२०८१ श्रावण १२

भैरहवाको भीम अस्पतालमा थप एक संक्रमितको मृत्यु

साभार: कान्तिपुर

तिलोत्तमा — रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको मंगलबार राति ९ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।

नवलपरासी पश्चिम, रामग्राम–५ की उनलाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएको थियो ।


Advertisment


खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी उनलाई त्यहाँ आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो । श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुमित प्रजापतिले बताए । ती संक्रमितलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो ।

भीम अस्पतालमा अहिले ४ जना आईसीयूमा र १७ जना आइसोलेसनमा गरी २१ संक्रमित उपचाररत रहेको फोकल पर्सन डा. प्रजापतिले बताए । यसअघि उक्त अस्पतालमा गैडहवा–३ का ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको थियो ।

Copy link
Powered by Social Snap