२०८२ चैत्र ५

स्वास्थ्य

अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

अब ४ हजार ४ सयमा पिसिआर परीक्षण

आर्थिक, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए। 'अब अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,' उनले भने। Advertisement यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए। सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ। साथै यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्को १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन...
ललितपुरका एक युवकसहित पाटन अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

ललितपुरका एक युवकसहित पाटन अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए। उनले भैरहवाको पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको बताए। जलेश्वरकी महिलाको भने शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो।  अस्पतालका अनुसार पाटनका युवक र भैरहवाका पुरुष किड्नीका विरामी थिए। जलेश्वरकी महिलामा भने रगतमा समस्या रहेको निर्देशक शाक्यले जनाए।  Advertisement उनले भैरहवाका पुरुष र जलेश्ववरकी महिलाको शव व्यवस्थापन गरिएको र पाटनका युवको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको बताए।  आइतबार नै वीरगन्जमा रौतहटका ४० वर्षीय कोरोना संक्र...
सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १४ भदौ, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् । बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो । Advertisement तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ ...
वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले युवकलाई बिहीबार नारायणी अस्पताल लिएर आएका थिए । Advertisement स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि शुक्रबार साँझ साढे ७ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ती युवकको उपचारको क्रममा शनिबार साँझ साढे ७ बजेको समयमा मृत्यु भएको हो । ...
कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १३ भदौ, काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको छ । प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो । Advertisement उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ । हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ । ...
धरानमा सिरहाका संक्रमितको मृत्यु

धरानमा सिरहाका संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १३ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । Advertisement ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । ...
वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो। यस्तै वीरगन्ज-१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको डा. चौरसियाले बताए। उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो। ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ। यस्तै शुक्रबार राति नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो। परिवारले पुरुषको मुग्लिङ नपुग्दै मृत्यु भएको अस्पताललाई जानकारी गराएका छन्। ...
कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई एकातिर बेडको समस्या, अर्कातिर सरकारले तोकेको शुल्क

कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई एकातिर बेडको समस्या, अर्कातिर सरकारले तोकेको शुल्क

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी पछिल्लो समय कोरोनाभाइरसका संक्रमित दिनदिनै बढिरहेका छन्। संक्रमित बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढेको छ। विशेष गरी काठमाडौं उपत्यकामा अहिले संक्रमण दर तीव्र छ। संक्रमण बढ्दै जाँदा उपचारमा निजी अस्पतालको क्षमता पनि प्रयोग गर्नु पर्ने हुन्छ। कोरोना संक्रमितको सबै उपचार खर्च ब्यहोर्ने सरकारले निजी अस्पताललाई कम्तिमा २० प्रतिशत बेड कोभिड-१९ का बिरामीका लागि छुट्याउन भनेको छ। स्वास्थ्य मन्त्रालयले २० प्रतिशत बेड नछुट्याउने निजी अस्पतालको पिसिआर परीक्षण अनुमति खारेज गर्ने चेतावनीसमेत दिइसकेको छ। निजी अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एकतिहाइ बेड छुट्याएमात्र पिसिआर परीक्षण अनुमति दिने भनेको छ। निजी अस्पतालहरूले २० प्रतिशत बेड अनिवार्य छुट्याउने र उपचारमा भएको खर्च सरकारबाट लिने व्यवस्थाले आफूहरू मर्कामा परेको बताएका छन्। कति निजी अस्पतालले त अहि...
संक्रमित स्वास्थ्यकर्मीले नै गर्छन् कोरोनाका बिरामीको उपचार

संक्रमित स्वास्थ्यकर्मीले नै गर्छन् कोरोनाका बिरामीको उपचार

आर्थिक, देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १२ भदौ, काठमाडौं । काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा कोरोना संक्रमित बिरामीको उपचार गर्न कोरोना संक्रमित स्वास्थ्यकर्मी नै खटिएका छन् । लक्षण नदेखिएका ९ जना कोरोना संक्रमित बिरामीको उपचार गर्न अस्पतालमा कार्यरत ९ जना कोरोना संक्रमित स्वास्थ्यकर्मी खटिएका हुन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालका अनुसार संक्रमित बिरामीलाई उपचार गर्न स्वास्थ्यकर्मीको अभाव हुने देखिएपछि त्यसो गरिएको हो । उनका अनुसार यसरी उपचार गराउन जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रे, स्वास्थ्य मन्त्रालय र बिरामीको समेत स्वीकृति लिइएको छ । Advertisement ‘बिरामीमा पनि लक्षण छैन, हामीमा पनि लक्षण छैन । उपचार गर्न मिल्ने कि नमिल्ने भनेर मन्त्रालयसँग सल्लाह माग्दा लक्षणविहीनले सुरक्षा सतर्कता अपनाएर मिल्छ भन्ने आयो’ डा. ढकालले भने, ‘त्यसैल...
कोरोना व्यवस्थापनका लागि बेलायतले नेपाललाई ७ अर्ब सहयोग गर्ने

कोरोना व्यवस्थापनका लागि बेलायतले नेपाललाई ७ अर्ब सहयोग गर्ने

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी संयुक्त अधिराज्य बेलायतले नेपालमा कोरोना भाइरसका कारण उत्पन्न समस्या सम्बोधन गर्न करिब ७ अर्ब १५ करोड रूपैयाँ (४५.८ मिलियन पाउन्ड स्टर्लिङ) आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। Advertisement अर्थमन्त्री डा.युवराज खतिवडा र बेलायतका विदेश तथा समाजकल्याण अफिसका राज्यमन्त्री लर्ड अहमदबीच द्विपक्षीय सहयोग र हितका विषयमा बिहीबार भिडिओ कन्फ्रेन्स भएको थियो। उक्त छलफल क्रममा अहमदले नेपाललाई उक्त सहायता उपलब्ध गराउने घोषणा गरेका अर्थमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त छलफलमा अहमदले नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा संवाद र हरित विकास जस्ता विषयमा थप सहयोग गर्न बेलायत सरकार इच्छुक भएको बताएका थिए। छलफलका क्रममा अर्थमन्त्री खतिवडाले नेपालका...