२०८१ बैशाख २०

स्वास्थ्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे । सञ्चार विज्ञ बाँस्तोलाले भने, 'उहाँमा कुनै लक्षण छैन । अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ । आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गर्नुभएको छ ।' Advertisement मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए ‍। त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको बाँस्तोलाले बताए । मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको बाँस्तोलाले जानकारी दिए । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले शनिबारदेखि ...
शुरुमै अस्पताल लगेको भए हुनेरहेछ !

शुरुमै अस्पताल लगेको भए हुनेरहेछ !

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १५ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ कि ६८ वर्षीया  महिलालाई भदौ ११ मा कोरोना संक्रमण पुष्टि भयो । मधुमेह र उच्च रक्तचापको समस्या भएकी उनले बुटवल हस्पिटल प्रालिमा डा. नन्दु पाठकसँग नियमित चेकजाँच गराउँदै आएकी थिइन् । पछिल्लोपटक जचाउन जाँदा डाक्टरले कोरोना जाँच गर्न भनेपछि उनले आफ्नै खर्चमा पीसीआर परीक्षण गरेकी थिइन् । साउन ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसन सेन्टर ल्याउन तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी एम्बुलेन्स लिएर घरमा पुग्यो । तर उनका छोरा र बुहारीले अस्पतालमा पठाउनु भन्दा ‘होम आइसोलेसन’मा राख्दा राम्रो होला भनेर एम्बुलेन्स फर्काइदिए । त्यसबेला आमालाई कुनै लक्षण नदेखिनुका साथै स्वास्थ्यमा समस्या पनि नदेखिएको र अलग्गै राख्न मिल्ने छुट्टै फ्ल्याट पनि भएकाले घरमै राखेको मृतकका छोराले बताए । ‘आई...
बुटवलमा स्वास्थ्य सामग्रीमा कालोबजारी

बुटवलमा स्वास्थ्य सामग्रीमा कालोबजारी

देश, राजनीति, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १५ भदौ, बुटवल । कोरोना महामारीको विषम परिस्थितिको फाइदा उठाउँदै बुटवलका केही व्यवसायीले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएको छ । कोरोना महामारी फैलिएसँगै बढी माग भएका मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्रीहरु व्यवसायीले चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो । बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गर्दा तीन सय रुपैयाँमा पाइने एक प्याकेट सर्जिकल मास्कलाई ६ सय रुपैयाँमा र ब्लिचिङ पाउडर तथा सेनिटाइजर पनि दोब्बर मूल्यमा बिक्री गरेर कालोबजारी गरेको पाइएको हो । व्यवसायीहरुले स्वास्थ्य सामग्रीको कृत्रिम अभाव श्रृजना गरेर खरिद मूल्यभन्दा दोब्बरदेखि चार–पाँच गुणा बढी मूल्यमा बिक्री गरेको पाइएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन् । Advertisement ‘खरिद बिल...
भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर चितवन — भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल टिमका कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार अस्पतालमा सोमबार बिहान सात बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको निधन भएको हो । अस्पतालले निकालेको सूचनामा ती व्यक्तिमा भदौ २ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई भदौ ६ गते अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकिएको अस्पतालले उल्लेख गरेको छ । Advertisement शुक्रबारयता चितवनमा दिनहुँ संक्रमितको मृत्यु हुन थालेको छ । शुक्रबार एकैदिन तीन जना, शनिबार दुई जना, आइतबार र आज सोमबार एक एकजना गरी पछिल्लो चार दिनमा सात जनाको मृत्यु भ...
कोरोना संक्रमितलाई होटल आइसोलेसनमा राख्ने सरकारको तयारी, खर्च आफैंले व्यहोर्नुपर्ने

कोरोना संक्रमितलाई होटल आइसोलेसनमा राख्ने सरकारको तयारी, खर्च आफैंले व्यहोर्नुपर्ने

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्राललये काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई होटलको आइसोलेसनमा राख्न सकिने गरी छलफल अघि बढाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफ्नै खर्चमा राम्रो सुविधामा बस्न चाहने संक्रमितलाई होटलको आइसोलेसनमा राख्नेगरी छलफल अघि बढेको बताए। 'यसबारे छलफल भइरहेको छ। पैसा हुने र अलिक राम्रो सुविधामा बस्न चाहने संक्रमितहरूलाई होटलमा राख्ने भनिएको हो,' उनले भने। उनले घरमा बस्न समस्या भएका र आइसोलेसनमा पनि भीडभाड हुने भन्दै एक्लै बस्न चाहनेहरूको लागि उक्त विकल्पबारे छलफल भएको बताए। प्रवक्ता गौतमले भने, 'कति मानिस घरमा बस्न समस्या भएका हुन्छन्। साथै आइसोलेसनमा पनि बढी भीडभाड भयो भनेर छुट्टै बस्न खोज्ने हुन्छन्। हामीले त्यस्ता व्यक्तिलाई होटलमा राख्न सकिन्छ कि भनेर काम गरिरहेका छौं।' उनले धेरै संक्रमितहरूबाट आइसोलेसनमा बस्न ...
अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

आर्थिक, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए। 'अब अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,' उनले भने। Advertisement यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए। सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ। साथै यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्को १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन...
ललितपुरका एक युवकसहित पाटन अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

ललितपुरका एक युवकसहित पाटन अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए। उनले भैरहवाको पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको बताए। जलेश्वरकी महिलाको भने शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो।  अस्पतालका अनुसार पाटनका युवक र भैरहवाका पुरुष किड्नीका विरामी थिए। जलेश्वरकी महिलामा भने रगतमा समस्या रहेको निर्देशक शाक्यले जनाए।  Advertisement उनले भैरहवाका पुरुष र जलेश्ववरकी महिलाको शव व्यवस्थापन गरिएको र पाटनका युवको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको बताए।  आइतबार नै वीरगन्जमा रौतहटका ४० वर्षीय कोरोना संक्र...
सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १४ भदौ, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् । बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो । Advertisement तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ ...
वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले युवकलाई बिहीबार नारायणी अस्पताल लिएर आएका थिए । Advertisement स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि शुक्रबार साँझ साढे ७ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ती युवकको उपचारको क्रममा शनिबार साँझ साढे ७ बजेको समयमा मृत्यु भएको हो । ...
कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १३ भदौ, काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको छ । प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो । Advertisement उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ । हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ । ...