२०८१ बैशाख ७

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

साभार: रातोपाटी

काठमाडौं । बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए ।


Advertisement


उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

Copy link
Powered by Social Snap