापतिले...
देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४० हजार नाघे

देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४० हजार नाघे

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो ।  यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।  यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए ।यस्तै पछिल्लो २४ घण्टामा डिस्चार...